Author: Kathmandu Khabar

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले चीनका विरुद्ध लड्न अमेरिकाका लागि महत्वपूर्ण थलो बनेको बताएका छन् । नेपालका शासकहरु अमेरिकासामू झुक्दै गइरहेको भन्दै उनले एमसीसी त्यसकै परिणाम भएको दाबी गरे । जनसाहित्यिक मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले एमसीसीमा व्याख्यात्मक घोषणा भनेपनि अमेरिकाले नसुनेको बताए । ‘अमेरिका र भारत पैतलादेखि शिरसम्मको बल लगाएर नेपाललाई अस्थिर बनाउने खेलमा लागिरहेका छन्’ नेता खनालले भने, ‘एमसीसीमा नेपाललाई अमेरिकाले फसायो । यो जोइन्ट प्रोग्राम हो । अहिले फरक कुरा सुनिँदैछ । यसरी देश थप गन्जागोल बनाउने काम भइरहेको छ ।’ उनले राजावादीहरुले राजसंस्थाबारे बेकार हल्ला गरिरहेको…

Read More

काठमाडौँ । एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । जीतका लागि एक सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २६ दशमलव दुई ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको लागि आजन आविसले सर्वाधिक ५६ रनको योगदान दिए । उनले ६२ बलमा आठ चौकासहित ५६ रनमा अविजित रहे । त्यस्तै पाकिस्तानी कप्तान साद बैगले ५० रन बनाए । उनले ५६ बलमा पाँच चौकासहित ५० रन जोडेका हुन् । मोहम्मद जिशानले आठ बलमा दुई चौका र दुई छक्कासहित २० रनमा अविजित रहे । नेपालका लागि गुलशन झाले दुई विकेट लिए भने आकाश…

Read More

काठमाडौं । काठमाडौं क्षेत्र नं ४ मा नेपाली काँग्रेसको महासमिति सदस्यका लागि चुनाव हुने भएको छ । मंसिर २० गते प्रकाशित निर्वाचन तालिकाअनुसार तोकिएको समयभित्र उम्मेदवारीका लागि नाम फिर्ता नभएपछि निर्वाचन हुन लागेको हो । निर्वाचन शनिबारका लागि तय गरिएको छ । निर्वाचनमा मतदाताहरूले आफू क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन् । निर्वाचनबाट प्रत्यक्षतर्फ दुई महिलासहित सात जना,  समावेशीतर्फ महिला एक जना, खस आर्य एक जना, आदिवासी जनजाति एक जना र दलित र अल्पसंख्यकतर्फ एक जना निर्वाचित हुनेछन् । यस्ता छन् महाधिवेशन प्रतिनिधिका उम्मेदवारको सूची

Read More

मन्थली । रामेछापको मन्थली नगरपालिका–१३ फुलासीका धनबहादुर विश्वकर्माले काठको ठेकी बनाएर जीविकोपार्जन गर्दै आएका छन् । उनी धेरै मेहनतका साथ खोलाको पानीलाई डोहोर्‍याएर उच्च स्थानमा ल्याई त्यहाँबाट झरेको पानीको सहायताले काठका ठेकी बनाउँछन् । रामेछाप र दोलखाको सिमानाबाट बग्ने मिल्ती खोलाको पानीको साहाराले काठमा जीवन्त कला भरेर काँचो काठलाई आकारमा ढाल्छन् धनबहादुर। दिनभर काम गर्दा पनि राम्रो अर्थोपार्जन नहुने भएपछि यो पेसा युवा पुस्ताले सम्हालेनन् र गर्ने अरुले पनि सबैले छोड्दै गएको उल्लेख गर्दै उनी भन्छन्, “मेहनत धेरै गर्नुपर्छ, कामअनुसारको आम्दानी हुँदैन । धेरै दुःख गर्नुपर्ने भएकाले नयाँ पुस्ताले यो पेसाप्रति चासो दिनै छाडे ।’ पानी भएको खोल्साखोल्सीमा निर्माण गरिएको…

