Author: Kathmandu Khabar

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले काठमाडौँ उपत्यकाका नदीहरूका किनारामा २० मिटरको मापदण्ड कार्यान्वयन नगर्न निर्देशन दिएको छ । कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो फैसला कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा लेखिएको छ, ‘बागमती नदी तथा यसका सहायक नदी तथा खोला किनाराको दायाँबायाँ थप २० मिटर सीमा कायम गर्ने सम्मानित सर्वोच्च अदालतबाट मिति २०८०/०९/०३ गते भएको फैसलाउपर नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दर्ता गरेको पुनरवलोकनको निवेदनमा सम्मानित सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति प्रदान गरेकोले उक्त पुनरवलोकनसम्बन्धी निवेदनको अन्तिम किनारा नभएसम्म मुलुकी देवानी कार्यविधि सहिता. २०७४ को दफा २३१ बमोजिम उक्त फैसला…

Read More

गण्डकी । सहकारीको बचत रकम अपचलन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामेछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आज म्याद थपका लागि अदालतमा लगिएका लामिछानेले इजलासमा न्यायाधीशसमक्ष आफूलाई छाडिदिन हारगुहार नै गरे । अदालतमा लामिछानेले सूर्य थापाले बनाएको प्रतिवेदनमा ठगी गरेको कुनै कुरा नभएको, अपचलनको कुरा नै नउठेको बताए । तर, प्रतिवेदन आइसकेपछि थापाले हरेक मिडिया धाएर आफूमाथि लाञ्छना लगाएको आरोप लामिछानेको छ । तर उनले अदालतबाट भने न्यायको आशा रहेको बताए । उनले भने : “मलाई जसरी अहिले फिल्मी स्टाइलमा छायांकन गरिराखिएको छ, त्यो कुराले गर्दा भोलि…

Read More

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गर्दै जित हासिल गरेको छ । योसँगै जनकपुर एनपीएलको प्लेअपमा पुग्ने पहिलो टिम बनेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा काठमाडौँले जितका लागि दिएको एक सय दुई रनको लक्ष्य जनकपुरले १५ दशमलव पाँच ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको हो । जनकपुरका लागि जेम्स निशमले सर्वाधिक २७ रन बनाए । उनले १७ बलमा तीन छक्का र एक चौकाको मद्दतले २७ रन बनाएका हुन् । हर्ष ठाकरले २५, लाहिरु मिलन्थाले १६, मोहम्मद मोहसिनले १३ र कप्तान अनिल शाहले ११ रनको योगदान दिए । काठमाडौँका…

Read More

काठमाडौं । एनपीएलको आज भएको रोचक खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्ससँग पराजित भएको छ । सुपरओभरमा गएको खेलमा पोखराले दिएको १९ रनको तार्गेटमा विराटनगर जम्मा पाँच रनमा सीमित भएको थियो । बिहान नौ बजेदेखि सुरु भएको खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले पोखरालाई १४० को तार्गेट दिएको थियो । तर पछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा जम्मा १३९ रन मात्रै बनाउन सकेपछि खेल सुपर ‌ओभरमा गएको हो । यो एनपीएलको जारी सिजनको पहिलो सुपरओ‌भर थियो । यो खेल हारेसँगै विराटनगर प्लेअप दौडबाट बाहिरिएको छ भने पोखराको झिनो सम्भावना कायमै रहेको छ ।

Read More

काठमाडौं । एनपीएलको आज भएको विराटनगर र पोखराको खेल सुपरओभरमा गएको छ । बिहान नौ बजेदेखि सुरु भएको खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले पोखरालाई १४० को तार्गेट दिएको थियो । तर पछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा जम्मा १३९ रन मात्रै बनाउन सकेपछि खेल सुपर ‌ओभरमा गएको हो । यो एनपीएलको जारी सिजनको पहिलो सुपरओ‌भर हो ।

