Author: Kathmandu Khabar

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार वैदिक मन्त्रसहित स्वस्तिवाचन गरेर सुरु गरिएको यो समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवम् कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट विद्यार्थीहरू दीक्षित भएका हुन् । त्रिविको ६१औँ ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए । निवेदन दिएकामध्ये स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी दीक्षित भएका…

Read More

काठमाडौं । काठमाडौंको मौलिक बस्ती टोखामा २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले ध्वस्त भयो । टोखा नगरपालिकामा भूकम्पबाट क्षति भएका १८०० घरमध्ये १७९७ वटा घर मौलिक शैलीमा बने भने अहिले ३ वटा घर मात्रै पुरानै शैलीमा रहेको एउटा अध्ययनले देखाएको छ । भूकम्पपछि टोखाको मौलिकतामा परेको असरको बारेमा गरिएको अध्ययनबाट सो निष्कर्ष निस्किएको हो । सो अध्ययनमा संलग्न अनुसन्धानकर्ता डा पशुपति न्यौपानेका अनुसार सामानको अभाव, खर्च धेरै लाग्ने जस्ता कारणले स्थानीयले मौलिक घर बनाउन छाडेको भेटिएको छ । यो भेगमा हाल पुरै कंक्रिटको गगनचुम्बी घर ठडिएको छ। लिच्छिविकालीन बस्ती अहिले कंक्रिटको जंगलजस्तो भएको छ। यसले इतिहास, संस्कृतिसँगै मौलिक निर्माण…

Read More

काठमाडौ । काठमाडौ उपत्यकामा बसोबास गर्ने मानिसहरुको धर्म परम्परा, संस्कृति तथा दैनिक जीवनसंग गाँसिएको बिष्णुमती नदी कुनै बेला स्वच्छ र सफा थियो । मानिसहरु यहि नदीमा नुहाउँने गर्दथे कपडा धुने गर्दथे र पिउनको लागि पनि प्रयोग गर्दथे । समयकाल तथा उच्चतम जनसंख्या बृद्धी र चेतनाको कमीले आज विष्णुमती फोहोरको ढल समान भएको छ । याे नदी हिन्दुहरुको आस्थासंग जोडिएको बागमती नदीमा टेकु दोभानमा पुगेपछि मिसिएको छ । काठमाडौ उपत्यकामा बग्ने पवित्र बागमती नदीमा बागमती सहित सात मतीहरुको संगम हुने गर्दछ । यसैले बागमती नदीलाई सप्तमती पनि भन्ने गरिन्छ । शिवपुरीको उत्तर तर्फबाट बागमती नदी बहन थालेको छ ।…

Read More

काठमाडौं । पछिल्ला केही हप्तादेखि बुढानीलकण्ठ मन्दिरका महन्थ निगमानन्द गिरिका बारेमा थुप्रै समाचार तथा आलेखहरू प्रकाशित भए । पछिल्ला डेढ दशकमा बुढानीलकण्ठमा बसेर उनले गरेका गर्न हुने नहुने कृत्यदेखि उनको व्यक्तिगत आचरणमासमेत औँला उठ्ने तरिकाले प्रकाशित समाचारप्रति जनसामान्यको सकारात्मक प्रतिक्रिया आए पनि मुख्य सरोकारवाला संस्था बुढानीलकण्ठ नगरपालिका भने असाधारण चुप्पी साँधेर बसेको छ । यसैक्रममा काठमाडौँ खबरलाइ केही वडाध्यक्षदेखि सांसद एवम् स्थानीय राजनीतिकर्मीले फोन गरेर नलेखिदिन अनुरोध तथा दबाव दिएका छन् । (ती फोन गरेका सबैजनाको फोन रेकर्ड काठमाडौँखबरसँग् सुरक्षित छ ।) बुढानीलकण्ठजस्तो धार्मिक क्षेत्रमा अधार्मिक चरित्रका महन्थ निगमानन्द गिरिलाइ हटाउन पहल गर्ने सबैभन्दा प्रभावकारी तथा प्रभावशाली संस्था भनेको नगरपालिका नै…

