काठमाडौं । पाकिस्तानमा एक प्यासेन्जर बोक्ने रेल अपहरणमा परेको छ। पाकिस्तानी आतंकवादी समूहले बुधबार करिब १४० जना सवार प्यासेन्जर रेल अपहरण गरी सुनसान स्थलतिर लगको थियो। पछि पाकिस्तानी आर्मीसहितको टोलीले आतंककारीहरू माथि गोली प्रहार गरी सर्वसाधारणलाई अपहरण मुक्त गराएको हो। जसमा १६ आतंककारी मारिएका छन् अपहरणकारीहरूले नौवटा डिब्बा रहेको रेललाई लिक भत्काएर रोकेका थिए । अपहरणमा पाकिस्तानी लिबरेसन आर्मी नामक आतंकवादीको संलग्न रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
Author: Kathmandu Khabar
काठमाडौँ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) प्रशासन कार्यालयले मर्यादित र सभ्य भएर होली पर्व मनाउन सबैमा अनुरोध गरेका छन् । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले उच्छृङ्खल र तडकभडक नभई शान्तिपूर्ण रूपमा पर्व मनाउन सबैमा अनुरोध गरे । उनले आज एक सूचना जारी गर्दै भने, “सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ । तसर्थ, चाडपर्वहरूको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्तिमा खलल,…
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ६२ वटा क्याम्पसहरूमध्ये काठमाडौँका सातवटा क्याम्पसमा विवादका कारण उम्मेदवारी दर्ता रोकिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण महाशाखाले मङ्गलबारका लागि तोकेको मान्न नयन दर्ताको समयभित्र कुल ५० वटा मात्रै क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ। रोकिएका १० मध्ये पाँचवटा क्याम्पस काठमाडौँ भित्रका छन्। विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार काठमाडौँ उपत्यकाका शङ्करदेव, विश्वभाषा, नेपाल ल, पब्लिक युथ, ग्रामीण आदर्श बहुमुखी, पिपुल्स, पद्यकन्या बहुमुखी क्याम्पसमा भने विवादका कारणले मनोनयन दर्ता नभएको उनले बताए। अधिकांश आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आज विभिन्न विद्यार्थी सङ्गठनले निर्वाचनका लागि प्रत्यक्ष तथा सामानुपातिकतर्फका उम्मेदवारको मनोनयन दर्ता गराएको जानकारी दिने । उनका…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीको पद जोगिएको छ । ललितपुर ३ बाट निर्वाचित कार्कीको पद खारेज गर्ने निर्णय निर्वाचन आयोगले गरेको थियो । सोविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको आदेशमार्फत् पद जोगिएको हो । न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको साढे दुई वर्षअघिको निर्णय खारेज गरेको हो । त्यतिबेला सर्वोच्च अदालतकै अन्तरिम आदेशका कारण कार्कीको उम्मेदवारी यथावत भएको थियो । मेडिकल काउन्सिल सदस्य हुँदाहुँदै २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार भएको भन्दै आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।
काठमाडौं । नेकपा एमालेले राजावादी सल्बलाउनुमा प्रमण्डको हात भएको हुन सक्ने आशंका गरेको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै नेकपा एमालेका सांसदले माओवादीमाथि यस्तो आरोप लगाएका हुन् । प्रमुख सत्तारूढ नेकपा एमालेका सांसद गोकर्ण विष्टले विशेष समयमा बोल्दै राजावादीहरू उचाल्ने काममा प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको हात हुन सक्ने भन्दै प्रश्न गरेका हुन् । उनले सरकारको प्रयत्नलाई प्रतिपक्षी नेताले बारम्बार असंवैधानिक भनेर उठाइरहेको भन्दै आपत्ति जनाएका छन् । ‘मैले बुझ्न नसक्या कुरा यति मात्रै हो कि, उहाँ सात आठ महिना प्रधानमन्त्री हुँदा नेपालमा रामराज्य थियो ? सरकारबाट बाहिरिनेबित्तिकै कसरी नेपाल रावण राज्यमा परिणत भयो ? आज उहाँमा किन…