Read More

काठमाडौँ । यस वर्षको वर्षायाममा रु १५ अर्ब २४ करोड बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । प्राधिकरणले यस वर्षको जेठदेखि २० मङ्सिरसम्ममा एक अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी रु १५ अर्ब २३ करोड ८० लाख आर्जन गरेको हो । प्राधिकरणले यस अवधिमा दैनिक रुपमा अधिकतम सात सय मेगावाटसम्म विद्युत् निर्यात गरेको थियो । निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ७७ पैसा छ । चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि…

Read More

सुनिल उलक तस्विरमा देखिएको दृश्य यहि टुँडिखेलको हो । तस्विरमा दाँया तर्फ ठिङ्ग उभिएको धरहरा तथा सो संगैको बागदरबार स्पष्ट देख्न सकिन्छ । करिव बिचमा रहेको ऐतिहासिक खरीको बोट र त्यसको संगै जगन्नाथ मन्दिर देख्न सकिन्छ । बिचमा असंख्य सैनिकहरु परेड खेल्दै गरेको यो दृश्यको पछाडी पनि एउटा अर्को इतिहास लुकेको छ । जङ्गबहादुरको मृत्यु पछि प्रधानमन्त्री बनेका रणोद्वीप सिंह कुँवरको समयमा बि.सं. १९४० मा एउटा घटना घट्यो । प्रत्येक वर्ष झै त्यो वर्ष पनि ल्हासाको झोखाङ मन्दिरमा ठूलो उत्सव शुरु भएको थियो । नेपालका नेवाः व्यापारीहरू पनि सो मेलामा ब्यापार गर्न पुगेका थिए । त्यहाँ दुइ तिब्बती महिलासंग एक…

Read More

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा आजदेखि सुरु भएको एसिसी उन्नाइस वर्षमुनि (यु-१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानविरुद्धको खेलमा टस हारेको छ । दुबईको आइसिसी एकेडेमी ओझल–२ क्रिकेट मैदानमा भर्खरै भएको टसमा पाकिस्ताननका कप्तान मिराज ताहिर बैगले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । उक्त प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा पाकिस्तान, भारत र अफगानिस्तान छन् ।

Read More

काठमाडौं । आगामी मंसिर २४ र २५ गते परेको बाला चतुर्दशीको अवसरमा पशुपति क्षेत्र विकास कोषले १३ बुँदे सूचना जारी गरेको छ । बाला चतुर्दशीको अवसरमा पशुपतिमा हुने मेलालाई व्यवस्थित गर्नका लागि गर्न हुने र गर्न नहुने कामको सूची सार्वजनिक गरेको हो । आफैं उपस्थित भई बत्ती बाल्न नसक्नेहरुका लागि कोषमा २ हजार १०० रुपैयाँ शुल्क बुझाई बत्ती बालिदिने व्यवस्था समेत मिलाइएको छ । त्यस्ता भक्तजनहरुले पशुपति मन्दिरको पश्चिमतर्फको बाहिरी ढोकास्थित पशुपति क्षेत्र विकास कोषको बिक्री कक्षमा सम्पर्क राख्नुपर्नेछ । कोषका अनुसार कैलाश चौरमा पाल राखी बत्ती बाल्न पाइने छैन तर शतबीज भने छर्न पाइने छ । बत्ती बाल्नका लागि…

Read More

काठमाडौं । एसीसी यू-१९ एसिया कपअन्तर्गत् आज नेपालले पाकिस्तानसँग खेल्दैछ । दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा हुने खेल पहिलो खेल नेपालले पाकिस्तानसँग खेल्न लागेको हो । राष्ट्रिय टिमबाट खेलिसकेका देव खनालको कप्तानीमा रहेको नेपाली टोलीमा सिनियर टोलीका अलराउण्डर गुल्सन झासमेत समावेश रहेको सो खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुँदैछ । पाकिस्तानसँगै भारत र अफगानिस्तान पनि रहेको समूहमा रहेको नेपालले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित दुबई पुगेको छ । नेपाली टोलीमा देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापा मगर (विकेटकिपर),…