Read More

राष्ट्रियसभा निर्वाचनबारे सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच आइतबार बालुवाटारमा छलफल भएको छ । राष्ट्रिय सभामा रिक्त हुने एमालेको मनोनितसहित नौ सीटमध्ये कुन दललाई कति-कतिका दरले बाँड्ने भन्नेमा गाँठो परेको विषय छलफलले टुंगो भने लगाउन सकेन । गठबन्धन क़ायम राख्ने बारेमा भने सबैको एकमत रहेको बैठकले गठबन्धनमा रहेका जनमोर्चा र जसपालाई एक-एक सीट दिने मानसिकता बनाएको छ । । त्योभन्दा पनि महत्वपूर्ण चलखेल को सांसदको उम्मेदवार बन्ने ? भन्ने विषय रहेको छ । कुन पार्टीलाइ कति उम्मेदवार दिने वा कति सिट दिने विषयभन्दा पनि पार्टीभित्र को को उम्मेदवार बन्ने बारेमा व्यापक चलखेल भैरहेको छ । यसैबीच कांग्रेसमा आकांक्षीहरूको चाप थामिनसक्नु देखिएको छ…

Read More

एकपछि अर्को गर्दै विद्यार्थीको मानसिक र शारीरिक अवस्था बिग्रँदै गएपछि सिन्धुपाल्चोकको एक विद्यालयमा पठनपाठन पूणर्रुपमा बन्द गरिएको छ। पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ७ स्थित भोटेनाम्लाङ माविका विद्यार्थीहरु कोही कराउने, कोही बरबराउने, कसैले अस्वाभाविकरुपमा शारीरिक हाउभाउ देखाउन थालेपछि विद्यालय बन्द गरिएको बताइएको छ । विद्यालयले जारी गरेको सूचनामा हिजो र आज दुई दिन विद्यालय बन्द रहेको उल्लेख छ । केही दिन यतादेखि विद्यार्थीमा स्थानीय जनविश्वास अनुसार झाँक्री (देवी देवता) चढ्न थालेको बताइएको छ । विद्यार्थीहरुमा अस्वाभाविक लक्षण देखिएपछि विद्यालय बन्द गर्नु परेको प्रधानाध्यापक गोपीकृष्ण पराजुलीको भनाई छ । एकपछि अर्को विद्यार्थीमा अस्वाभाविक मानसिक र शारीरिक समस्या देखिन थालेपछि थप विद्यार्थीमा…

Read More

काठमाडौं । वि.सं. २०१७ सालमा तत्कालीन राजा महेन्द्रले पुष एक गतेको कदम चालेपछि त्यसपछि छापिने सबै पत्रिकामा त्यो राजनीतिक कदमको समाचारले पत्रिका छापिएको थियो । सबैजसो पत्रिकामा श्री ५ बाट मन्त्रिमण्डल र संसदको विघटन शीर्षकमा समाचार छापियो । तर सोही दिन प्रकाशित हुने नयाँ समाज दैनिकको अग्रपृष्ठमा एउटा रोचक समाचार छापिएको थियो । नेपाली रकेट शीर्षकमा छापिएको सो समाचारमा त्रिपुरेश्वरमा भएको एउटा दुर्घटनाको थियो । सो दुर्घटनामा त्रिभुवनको शालिकको खम्बामा एउटा ट्रकले ठक्कर दिएको थियो । सो ट्रकको चालकले मदिरा सेवन गरेको प्रहरीले जनाएको थियो । तर पुलिसले समातेपछि फेरि पनि अनियन्त्रित ट्रकले नजिकै रहेको बाबुलाल पेट्रोलपम्पमा ठक्कर दिएको थियो…

Read More

काठमाडौँ । हनुमान ढोकामा रहेको ऐतिहासिक सम्पदा काष्ठमाण्डप क्षेत्रलाई थप सुन्दर बनाउने काम भएको छ । हनुमान ढोका दरबार संरक्षण कार्यक्रमअन्तर्गत वडा कार्यालय, शार्दुलजङग गुल्म, स्थानीयवासीको सहभागितामा फलामे स्ट्याण्डमा फूलसहितका गमला राखेर सुन्दर बनाउन थालिएको हो । कार्यक्रमका लागि वडा नंं १९ का अध्यक्ष एवं पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ, वडा नंं २० का अध्यक्ष राजेन्द्र मानन्धर, वडा सदस्य, शार्दुलजङग गुल्मका गुल्मपति पूर्ण प्रजापति र स्थानीयवासीको सहभागिता थियो । वडा नं २० का वडाध्यक्ष मानन्धरले भने, ‘सम्पदा क्षेत्रमा सवारी प्रवेश गरेपछि सामाजिक तथा सांस्कृतिक कार्यक्रममा असर परिरहेको हुन्छ । यो असर रोक्ने अभिप्रायले संरक्षण गर्ने र सुन्दर बनाउने काम थालिएको…