Read More

काठमाडौँ । कमलादीमा भासिएको बक्स कल्भर्ट करिब पाँच महिनापछि पुनर्निर्माण भएको छ । ४.४८ मिटर लामो र एउटा स्पान भएको बक्स कल्भर्ट निर्माण सम्पन्न गर्न सडक विभागलाई करिब पाँच महिना लाग्यो । जुन आज उद्घाटन गरिएको छ । तर आजको यो कल्भर्ट उद्घाटनमा भने नौटंकी नै बढी देखिएको छ । पुननिर्मित सडकमा आयोजित एक कार्यक्रमका बीच रिबन काटेर सडक खोलिएको थियो । जसमा पुष्पवृष्टि गरेर रिबन काटेर कल्भर्टको उद्घाटन गरिएको थियो । यति सानो कामलाई यति धेरै समय लगाएको विभागले नौटंकी धेरै देखाएको भन्दै सामाजिक सञ्जालमा भने ट्रोल सुरु गरिएको छ । सडक भासिनुपुर्व एक तर्फी बनाइएको यो सडक अब…

Read More

काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकाद्वारा सञ्चालित ‘तेस्रो मेयर रनिङ शिल्ड’ प्रतियोगिता सम्पन्न भएको छ । ‘खेल तारकेश्वरको, सन्देश एकताको’ भन्ने मूल नाराका साथ मङ्सिर १८ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता बुधबार सम्पन्न भएको हो । प्रतियोगिताको समापन कार्यक्रममा तनहुँको भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठीले तारकेश्वर नगरपालिकाभित्र रहेका खेलाडीको प्रतिभालाई बाहिर ल्याउन प्रतियोगिताले सहयोग पुगेको बताए । तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जनले तारकेश्वरभित्रका विद्यालयका विद्यार्थीलाई एकापसमा जोड्नका लागि खेलकुद प्रतियोगिताले सहयोग पुगेको बताए । प्रतियोगितामा तारकेश्वर नगरपालिकाभित्र रहेका सामूहिक तथा संस्थागत ५४ विद्यालयका तीन हजार ४५४ विद्यार्थीले सहभागीता जनाएका थिए । ७६ स्वर्णपदकका लागि भएको प्रतिस्पर्धामा लालिगुराँस एकेडेमीले २९ स्वर्णपदक जितेर…

Read More

काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत् आज हुने खेलबाट थप एक टोली प्लेअपको दौडबाट बाहिरिने भएका छन् । काठमाडौंको त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा आज विराटनगर र पोखराबीच खेल हुँदैछ । सो खेलमा पराजित हुने एउटा टोली प्लेअप दौडबाट बाहिरिने भएका हुन् । यसअघि बुधबार लुम्बिनी लायन्स प्लेअफ नपुग्ने निश्चित भइसकेको छ। प्लेअप यात्राको सम्भावना कायमै राख्न दुवै टोलीले छुट्टाछुट्टै रणनीति बनाएका छन् । दुवै टोलीले नयाँ खेलाडीलाई मैदानमा भित्र्याउने योजना बनाएका छन् । अब बाँकी रहेका ७ टोलीमा सबैभन्दा जोखिममा विराटनगर र पोखरा छन्। यी दुई टोलीले सबै खेल जित्दा पनि प्लेअफ पुग्ने निश्चित छैन। यस्तो अवस्थामा अन्य टोलीको…

Read More

काठमाडौं । पछिल्ला केही दिनमा निरन्तर घट्दै गएको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम तीन डिग्रीको विन्दुमा झरेको छ । बिहीबार मौसम विज्ञान विभागले जारी गरेको सूचनाअनुसार तापक्रम हिजोको तुलनामा आज पनि घटेको हो । आज बिहान पौने छ बजेतिर काठमाडौंको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । बिहान ८ बजे भने चार डिग्री सेल्सियस रहेको मौसमविद् सरोज पुडासैनीले बताए । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसबीच रहने अनुमान छ । विभागका अनुसार पश्चिमी वायुको आंशिक प्रभावले गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ । साथै तराईं तथा उपत्यका…