Read More

अमेरिकी सेनाले बुधबार आफ्नो भी- २२ ओस्प्रे विमानको सम्पूर्ण फ्लीटलाई ग्राउन्डिङ गरिरहेको छ । वायुसेनाको सो विमान जापानको तटमा दुर्घटनाग्रस्त हुँदा त्यसमा रहेका आठ अमेरिकी सेनाको मृत्यु भएको एक हप्तापछि अनेरिकलाले फ्लीटलाई ग्राउन्डिङ गर्न लागेको हो । युएस एयर फोर्स स्पेशल अपरेशन कमाण्डले विज्ञप्ति जारी गर्दै यसका कमाण्डर टोनी बाउर्नफेन्डले नोभेम्बर २९ को तटमा सी भी-२२ ओस्प्रेको दुर्घटना बारे “अनुसन्धान जारी रहँदा जोखिम न्यूनीकरण गर्न” स्ट्यान्डडाउनको निर्देशन दिइएको जनाएको छ । गत हप्ता सो विमानमा सवार आठ जना चालक दलका सदस्यहरू दक्षिणी जापानको याकुशिमा टापुमा मारिएका थिए । मारिने ती सबै एएफएसओसीका सैनिक थिए। विज्ञप्तिमा भनिएको छ- प्रारम्भिक अनुसन्धानले सम्भावित…

Read More

जनकपुरधाम । हुन त मधेस प्रदेशसभा सदस्य रानी शर्मा तिवारीलाई महिनावारी भएकै कारण पारिवारिक तनाव कहिल्यै भएन । हुनसक्छ परिवार शिक्षित भएकाले पनि होला उनले मैले कहिल्यै छाउ बार्नुपरेन । यस्तो सहजता भने बुवाले अझ बढी सहयोग गरेकाले पनि सहज भएको उनको बुझाइ छ । “पितृसत्ता र गलत सोचको विकास घरको परिवेशले पनि निर्माण गर्ने हो । समाजले हुर्काउँछ । तर मेरो घरको परिवेशले मलाईचाहिँ सजिलो भयो । त्यसैले सोचमै समस्या हुँदा महिनावारीमा महिलाले विभेद भोग्नुपरिरहेको छ”, उनले भनिन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेशसभा संसदीय दलकी प्रमुख सचेतकसमेत रहेकी तिवारीले आफू १३–१४ वर्षको उमेरमा पहिलोपटक महिनावारी हुँदा विभेद…

Read More

खुकुरी नेपालमा विभिन्न जातजातिहरूले आफ्नो संस्कार र संस्कृतिअनुसार कुल पूजा गर्ने गरेको पाइन्छ । महाभारत कालमा पाडवहरूलाई बनवास जानुपर्यो । जंगलमा आफ्नो अशस्त्र-शस्त्रहरू लुकाए, खिया लाग्छ भनेर वर्षमा एकपटक सो अशस्त्र शस्त्रहरूको सरसफाइ, मर्म्मत र पूजा अराधना गोप्य रूपमा गर्दै थिए । सोही समयदेखि हिन्दू धर्मावलम्बीहरूमा दशैंको नवरात्र अष्टमीका दिन शस्त्र पूजाको चलन सुरू भएको भनाइ छ । खुकुरीको आविष्कार खुकुरीको उत्पत्ति, उद्गम र विकास कहाँ र कसरी भयो सो बारेमा विभिन्न धारणाहरू पाइन्छन् | खुकरीको आविष्कार नेपाल सम्बत् २८६ मा कीर्तिपुरको नेवार समुदायबाट भएको हो भन्ने इतिहासकारहरूको भनाइ छ। प्राचीन समयमा कीर्तिपुरमा अत्यन्त सिपालु कारिगरहरू थिए । एकदिन एउटा…

Read More

काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलोग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले गए राति फ्लाइ दुबईको उडान नं एफजेड–५७३ बाट आएका गोरखाका मीनबहादुर घले र अर्का एक जनालाई पक्राउ गरेको हो । कार्यालयका भन्सार अधिकृत रमेश कुँवरले घलेले छातीको दायाँबायाँ कपडामा बेरेर लुकाइछिपाई ल्याएको सात थान बिस्कुट आकारको १४ किलोग्राम सुनसहित (सुनजस्तो देखिने पहेलो धातु) पक्राउ गरिएको जानकारी दिए । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले घलेको सूचनाका आधारमा थप एक जनालाई पक्राउ गरिएको बताए । पक्राउ परेका घलेलाई निकासी पैठारी नियन्त्रण ऐन, २०१३ र भन्सार ऐन २०६४…