Read More

काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यको जीर्णोद्वार सम्पन्न भएको छ । चैत्यको गजुर झरेपछि यसको जीर्णोद्वार गरिएको हो । बाँदरले हल्लाएर कमजोर बनेको गजुरमा हावाहुरीले क्षति पुर्‍याएको स्थानीयको भनाइ छ । पुरातत्व विभाग, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति र काठमाडौँ महानगरपालिकाको प्राविधिक टोलीले विस्तृत अध्ययन गरेको थियो । काठमाडौँ–१५ मा पर्ने उक्त स्थलमा विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने गर्दछन्। सम्पदाको संरचनाको कला, कौशल, बनोटको अध्ययन तथा अनुसन्धान गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । यहाँबाट काठमाडौँ उपत्यकाको बाक्लो बस्ती तथा त्यस वरपर क्षेत्रको अवलोकनका लागि पनि सर्वसाधारण आउने गरेको पाइएको छ । प्राचीन सम्पदा भएकाले पुरातत्व…

Read More

चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेको पहिलो चाहना बाघ हेर्ने हुन्छ । भनिन्छ भाग्यमानीले मात्रै बाघ देख्न पाउँछन् । अब भने यहाँ घुम्न आउनेलाई बाघ हेर्न भाग्य चाहिँदैन । भरतपुरतर्फबाट निकुञ्ज घुम्न जाने बाटोमै बाघ हेर्न पाइने भएको छ । निकुञ्जभित्र एक सय २८ वयश्क पाटेबाघ रहेको तथ्याङ्क छ । यद्यपि निकै कमले मात्रै निकुञ्ज घुम्दै गर्दा बाघ देख्न पाउँछन् । गतवर्ष निकुञ्जमा दुई लाख २५ हजार हाराहारी पर्यटक पस्दा बाघ देखेँ भन्नेको सङ्ख्या निकै कम थियो । बाघ हेर्ने अवसर भरतपुर भ्रमण वर्षले दिन लागेको हो । भरतपुर महानगरपालिका–६ देवनगरस्थित निकुञ्जको रेञ्जपोष्ट क्षेत्रमा दक्षिणकाली सामुदायिक वनभित्र वन्यजन्तु उद्धार…

Read More

आठ महिनाअघि भत्काइएको पोखरा फेवातालको बिचमा रहेको तालबाराही मन्दिरको पुनर्निर्माण अझै सुरु भएको छैन । पुनर्निर्माण गर्ने भन्दै गत चैतमा मन्दिर भत्काइएको थियो । योजना अनुसार मङ्सिरभित्रै मन्दिर पुनर्निर्माण सकिनुपर्ने थियो । २०७२ सालको भूकम्पका कारण मन्दिर दक्षिणतर्फ तीन इन्च ढल्किएको थियो । तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले बनाएको गुरुयोजना अनुसार कात्तिक ९ गते मन्दिर निर्माण शिलान्यास भयो । तर पुरातषव विभागको स्वीकृति नलिई बनाइएको गुरुयोजनाका कारण अहिले निर्माणको कार्य रोकिएको छ । पुरानो मन्दिर भत्काएपछि अहिले नजिकैको हवनकुण्डमा पूजाआजा गरिँदै आएको छ । मूल मन्दिर नहुँदा तालबाराही पुग्ने धेरै तीर्थालु निराश हुने गरेका छन् । मन्दिर दर्शन गर्न आइपुगेकी…