Read More

काठमाडौं । नेपाली काँग्रेसले आठ वटा भातृ संस्थाको महाधिवेशन गराउनका लागि निर्देशक समिति गठन गरेको छ । आज सभापति शेरबहादुर देउवाले पार्टीका भ्रातृ संस्थाको महाधिवेशनका लागि समन्वय र सहयोग गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेको नेपाली काँग्रेसले जनाएको छ । केन्द्रीय कार्यसमिति बैठकको निर्णय बमोजिम सभापति देउवाले केन्द्रीय निर्देशन समिति गठन गरेका हुन् । नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिमा भने संशोधन गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् । यस्तो छ सदस्य र संयोजकहरू

Read More

काठमाडौं । काठमाडौँको पशुपतिनाथ मन्दिर क्षेत्रमा रहेको वनकालीमा एकजना पुरुषको शव फेला परेको छ। गौशाला प्रहरीका अनुसार बेवारिसे अवस्थामा भेटिएको उनको शवलाई अहिले पोस्टमार्टमका लागि पठाइएको छ । काठमाडौं महानगरपालिका ८ पशुपति वनकालीमा रहेको पार्किङ नजिकै ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको हो । उनी इन्द्रबहादुर घले रहेको खुलेको छ। यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

Read More

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो हार व्यहोरेको छ । आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुरलाई हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमका स्पिनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गर्दै सुदूरपश्चिम विजयी भएको हो । सुदूरपश्चिमले जितका लागि दिएको एक सय २४ रनको लक्ष्य पछ्याएकामा जनकपुरले १२ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ५१ रनमा समेटियो । त्यस्तै, नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको आज भएको दोस्रो खेलमा लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । एनपीएलबाट बाहिरिने लुम्बिनी पहिलो टोली हो । कीर्तिपुरस्थित…

Read More

काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदै छ । वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो । पाँच हजार एक सय ३२ वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत युद्धका समय पारेर विष्णुको आठौँ अवतारका रुपमा पृथ्वीमा जन्म लिएका कृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा गीता ज्ञानको पुनर्जागरण गरेको धार्मिक विश्वास रही आएको छ । भगवान्ले नै अर्जुनमार्फत् हामीलाई गीताको ज्ञान दिए । कुरुक्षेत्रमा १८ दिनसम्म महाभारत युद्ध हुन लाग्दा अर्जुन आफन्तविरुद्ध लडाइँ गर्न…

Read More

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज जनकपुर र सुदूरपश्चिमबीच खेल हुँदैछ । एनपीएलमै अहिलेसम्म अपराजित रहेको जनकपुर र एक खेल हारेको सुदूरपश्चिमबीच खेल हुन लागेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् । यो खेलमा अर्को रोचक प्रसंग भनेको दुई क्रिकेट खेलाडी आरिफ र आसिफ शेख एकआपसमा भिड्दैछन् । विकेटकिपर ब्याटर आसिफ शेख जनकपुरका मार्की खेलाडी समेत हुन् । आरिफलाई सुदूरले अक्सनबाट अनुबन्ध गरेको थियो । घरमा दाजुभाई भएपनि मैदानमा फरक टिमबाट खेल्न लागेका हुन् । राष्ट्रिय टिममा पनि दुवैले एक साथ खेलेका छन्…

Read More

काठमाडौं । हिजोको तुलनामा आज पनि जाडो बढैको छ । पछिल्ला दिनहरूमा निरन्तर तापक्रम घट्दै जाँदा जाडो बढेको महसुस हुन थालेको हो । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो पाँच डिग्री सेल्सियस रहेको मौसमविद् रोजन लामिछानेले बताए । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ । प्रातः कालमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने…