Read More

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७३ अङ्कले उकालो लागेर एक हजार आठ सय ५२ दशमलव ७७ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५८ अङ्कले उकालो लागेर तीन सय ५२ दशमलव २८ मा पुगेको छ । कुल ९५ लाख पाँच हजार छ सय आठ कित्ता शेयर रु दुई अर्ब ७९ करोढ ९१ लाख ४६ हजार चार सय ३३ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल पुनःबीमा कम्पनीको संस्थापक शेयर…

Read More

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एनसेल खरिदबिक्री प्रकरणमा भएको छानबिन समितिमाथि प्रश्न उठाएका छन् । उनले समिति गठन गरेर फासफुस पार्ने प्रयास हुन सक्ने भन्दै खबरदारी गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले तीन बुँदे खबरदारी गरेका छन् । उनले समिति गठन गर्दैमा सबै सत्यतथ्य नआउने भन्दै यसमा सबैको खबरदारी आवश्यक रहेको बताए । उनले एनसेलको खरिदबिक्रीसँग जोडिएर सार्वजनिक भएका विषय हेर्दा प्रथम दृष्टिमा नै यो प्रकरणमा ठुलो अनियमितता भएको सहजै अनुमान लगाउन सकिने पनि बताएका छन् । महामन्त्री थापाको खबरदारी जस्ताको त्यस्तै : एनसेलको खरिदबिक्रीसँग जोडिएर सार्वजनिक भएका विषय हेर्दा प्रथम दृष्टिमा नै यो प्रकरणमा ठुलो अनियमितता…

Read More

काठमाडौँ । काठमाडौँ महानगरपालिकासहित विश्वका आठ ठूला सहरका प्रमुखले जलवायु परिवर्तनसँगै वायु प्रदूषणको विनाशकारी चक्र र सहरी केन्द्रमा यसको गहिरो जोखिमको प्रभाव अन्त्य गर्न संयुक्त प्रतिबद्धता जनाएका छन् । यसरी प्रतिबद्धता जनाउने सहरमा नेपालको काठमाडौँ महानगरपालिका, अमेरिकाको सिकागो, रोमानियाको बुखारेस्ट, ब्राजिलको फोर्टालिजा, इन्डोनेसियाको जकार्ता, बङ्गलादेशको ढाका, रवङ्दाको कीगाली र उगान्डाको काम्पला छन् । संयुक्त अरव इमिरेट्समा संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी २८औँ सम्मेलन (कोप–२८) जारी रहँदा स्वस्थ सहरका लागि साझेदारी (पार्टनरसीप फरहेल्दी सिटिज) को विश्व सञ्जालमा आवद्ध सहरका प्रमुखले यस्तो प्रतिबद्धता जनाए । आठ देशका प्रमुखले बुधबार सार्वजनिक संयुक्त प्रतिबद्धता पत्रमा भनिएको छ,“जनसङ्ख्याको आकार र चुनौतीसँगको निकटताले, सहरहरुले परिवर्तनको उदाहरणीय नेतृत्व…

Read More

काठमाडौं । उच्च अदालत पाटनले एनसेलको खरिद बिक्रीसम्बन्धी कार्य रोकेको छ । न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले खरिद बिक्री रोकेको हो । ‘दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्री नगर्नू नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ।’ आदेशमा भनिएको छ । सेयरहरू २५ मंसिरसम्म दर्ता किताबमा दर्ता नगर्नू नगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको उच्च अदालत पाटनले जानकारी दिएको छ । यो प्रकरणमा अदालतले रिट निवेदक र विपक्षी दुवै पक्षलाई २५ मंसिर छलफलमा बोलाएको छ ।