Read More

संस्कार भन्ने शब्दको उल्लेख बौद्ध कालको साहित्यमा देखिँदैन तर संस्कारको अंग उपनयन, अन्त्येष्टि आदिकोवारे वर्णन गरिराखेको भेटिन्छ । त्यसैले संस्कारलाई परिभाषित गर्दा संस्कार भनेको मानिसको जीवनलाई ठीक ठाँउमा लान आवश्यक योग्यता वा अनुशासन भनी भन्न सकिन्छ । अर्को भाषामा भन्नुपर्दा संस्कार भनेको अशुद्ध वस्तु वा शरीरलाई शुद्ध र राम्रो पार्न समय समयमा गर्ने कार्य हो । समय परिवर्तन हुँदै गएपछि विभिन्न विद्धानहरुले सँस्कारलाई आ–आफ्नो विचार अनुसार विश्लेषण गर्ने गरियो । कतिले संस्कारलाई चालिस (४०) वटा, कतिले दश (१०) वटा उल्लेख गरी राखेको छ भनी गृह्य सूत्र पुस्तकमा सँस्कारलाई १२ वटा देखि १८ वटा दिइ राखेको छ । यसरी विभिन्न किताबमा…

Read More

१०४ वर्षको राणाशासनमा नेपालीहरूलाई शासनको दास बनाइयो र नेपाली आत्मा बेचिए । नेपालीहरू आज्ञाकारी नोकर बनाइए । बहुसंख्यक नेपाली कृषक भएकाले उनीहरूलाई शासन परिवर्तनको कुनै अर्थ थिएन बरु उल्टै जिमदार पटुवारीको माध्यमबाट पनि हो मा हो मिलाउने पारिए । अनि वि.सं. २००७ मा क्रान्ति आयो । यो क्रान्तिले साधारण नेपालीको पुरानो विचारमा कुनै परिवर्तन ल्याउन सकेन । व्यवस्था, विचारधारा र सरकारको निर्माणमा बहुसङ्ख्यक नेपालीको कुनै योगदान थिएन । यस प्रकारको वि.सं. २००७ देखि २०१५ सम्मको इतिहास बहुसङ्ख्यक नेपालीको योगदानरहित इतिहास बन्न पुग्यो । वि.सं. २०१५ को आमनिर्वाचनमा साधारण नेपालीले अवश्य भाग लिए तर विचारधारामा भने कुनै खास परिवर्तन आउन सकेन…

Read More

महोत्तरी । मिथिला धार्मिक, सांस्कृतिक चाडपर्व धेरै मनाइने ठाउँमा पर्छ । मिथिलाको नाता सीताको नामसँग जोडिएकाले पनि प्रत्येक पर्व यहाँ विशेषरुपमा मनाइन्छ । सोही क्रममा यतिबेला मिथिला रामजानकी विवाह महोत्सवमा झमेको छ । सांस्कृतिक तथा पारम्परिक पर्वले सिङ्गो मिथिला मङ्गलधुनबीच गाइने विवाह विधिका गीतले गुञ्जायमान बनेको छ । मिथिला क्षेत्रमा जता पुग्यो श्रीराम र जानकीको महिमा गाइएका गीत गुञ्जिएका छन् । मङ्लधुन बजिरहेका छन् । लाग्छ, घरघरमै छोरी विवाहको तयारी हुँदैछ । त्रेतायुगमा अवध (अयोध्या) का राजकुमार श्रीराम गुरु विश्वामित्र र भाइ लक्ष्मणका साथ जनकपुर आएर विदेह (मिथिला) राज शिरध्वज जनककी पुत्री सीता (मिथिला, वैदेही, जानकी) सँग विवाह भएको सम्झना…

Read More

महोत्तरी । मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् । शनिबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात श्रीलक्ष्मीनारायण मठ मटिहानीको आतिथ्यता ग्रहण गर्दै जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन् । रामजानकी विवाह महोत्सवमा अयोध्याबाट जन्ती भई साधुसन्त जनकपुर आउने पुरानो परम्परा हो । महोत्सवमा अयोध्याका अतिरिक्त भारतका विभिन्न ठाउँबाट साधुसन्त आउने गरेका छन् । केही दशक पहिलेसम्म मङ्सिर शुक्लपक्ष लाग्नासाथै प्रतिपदाकै दिन भारतीय साधुसन्त मटिहानी हुँदै नेपाल प्रवेश गर्थे । यो तालिकामा पहिलो रात मटिहानी, दोस्रो रात जलेश्वर, तेस्रो रात महोत्तरीकै सहोडवा र चौथो दिन जनकपुर पुग्ने चलन थियो । यसक्रममा दिवा…