Read More

काठमाडौं । आज नेपाल प्रिमियर लिगअन्तर्गत् काठमाडौं र लुम्बिनीबीच खेल हुँदैछ । पाँच खेल खेलेर दुई अंक जोडेको लुम्बिनी र तीन खेल खेलेर दुई अंक जोडेर दुई अंक जोडेको काठमाडौंबीच प्लेअपमा जानका लागि जित्नै पर्ने संघर्षपूर्ण अवस्था छ । अंकतालिकामा काठमाण्डु ३ खेलमा २ अंकका साथ छैटौं स्थानमा छ । त्यस्तै लुम्बिनी ५ खेलमा समान २ अंक भएपनि नेटरनरेटका आधारमा काठमाण्डुभन्दा एक स्थानमाथि पाँचौंमा छ । तर लुम्बिनीको भन्दा दुईवटा कम खेल खेलेको काठमाडौं लुम्बिनीको तुलनामा माथि नै रहेको छ । आजको खेलमा लुम्बिनीको लागि गर या मरको अवस्था रहेको छ । आजको खेल पराजित भएको खण्डमा लुम्बिनी प्लेअपमा जाने…

Read More

काठमाडौं । प्लेअपमा जाने सम्भावना करिब समाप्त भएपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो खेल जितेको छ । मंगलबार लुम्बिनी लायन्सले चितवन राइनोजलाई पराजित गर्दै विजयी भएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कप्तान रोहितकुमार पौडेलको ‘अलराउण्ड’ प्रदर्शनमा लुम्बिनी लायन्स चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै विजयी भएको हो । प्रतियोगितामा लुम्बिनीको यो पहिलो जित हो । लुम्बिनीले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३४ रन मात्र जोड्न सक्यो । चितवनका लागि ल्युक बेनकेनस्टनले सर्वाधिक ३१ रन बनाए । त्यस्तै, कप्तान कुशल मल्लले १७ बलमा…

Read More

काठमाडौं । सरकारले नेपाल र चीनबीचको ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोडको अप्रेसन’ सम्झौता सार्वजनिक गरेको छ । आज परराष्ट्र मन्त्रालयले जारी गरेको सूचनामा नेपाल र चीनबीच भएको बीआरआई सम्झौतामा भएका छ बुँदा उल्लेख गरिएको छ । सम्झौताका १२ पृष्ठमध्ये तीन पृष्ठमा बीआरआईअन्तर्गत अगाडि बढाइने १० वटा परियोजना राखिएको छ । अगाडि बढाउने परियोजनाको सूचीमा टोखा–छहरे टनेल, हिल्सा–सिमिकोट रोड प्रोजेक्ट, किमाथांका–खाँदबारी रोड र किमाथांका पुल र एकीकृत चेकपोस्ट छन् । सम्झौताको पहिलो बुँदामा बीआरआई सम्झौताको पृष्ठभूमि छ । सहकार्यका सिद्धान्तलाई दोस्रो बुँदामा समेटिएको छ । तेस्रो बुँदमा सहकार्यका उदेश्य र चौथो बुँदामा सहकार्यका प्राथमिकतालाई स्थान दिइएको छ । पाँचौँ बुँदामा वार्ताका…

Read More

काठमाडौं । अवहेलना मुद्दामा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूसँग लिखित जवाफ माग गरेको छ । पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउपछि अदालतलाई प्रभाव  पार्ने गरी प्रदर्शन गरेकोविरुद्ध परेको मुद्दामा यस्तो फैसला गरेको हो । अवहेलनाको निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले यस्तो आदेश गरेको हो । न्यायाधीशहरू विनोद शर्मा र महेश शर्मा पौडेलको इजलासले उनीहरूसँग ‘लिखित जवाफ माग्ने’ आदेश गरेको हो । प्रहरीले पक्राउ गरेको र अदालतको अनुमतिमा म्याद थप भइसकेको व्यक्तिलाई रिहा गराउन दबाबस्वरुप सडक आन्दोलन गरेकोमा प्रश्न उठाइ अवहेलनाको कारबाही हुनुपर्ने भनी अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