Read More

मन्थली । रामेछापमा बसोबास गर्ने माझी समुदायको मौलिक संस्कृतिसँग सम्बन्धित परम्परागत वाद्यवादन लोप हुँदै गएको छ । माझी समुदायको चाडपर्व तथा विशेषगरी मृत्यु संस्कारमा नभइ नहुले ढोलक, मादल र झ्याली लोप हुँदै गएको हो । रामेछापलाई माझी जातिको उद्गम थलो मानिन्छ । स्थानीय रुपमा ढोलक, मादल र झ्याली पाइन छोडेपछि ड्रम र चाँप बजाएर विधि पुर्‍याउने गरिएको स्थानीयवासी बलबाहादुर माझीले बताए । पछिल्लो समय युवा पुस्ताले बेवास्ता गर्नु, रोजगारी तथा शिक्षाका लागि गाउँ छोड्नु, सामग्री बनाउने कच्चा वस्तुको अभाव हुनुलगायत कारणले ढोलक, मादल र झ्याली लोप हुँदै गएका उनको भनाइ थियो । सिमान्तकृत समुदायमा पर्ने यस जातिको संस्कृतिसँग सम्बन्धित वाद्यवादन…

Read More

काठमाडौं । सरकारले एनसेलको खरिद-बिक्रीमा भएको निर्णयबारे अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको नेतृत्वमा समिति गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, हृदयेश कुमार शाक्य र आइक्यानका अध्यक्ष सुजन कुमार काफ्ले छन् । समितिको सदस्य गौतम कानून समूहका सचिव हुन् । उनी हाल सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवको जिम्मेवारीमा छन् । भण्डारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव हुन् भने शाक्य आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक हुन् । चार्टर्ड एकाउन्टेण्डहरुको नियमनकारी निकाय आईक्यानका अध्यक्ष काफ्लेलाई पनि सरकारले समितिको…

Read More

चितवन । भरतपुर महानगरपालिकाको आग्रहपछि यहाँको दियालो बङ्गला सर्वसाधारणका लागि सन् २०२४ को प्रारम्भदेखि खुला गरिने भएको छ । नेपाल ट्रष्टको बुधबार बसेको ७८ औँ सञ्चालक समितिको बैठकले दियालो बङ्गला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको हो । सञ्चालक समितिका सदस्य देवीचन्द्र उपाध्यायका अनुसार यसको सञ्चालनका सम्बन्धमा अर्काे बैठकमा निर्णय गरिँदै छ । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाउँदै छ । महानगरपालिकाको अनुरोधमा दियालो बङ्गला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरिएको उनले जानकारी दिए । उहाँका अनुसार भरतपुर महानगरपालिकासँग सहकार्य गरेर सर्वसाधारणका लागि प्रवेशको व्यवस्था मिलाइने छ । जीर्ण रहेको संरचनाको मर्मतसम्हार र अत्यावश्यक थप संरचनासमेत…

Read More

धेरैलाई जानकारी नहुन सक्छ, जंगबहादुर राणा दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउँथे । यसको पछि पनि रोचक किस्सा रहेको छ । आफ्नो प्रारम्भिक दिनमा जङ्गबहादुर लफङ्गा, जुवाडे रहेको भएता पनि आफ्नो साहस, वीरता र चतुरपनका कारण नेपालको इतिहासमा एक सफल नायकका रूपमा चिनिने गर्छन्। जङ्गबहादुर सेवामुक्त भएर हिँडिरहेको बेला वि.सं. १८९७ को माघ महिनामा हात्ती खेदामा आफ्नो बहादुरी देखाउँदा तत्कालीन राजा राजेन्द्र शाहबाट उनलाई तोपखानाको कप्तान दिएपछि उनी पुनः जागिरे हुन पुगेका थिए। जागिरे भएपछि उनले राजपरिवारको आँखामा पर्नका लागि अनेकौं वीरता देखाए । जसमा वि.सं. १९९८ मा दहचोक जङ्गलमा चितुवा काट्ने, मातेको हात्तीलाई नियन्त्रण गर्ने, त्रिशूली…