Read More

सतीदेवीको दाहिने तिघ्रा पतन भई उत्पत्ति भएको शक्ति पिठ हो, मनमैजु । मनोरथ तीर्थको किनारमा अवस्थित यस मनमैंजु अजिमा रूपि इन्द्रायणी पिठलाई पौराणिक कथामा विभिन्न रूपले उल्लेख गरिएको छ । वंशावलीमा लेखिएअनुसार राजा गुणकामदेवको पालामा यस मन्दिरको स्थापना गरिएको थियो । यहाँ नेपाल सम्वत् १०३५ भन्दा पुरानो शिलापत्र भेटिएको छ भने राणा प्रधानमन्त्री चन्द्रशमशेर र तत्कालीन राजा महेन्द्रले यस मन्दिरको जीर्णोद्धार गरिएको देखिन्छ । पित्तलको छाना र आकर्षक मन्दिर रहेको यस मन्दिरमा रहेका टुँडाल र तोरणमा यौनकलाका आकृति पनि देख्न सकिन्छ । नेपाल संवत् ७८६ मा प्रताप मल्लले यस मन्दिरको स्थापना गराएको देखिन्छ । सो कुरा मन्दिरको बाहिरी मूल ढोकाको…

Read More

गाउँठाउँमा राम्रै विकास निर्माणका काम गर्लान् भनेर बाक्साभरि भोट दिई पठाइएका जनप्रतिनिधिले जितेर एक वर्षभित्र सिन्को पनि भाँच्न नसकेपछि अहिले सिन्धुपाल्चोकका जनता पुर्पुरोमा हात राखेर बस्न बाध्य छन् । सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट जितेका उनी स्वास्थ्यमन्त्रीसमेत छन् । क्षेत्र नं. १ बाट टिकट नपाएपछि ठाउँ सरेका बस्नेतले जितेर प्रमाणपत्र हात थापेको पनि यही आइतबार ३७८ दिन पुगिसकेको छ ।  यसरी पछुताउनेमध्ये सबैभन्दा बढी सानोसिरुवारीका छन् । चौतारा साँगाचोकगढी नगरपालिका-७ का जनताले यसरी भोट खन्याइदिएका थिए कि ४९ वटा वडा रहेको क्षेत्र २ मध्ये उनको पक्षमा सबैभन्दा बढी भोट नै त्योे वडाबाट खस्यो । जुन वडाबाट सबैभन्दा बढी भोट आफ्नो पक्षमा…

Read More

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारमा रहेका कांग्रेसका ९ जना मन्त्रीले पनि राम्रो काम गर्नुपर्ने बताएका छन् । काम गर्न नसक्नेलाई सभापति वा कुनै नेताको संरक्षण हुन नहुने भन्दै थापाले अगाडि भने, ‘मन्त्रीहरुसँग पनि मिसन हुनुपर्छ । मेरो कारणले गर्दा कांग्रेसको एउटा भोट घट्नुहुन्न, मेरो कामले गर्दा कांग्रेसको भोट बढ्नुपर्छ भन्ने सोच्नुपर्छ ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम गर्न नसके हटाउन सक्छौं भनेर कांग्रेसले भन्न सक्नुपर्ने पनि महामन्त्री थापाले बताएका छन् । कांग्रेसका सांसदहरुले मत दिएर प्रचण्डलाई प्रधानमन्त्री बनाएको भन्दै उनले एक वर्षसम्म काम गर्न नसकेको बताए । अब एक वर्ष प्रचण्ड नै प्रधानमन्त्री बन्ने सत्ता गठबन्धनबीच सहमति रहेको भन्दै…

Read More

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण जेलमुक्त बनेको तर एमाले नेता टोपबहादुर रायमाझी थुनामै रहेकोप्रति असन्तुष्टि प्रकट गरेका छन्। मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्राको १७ औं दिन शनिबार पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले नेता खाणको नाम नलिई उनी कांग्रेस भएकै कारण छुटेको बताएका हुन्। रायमाझीको पनि नाम नलिएका ओलीले उनी चाहिँ एमाले भएकै कारण जेलमै रहेको बताएका हुन्। यद्यपि सोही दिन अदालतबाट सफाइ पाएका एमाले सांसद लक्ष्मी कोइरीबारे भने ओलीले ‘बल्ल सफाइ पाएको’ बताएका थिए। ‘अहिले एमालेको एकल सरकार  बन्ने अवस्था छैन। हामी  प्रमुख पार्टी पनि भएनौं,’  ओलीले…