Read More

काठमाडौं । काठमाडौंको चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका विभिन्न क्षेत्रमा चल्ने सात गाउँले जात्रा सुरु भएको छ । काठमाडौंको दक्षिणपश्चिम क्षेत्रका सात गाउँलाई समेटेर चल्ने यो जात्रा मच्छेगाउँ, बोसीगाउँ, ल्होखा, सतुङ्गल, पाँगा र नगाउँमा हुने गर्छ । सातगाउँले जात्रालाई नेपाल भाषामा बखुमद न्हय्गाँ भनिन्छ । काठमाण्डौको पश्चिमी भेगका सातगाउँका शक्तिपीठमध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुङ्गलका शक्तिपीठ र भैरवलाई सन्तान मानिन्छ । यही जात्राको अवसरमा चन्द्रागिरि नगरपालिका र चन्द्रागिरि नगरपालिकाले पालिका बिदा दिएका छन् । नगर कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको कीर्तिपुरका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकाल र चन्द्रागिरिका नगरप्रवक्ता कृष्णप्रसाद खड्कीले जानकारी दिए । आज नै कीर्तिपुरमा इन्द्रायणी…

Read More

काठमाडौं । काठमाडौँ महानगरपालिकाले टुँडिखेलको पश्चिमतर्फ महाङ्काल मन्दिर परिसरमा चौघेरा सत्तलको पुनःनिर्माण सुरू गरेको छ । आज कामपाकी उपप्रमुख सुनिता डङ्गोलले जग पूजा तथा शिलान्यास गरेर निर्माण कार्यको प्रारम्भ गरेकी हुन् । “काठमाडौँका सम्पदाको प्राचीनता र मौलिकता तस्बिरमा होइन, वास्तविकतामा हेर्न मिल्ने बनाउँदैछौँ,” त्यस अवसरमा उपप्रमुख डङ्गोलले भनिन्, “प्राचीनता जोगाउन सबै पक्षबाट सहयोग र समन्वय हुने अपेक्षा गरेका छौँ ।” व्यक्तिलाई समस्या परे, भगवान्का शरणमा जाने गरिन्छ । भगवान् स्थलमा उतारचढाव नहोस् समयमा कार्य सम्पन्न गर्न आग्रह गर्दै उनले भनिन् । योजनाको लागतअनुमान रू १० करोड १० लाख ७९ हजार दुई सय ७९ थियो । सार्वजनिक खरिद प्रक्रियाबाट रू १०…

Read More

काठमाडौं । आज काठमाडौंमा वर्षकै अत्यधिक चिसो महसुस गरिएको छ । सोमबार भएको हिमपात र हिउँदे वर्षापछि उपत्यकामा चिसोको मात्रा बढेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच डिग्रीको विन्दुमा झरेको हो । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस छ। हिजो ६.४ डिग्री सेल्सियस थियो। यो वर्ष (२०८१) लागेयता काठमाडौँको न्यूनतम तापक्रम सबैभन्दा तल झरेको यही ५.६ डिग्री सेल्सियस हो। सो तापक्रम यसअघि यही मंसिर १९ गते पनि रेकर्ड भएको थियो ।

Read More

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुने भएको छ । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पहिलो खेल बिहान ९:१५ बजेदेखि सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १:१५ बजे आरम्भ हुनेछ । चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ । उसले हालसम्म चार खेल खेलेको छ । तीनमा जित र एउटामा हार व्यहोरेको चितवन राइनोजको ६ अङ्क छ । यस्तै, लुम्बिनी लायन्स चारवटै हेलमा हार बेहोर्दै अङ्क तालिकाको पुछारमा छ । लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले,…

Read More

काठमाडौं । प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले नक्कली विद्यावारिधि देखाएर सहपरीक्षा नियन्त्रक बनेकालाई कारबाही गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालयलाई पत्र लेखेको छ । त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका लागि नवनियुक्त सह–नियन्त्रक डिल्लीराम प्रसाईंले पीएचडी नसकिंदै नामका अगाडि ‘डा.’ थपेर नियुक्ति लिएको खुलेपछि संघले कारबाहीको माग गरेको हो । संघले सोमबार एक विज्ञप्ति जारी गर्दै त्रिविका सावधिक पदमा भएको विज्ञापनका सम्बन्धमा ध्यानाकर्षण भएको जनाउँदै विवादित सहपरीक्षा नियन्त्रक पदको नियुक्ति प्रक्रिया खारेज गरी मर्यादित विज्ञापन गर्न माग गरेको छ । यही विषयमा संघले उपकुलपतिको कार्यालयमा पनि ज्ञापनपत्र दर्ता गराएर उनीमाथि कारबाहीको माग गरेका हो । महासचिव राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा…