Read More

तस्वीरमा देखिएको झ्याल कीर्तिपुरको ल्याकु दरबार क्षेत्र नजिकै रहेको सुन्दर आँखी झ्याल हो । कीर्तिपुरमा अवस्थित यो सुन्दर काठको झ्याल दुई घरको बीचमा जोडिएको छ। नेपाली भाषामा यसलाई आँखी झ्या भनिन्छ, जसमा आँखीको अर्थ ‘आँखा’ र झ्याको अर्थ ‘झ्याल’ हुन्छ। यस सुन्दर झ्याललाई नेवार संस्कृतिको प्रतीकका रूपमा वर्णन गरिएको छ र नेवारी भाषामा टिकी झ्याल भनिन्छ । प्राय: बसन्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र साथै भक्तपुर दरबार क्षेत्रमा आँखी झ्यालहरूको अवलोकन गर्न सक्छौँ । यो झ्याल हातले नै विभिन्न डिजाइनमा काठमा कोरिन्छ। यो झ्याल विशेषगरी घर, स्मारकहरू र अन्यमा सजावट उद्देश्यका लागि पनि बनाइएको हो । नेपाल खण्डमा बस्ने नेवार…

Read More

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभावले केही प्रदेशमा पानी पर्ने सम्भावना देखिएको छ । हाल कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार दिउँसो  कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।  कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै बिहीबार राति  कोशी,…

Read More

काठमाडौं । पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरिएको छ। बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व)लाई मध्यनजर गर्दै काठमाडौं प्रशासनले पशुपतिनाथको चार किल्ला तोकेर आजदेखि मंसिर २७ गतेसम्म मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको हो। गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर र मित्रपार्क – उमाकुण्ड – गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिण भित्रका सबै भागमा ती पदार्थ निषेध गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ। बालाचतुर्दशी पर्वमा सुरक्षा लगायत धार्मिक, साँस्कृतिक, मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले ती पदार्थ  उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन समेत गर्न नपाउने सूचनामा उल्लेख छ।…

Read More

नक्कली शरणार्थी प्रकरणका प्रतिवादी तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको थुनछेकबारे अर्को बिहीबार निर्णय हुने भएको छ । गोलाप्रथाबाट छानिएका न्यायाधीशको इजलासले उनी थुनामै रहने कि धरौटी वा साधारण तारेखमा रिहा हुने विषयमा आदेश दिनेछ । शुक्रबार उच्च अदालत पाटनको संयुक्त इजलासले यस प्रकरणमा थुनामा रहेकाहरू तथा सरकारले दर्ता गराएको निवेदनमाथि अन्तिम आदेश दिएको थियो । तर, खाणको हकमा न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको फरक–फरक राय आएपछि तेस्रो न्यायाधीशको इजलासमा पेस हुने भएको हो । २८ मंसिरमा गोलाप्रथाबाट दुवै न्यायाधीशको रायसहितको प्रतिवेदन एक न्यायाधीशको इजलासमा पेस हुने उच्चका उपरजिस्ट्रार तीर्थराज भट्टराईले बताए । गत शुक्रबार उच्चले थुनामा रहेकामध्ये नौजनालाई थुनामै राख्ने, ६ जनालाई धरौटीमा रिहा गर्ने…

Read More

काठमाडौँ ( प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद बिक्री कारोबार सम्बन्धी कार्यलाई रोक्न सरकारलाई निर्देशन दिएको छ ।बुधबार बसेको समितिको बैठकले एनसेलको शेयर खरिद बिक्री सम्बन्धी कारोबार संशयपूर्ण, अपारदर्शी र अवास्तविक रहेको ठहर गर्दै यसको खरिद बिक्री सम्बन्धी कारोबार विस्तृत रुपमा अनुसन्धान गरी निष्कर्षमा नपुगुन्जेलसम्मका लागि रोक्न सरकारलाई निर्देशन दिएको हो । त्यस्तै वास्तविकता पत्ता लगाउनका लागि ३० दिनभित्र कार्य सम्पादन गर्ने गरी तत्काल स्वतन्त्र अनुसन्धान गर्न, गराउन पनि निर्देशन दिएको छ । त्यस्तै एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा भएका कामहरूको विस्तृत विवरण र नेपालमा प्रत्यक्ष वैदेशिक लगानी जोखिमयुक्त रहेको भन्ने भनाई सम्बन्धमा सरकारको धारणा ४८ घण्टाभित्र…