Read More

गण्डकी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूले चुनावको नभई देशको चिन्ता गर्नुपर्ने बताएका छन् । कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ बागलुङको क्षेत्रीय सम्मेलनमा बोल्दै उनले देशलाई समुन्नतिको यात्रामा अगाडि बढाउनुपर्ने आजको आवश्यता रहेको औँल्याए। ‘कतिपय दलहरूले अहिले मिसन ८४ भनेर अभियान चलाइरहनुभएको छ, त्यो भनेको के हो ?”, महामन्त्री शर्माले भने, “२०८० मा गर्ने कामको बारेमा कुरा गरौँ, २०८१ मा गर्न सक्ने कामबारे दलहरूबीच छलफल गरौँ ।” उनले असल विद्यार्थीले पढाइमा ध्यान दिने तर परीक्षाको चिन्ता नलिने दृष्टान्त सुनाए । महामन्त्री शर्माले कांग्रेस ‘मिसन ०८४’को अभियानमा नरहेको बताए । कांग्रेसले देशको जितलाई सधैँ केन्द्रमा राख्ने उनले…

Read More

संयुक्त राज्य अमेरिकामा घरबारविहीन हुनेको सङ्ख्या यस वर्ष कीर्तिमानी स्तरमा पुगेको शुक्रबार सार्वजनिक गरिएको एक सरकारी प्रतिवेदनले देखाएको छ । अमेरिकी आवास तथा शहरी विकास विभागका प्रमुखले गरेको गणनाअनुसार डिसेम्बरसम्ममा देशभर छ लाख ५३ हजार १०० भन्दा बढी मानिस घरबारविहीन भएका छन् ।  यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ७० हजार ६५० अर्थात् १२ प्रतिशत बढी हो र सन् २००७ मा तथ्याङ्क सङ्कलन सुरु भएयताकै सबैभन्दा बढी हो । अफ्रिकी अमेरिकीहरू कुल अमेरिकी जनसङ्ख्याको १३ प्रतिशत छन् तर घरबारविहीन भएका मध्ये ३७ प्रतिशत अफ्रिकी अमेरिकीहरू रहेका छन् । सन् २०२२ देखि २०२३ को बीचमा पहिलो भाषका रूपमा स्पेनी भाषा प्रयोग गर्ने…

Read More

महेन्द्रनगर (धनुषा), । विवाहपञ्चमीको अवसरमा रङ्गभूमि मैदानमा ११ हजार स्क्यावर फिटभन्दा ठुलो सीतारामको आकृति तयार गरिएको छ । जनकपुरधामस्थित रङ्गभूमि मैदानमा सीताराम आकृति तयार भएपछि यसको दर्शनका लागि पनि निमन्त्रणा आयोजक टोलीले दिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले सीतारामको आकृतिमा प्रयोग गरिएको अन्नलाई सदुपयोग गरिने बताए। नगरप्रमुख साहले एक सय दुई क्विन्टल अन्नको प्रयोग गरिएको चिन्ता व्याप्तरुपमा उठिरहेको भन्दै यस अन्नको सदुपयोग गर्नका लागि लागिपरेको बताए । उनले भने, ‘धार्मिकस्थलका रुपमा रहेको जनकपुरधाम सीता माताको गृहनगर रहेकाले हामीले विभिन्न सङ्घसंस्था तथा विभिन्न व्यक्तिहरुको सहयोग र समयोजन तथा समर्थन पाएपछि सीतारामको आकृति बनाउन अभिप्रेरित भएका हौँ, अन्नलाई कसरी प्रयोग…

Read More

काठमाडौं । अभिनेता पल शाहको बलात्कारको मुद्दा फेरि ब्युँतिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मंसिर २२ गतेको संयुक्त इजलासले मुद्दा दोहोर्‍याएर हेर्न आदेश दिएसँगै यो मुद्दा फेरि ब्युँतिएको हो । अभिनेता शाहले बलात्कार गरेको भन्दै एक नाबालिगले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुरमा जाहेरी दिएकी थिइन् । जबरजस्तीकरणी मुद्दामा लामै समय पूर्पक्षका लागि थुनामा रहेका शाहलाई  उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सफाइ दिएको थियो । उच्च अदालत पोखराले प्रमाणहरूको समुचित मूल्यांकन नगरी फैसला गरेको भन्दै उच्च अदालतले शाहविरुद्धको फैसला दोहोर्‍याएर हेर्न…