Read More

काठमाडौं । यस साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन पनि दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १२ दशमलव ८४ अङ्कले घटेर दुई हजार छ सय ७६ दशमलव १५ को विन्दुमा कायम भएको हो । आज तीन सय १७ कम्पनीको एक करोड १५ लाख २३ हजार तीन कित्ता शेयर ६२ हजार सात सय ५८ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ६२ करोड ९९ लाख ४५ हजार आठ सय २२ बराबरको कारोबार भएको छ । आजको कारोबारमा वित्त समूह शून्य दशमलव १५, लगानी शून्य दशमलव ७६, उत्पादन तथा प्रशोधन एक दशमलव…

Read More

काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ । उनले पटकपटक नागरिकताको विवरण हेरफेर गरेको, त्यसबाट व्यक्तिगत लाभ लिएको र राहदानीमा समेत जालझेल गरेको अख्तियारको आरोप छ । अख्तियारले दिएको जानकारीअनुसार सिलवालले २४ फागुन २०३२ मा नागरिकताको प्रमाणपत्र लिएका थिए । पछि जिल्ला प्रशासन कार्यालयबाट २०६६ सालमा प्रतिलिपि लिँदा २२ कात्तिक २०१६ साल भनी जन्म मिति उल्लेख गरेका थिए । तर निजामती सेवा प्रवेश गर्दा नै उनले १५ साउन, २०१५ भनी जन्ममिति घोषणा गरेका थिए । सिटरोलका साथै त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्रमा समेत त्यही जन्म मिति…

Read More

काठमाडौं । भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ । आज ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने जानकार तथा सरोकारवाला बताउँछन् । ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको सन् २०२३ को भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई)मा नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको सूचीमा छ । सीपीआईमा नेपाल ३५ अङ्कसहित एक सय आठौं स्थानमा छ । ५० भन्दा तल अङ्क हुनुलाई भ्रष्टाचार व्याप्त रहेको मुलुकका रुपमा बुझिने अध्यक्ष शर्माले बताए । भ्रष्टाचार नियन्त्रणमा सरकार असफल देखिनु, कमजोर न्याय प्रणालीलगायत कारणलाई नेपालको कमजोरीका…

Read More

काठमाडौं । उपनिर्वाचनको समीक्षालगायत एजेण्डासहित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सुरु भएको बैठकमा उपनिर्वाचनको समीक्षासहित समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ । बैठकले रिक्त रहेको गण्डकी प्रदेश सभा सदस्यको सिफारिसबारे निर्णय लिने एजेण्डा रहेको बताइएको छ ।

Read More

काठमाडौं । शंकरापुरमा तीब्र गतिमा सवारी चलाएर दुई जनाको ज्यान लिएका झाँक्री प्रकाश भुजेल कारागार चलान भएका छन् । सवारी ज्यान सम्बन्धी कसुरमा उनका वकिलले धरौटीमा छाडेर बाहिरबाटै मुद्दा लड्ने माग दाबी गरे पनि अदालतले पुर्पुक्षको लागि थुनामा पठाउने निर्णय गरेको हो । आइतबार जिल्ला अदालत, काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ । काठमाडौंको शंकरापुरमा गएको २८ कात्तिकमा भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटी गम्भीर…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलारूपमा फोहोर बाल्न निषेध गरेको छ । एक सूचना जारी गर्दै महानगरपालिकाले यो कानुनविपरीतको काम भन्दै यस्तो भएको देखिएमा कारबाही गर्ने चेतावनी समेत दिएको हो । महानगरपालिका क्षेत्रमा खुलारूपमा प्लास्टिकजन्य फोहोर मैला तथा अन्य फोहोर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको महानगरपालिकाको सूचनामा उल्लेख छ । यदि कसैले खुला रूपमा फोहोर मैला बालेर वायु प्रदूषण गरे वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा आर्थिक ऐन बमोजिम कारबाही हुने महानगरपालिकाले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।

Read More