Read More

काठमाडौंः अवैधरूपमा नेपालीलाई रुस पठाउने प्रमुख एजेण्ट पूर्व सुरक्षाकर्मी भएको खुलेको छ। पूर्वसुरक्षाकर्मी समेत रहेका उदयपुरका ४२ वर्षीय हरिबहादुर विश्वकर्माले हालसम्म १८ जनालाई रुस पठाइसकेको प्रहरीले जानकारी दिएको छ।काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १२ जनालाई सार्वजनिक गर्दै काठमाडौं प्रहरी परिसर काठमाडौंले उक्त गिरोहमा पूर्व सुरक्षाकर्मीहरू समेत रहेको खुलाएको हो। परिसरका प्रमुख एवं एसएसपी भुपेन्द्रबहादुर खत्रीले पूर्व सुरक्षाकर्मीहरूले नै नेपालीहरूलाई अवैधरूपमा रुस पठाउने गरेको बताए। रुस पठाउने प्रमुख एजेण्ट नै पूर्व सुरक्षाकर्मी रहेको खुलेको छ। राम्रो आम्दानीको प्रभलोभनमा रुस जानेहरू पनि पूर्व सुरक्षाकर्मीहरू नै बढी छन्,ु एसएसपी खत्रीले भने।रुस(युक्रेन युद्ध सुरु भएपछि हातहतियारबारे जानकारसमेत रहेका पूर्व सुरक्षाकर्मीहरू त्यसतर्फ जाने गरेको उनको…

Read More

काठमाडौँ । राजधानीको न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त सुनसहित एक जनालाई पक्राउसमेत गरेको छ । उक्त सुन अहिले जोख्ने कार्य सुरु गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनले भने, “बरामद सुनमध्ये केही बिस्कुट आकारमा र केही गहना बनाइसकेको अवस्थामा फेला परेको छ, प्रक्रिया पु¥याएर जोख्ने काम सकिएपछि एकिन परिमाण आउनेछ, झन्डै सात किलो परिणामको हाराहारीमा सुन भएको अनुमान छ ।” प्रहरीले न्युरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मार्दा उक्त परिमाणको सुन बरामद गरेको थियो । सो सुन…

Read More

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बथानबाट छुटिएर आएको दाह्रा नभएको भाले हात्ती ( मकुना) देखापरेको छ । निकुञ्जको पूर्वी क्षेत्र सौराहा आसपासका क्षेत्रमा यो हात्ती देखिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा यो हात्ती विगत तीन दिनदेखि देखिएको छ । बथान छोडेर आएका हात्तीले समाजमा क्षति पु¥याउन सक्ने उनले बताए । हात्ती देखिएपछि निकुञ्ज प्रशासनले नियमित घाँस दाउरा गर्न जाने र अन्य काममा निकुञ्ज र सामुदायिक वन क्षेत्रमा जाने स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । अहिले यो हात्ती निकुञ्जको जनकपुर पोष्ट क्षेत्रमा देखिएको भन्दै निकुञ्जले कुमरोज मध्यवर्ती सामुदायिक वनमा उपभोक्तालाई एक्लो हात्तीदेखि नजिस्किन आग्रह गरेको…

Read More

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । त्यस्तै, यो प्रकरणबारे ३० दिनभित्र विस्तृत अनुसन्धान र जाँचबुझ गरी आवश्यक कारबाही गर्न पनि सरकारलाई निर्देशन दिइएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । लेखा समितिको अब बस्ने बैठकमा प्रधानमन्त्रीलाई बोलाएर यस विषयमा जानकारी माग्ने पनि समितिले निर्णय गरेको छ । एनसेल खरिद बिक्रीका क्रममा विद्यमान कानुनी व्यवस्थाको छिद्र खोजेर आर्थिक चलखेल भएको तथा प्रक्रिया मिचिएका विषयमा पनि गम्भीर हुन समितिले निर्देशन दिएको छ । विद्यमान कानुनमा देखिएका अस्पष्टतालाई आवश्यक परिमार्जन र संशोधनका…

Read More