Read More

काठमाडौं । टिकटकको विकल्पमा नेपाली प्रयोगकर्ताले ल्याएको रमाइलो एप असुरक्षित देखिएको छ । करिब २० हजार प्रयोगकर्ताको डेटा ह्याकरले लिक भएसँगै असुरक्षित देखिएको छ । डेड्लिविपन १३३७ नाम भएका ह्याकरले डार्क वेबको ब्रिच फोरममा डेटा लिक गरेका हुन् । सो एपमा प्रयोगकर्ताले राखेको सामाजिक सञ्जालका अकाउन्टको लिङ्कको विवरण पनि बाहिरिएको छ । ह्याकरले इनसेक्युअर डाइरेक्ट अब्जेक्ट रिफ्रेन्सको प्रयोग गरी डेटा लिक गरेको हुनसक्ने साइबर विशेषज्ञहरूको भनाइ छ ।

Read More

काठमाडौं । प्रश्नपत्रमा इसाईमय प्रश्न सोध्ने कान्ति माविलाई बुटवल उपमहानगरपालिकाले कारबाही गरेको छ । पत्रमा इसाईमय बनाउने प्रश्नहरू सोधिएपछि सो कार्यको सर्वत्र विरोध भएको थियो । विद्यालयको कक्षा ७ को ५० पूर्णाङ्कको प्रश्नमध्ये धेरै प्रश्न बाइबल र येशु ख्रिस्टसँग सम्बन्धित रहेको छ । विद्यालयको दोस्रो त्रेमासिक परीक्षाको हाम्रो बुटवल विषयमा बाइबलमा कति भाग छन् ? इसा मसिहा को हुन् ? जस्ता प्रश्नहरू सोधिएका थिए । यसको सामाजिक सञ्जालमा सर्वत्र विरोध भएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो । उपमहानगरपालिकाले मंसिर २८ गते पठाएको पत्रमा विद्यालयलाई यसको बारेमा प्रश्न सोध्नुको उचित कारण माग गरिएको छ । सो प्रश्नपत्रको प्रश्न नं ३ (क‌‌),…

Read More

हाम्रो जीवनशैलीसँग अपरिचित मानिसहरूलाई मैथिली विवाहको संस्कार अर्थहीन र लामो लाग्न सक्छ। तर मैथिली दम्पतीहरूले एक अर्काप्रति गरेको आपसी माया र सम्मान अरू कुनै पनि राज्यमा अतुलनीय छ भन्ने सबैलाई थाहा छ । हाम्रो हरेक विवाह समारोहको आफ्नै महत्व छ। उदाहरणका लागि, दुलहादुलहीको ढोकामा आउँदा दुलहाले सबैको अगाडि लुगा फेर्नुपर्छ कि उसमा शारीरिक दोष छ कि छैन ? त्यसपछि, विधवाद्वारा परिचलनको समयमा, उनलाई घरको जीवनको व्यावहारिक प्रश्नहरू सोधिन्छ। जस्तै, दुई दाल घ्यू (भेसन) आदि बीचको भिन्नता बुझ्न । त्यसपछि नैना-कोहबारमा जोगिन। भावी श्रीमती र सरलाई नदेखेर एक छान्नु। यो अनुष्ठान वास्तवमा दुलहाको विवेकी आँखामा हेर्छ। त्यसपछि ओथाङ्गरलाई समाज र परिवारका…

Read More

भक्तपुर । वरिपरि परम्परागत शैलीमा बनेको ठूलो पर्खाल । चारै दिशामा कलात्मक शैलीमा बनेका प्रवेशद्वारसहितको पाटी । वरिपरि कलात्मक इँटा छापेर बनाइएको बाटोको बीचबीचमा देवीदेवताका मूर्तिहरू । बिहान उज्यालो नहुँदै पोखरी परिक्रमा गर्नेहरुको लर्को, दिउँसो आन्तरिक तथा बाह्य पर्यटक र साँझ उपत्यका विभिन्न ठाउँबाट आउने पारिवारिक र युवा जोडीको भ्रमण अचेल देखिने यस्ता दृश्य उपत्यकाकै जेठो र ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको भक्तपुरको रानीपोखरीको हो । नेपाली सैनिकको सैनिक इलाका । नेपाली सेनाको सैनिक आवासीय माध्यमिक विद्यालय र उच्च शिक्षा अध्ययन हुने क्याम्पससँगै जोडिएर रहेको ए्ेतिहासिक सम्पदाको धरोहर भक्तपुरको रानीपोखरी यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बन्ने गरेको छ…

Read More

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबार बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुन लागेको हो । उक्त सबस्टेसनबाट विद्युत् सेवा आपूर्ति हुने स्वास्थ्य सेवा विभाग परिसर, भिमसेनस्थान, रामघाट, मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को, ब्रम्हटोल, जैसीदेवल चोकसम्म विद्युत् आपूर्ति बन्द हुने जनाइएको छ । त्यस्तै, ज्याबहाल, चिकुमङ्गल, झोसे, ओमबहाल, भोटेबहाल, यङ्गाल, लगन, महाबौध्द, भोटाहिटी, असन, बाङ्गेमुढा, ईन्द्रचोक, सुन्धारा, सेन्ट्रल जेल, रङ्गशाला अगाडि, न्युरोड, बसन्तपुर दरबार स्क्वायर, रविभवन, सोल्टीमोड, सुनारगाउँ, आर्मी हस्पिटल, नख्खु चोक, बागडोल, धोबिधारा, मलपोखरी, धोबिघाटलगायतका क्षेत्रमा…

Read More

काठमाडौं । सर्वोच्च अदालतले निजी स्वामित्वको घरजग्गामा पार्किङ दस्तुर उठाउन नपाउने काठमाडौँ महानगरपालिकाको निर्णयलाई बदर गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र कुमार रेग्मीको संवैधानिक इजलासले यही मङ्सिर २० गते गरेको आदेशको आज लिखित आदेश सार्वजनिक गदै उक्त निर्णय बदर गरेको हो । आदेशमा भनिएको छ, “निवेदकहरुको सम्पत्ति उपभोग गर्ने वा व्यवसाय गर्ने हकमा अंश लगाउने अधिकार नेपालको संविधानको धारा २२८ ले स्थानीय तहलाई प्रदान गरेको नदेखिइ काठमाडौँ महानगरपालिका आर्थिक ऐन, २०५० को उक्त व्यवस्था नेपालको संविधानको धारा २२८ को व्यवस्थासँग बाझिएको देखिँदा काठमाडौँ महानगरपालिका आर्थिक ऐन, २०८० को दफा १२…

Read More

काठमाडौं- व्यवसायी उपेन्द्र महतो आर्थिक संकटमा जान थालेसँगै मेडिसिटी अस्पताल बिक्रीको तयारीमा लागेका छन्। महतोले मेडिसिटी अस्पताल बिक्रीका लागि भारतीय उद्योगपतिहरूसँग गरिरहेको डिल अन्तिम चरणमा पुगेको छ। झन्डै ८ अर्ब रुपैयाँ लगानी रहेको मेडिसिटी अस्पताल बिक्रीको तयारीमा महतो लागिरहेका छन्। अस्पताल मासिक १० करोड रुपैयाँसम्म घाटामा जान थालेपछि महतोले अस्पताल बिक्रीको प्रयास गरिरहेका हुन्। भीआईपीहरू भारतसहित विभिन्न देशमा उपचारमा जाने क्रम रोक्न संसारमा भएका हरेक सुविधा दिने घोषणासहित महतोले अस्पताल सञ्चालनमा ल्याएका थिए। निजी क्षेत्रकै सबैभन्दा ठूलो लगानी गरेर अन्तर्राष्ट्रिय सुविधासहितको अस्पताल सुरु गरेका महताले अहिले बिक्रीको तयारी गरेका हुन्। अन्तर्राष्ट्रिय मापदण्डको सेवासहित ७५० बेडको मेडिसिटी अस्पताल २०७४ असोजबाट सुरु भएको थियो। गैरआवासीय…

Read More