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै सांसदहरुले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने धारणा राखे । विद्यमान संविधान विपरीत गतिविधि भइरहेकाबारे पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराए । सांसद महेशकुमार बर्तौलाले संविधानको पालना गर्नु प्रत्येक नागरिकको कर्तव्य रहेको उल्लेख गर्दै केही दिनयता पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशन र उक्साहटमा समाजमा संविधान विरोधी क्रियाकलाप भइरहेका बताए । पूर्वराजा स्वयम्ले यी कार्य गर्नका लागि उक्साइरहेको उनको आरोप थियो । लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने सांसद बर्तौलाले बताए । सांसद अर्जुननरसिंह केसीले सरकार र नेपाल शिक्षक महासङ्घबीच विगतमा भएको सम्झौता कार्यान्वयन हुन नसक्दा महासङ्घ पुनः आन्दोलनका क्रममा रहेको उल्लेख गर्दै पुनः वार्ता र सहमतिको…
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच बुँदे सुझाव दिएका छन् । मंगलबारको प्रतिनिधिसभामा विशेष समय लिएर सांसद थापाले समसामयिक विषयमा पाँच बुँदे सुझाव दिएका हुन् । यस्ता छन् थापाले दिएको सुझावहरू – सरकारमाथि उठेका प्रश्नबारे नागरिक समाज र जनतासँग संवाद गरी नतिजा केन्द्रित हुनपर्छ। – सरकारले कानुन बनाउँदा सार्वजनिक हितका लागि हुनुपर्छ र एउटै व्यक्ति वा समूहले लाभ लिन हुँदैन भन्नेमा सचेत हुनुपर्छ। – मन्त्रीहरूले नचाहिने ठाउँमा हात हाल्न हुँदैन। नचाहिने ठाउँमा हात हालेर नदुखेको टाउके कपाल बाँधेर दुखाए जस्तो अनावश्यक विषयमा सरकारले अनावश्यक काम गर्नुहुँदैन। – हरेक कुरामा आफ्नो काम र निर्णयबाट संसद्सँगै…
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्न लागेको छ। आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यतालिका रहेको छ। यसबाहेक संसद् सचिवालयलका अनुसार बैठकको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्नेछन् । यसैगरी बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ । आजको बैठकमा सो संशोधनमाथि…
काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो ७ महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरूले ठूलो धनराशि लगेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार शिक्षातर्फको ६४ अर्ब १५ करोड बराबर पुगेको हो। सेवा खाताअन्तर्गत भ्रमण व्यय १० दशमलव छ प्रतिशतले वृद्धि भई रु एक खर्ब १५ अर्ब ८८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड रहेको हो । बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु एक खर्ब चार अर्ब ७५ करोड रहेकामा शिक्षातर्फको व्यय रु ६६ अर्ब ६४ करोड थियो । सो अवधिमा खुद सेवा आय रु ५० अर्ब २२ करोडले…
काठमाडौं । सरकारले काठमाडौंका विभिन्न क्षेत्रहरूलाई निषेधित क्षेत्र घोषणा गरेको छ । बालुवाटार, शितलनिवास, सिंहदरबारलगायत क्षेत्रमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाउने गरी निषेधित क्षेत्र घोषित गरिएको हो । जारी गरिएको निषेधाज्ञा दुई महिनाका लागि भएको प्रशासनले जनाएको छ । निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न नपाइने प्रशासनले जनाएको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा विरोध प्रदर्शन हुँदा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्ने भएकाले निषेधाज्ञा जारी…
भैरहवा (रुपन्देही) । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । पुलिसले लुम्बिनीलाई ८७ रनले हराएको हो । रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको पुलिस क्लबले निर्धारित ५० ओभरको खेलमा ६ विकेटको क्षतिमा २४९ रन बनायो । दुई सय ५० रन बनाउने क्रममा लुम्बिनीको पारी १६२ रनमा समेटियो । पुलिसका लागि कुशल भुर्तेल र आरिफ शेखले अर्धशतकीय पारी खेले । भुर्तेलले ७५ बलको सामना गर्ने क्रममा ६ चौका र एक छक्काको मद्दतमा ५९ रन बनाए । यस्तै शेखले ७९ बल खेल्दै ५६ रन बनाए । यसमा उनको दुई छक्का…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकाले तोकेको जरिवाना रकम बुझाएको छ । सोमबार पार्टीका प्रमुख सचेतक एवं प्रवक्ता ज्ञानेन्द्र शाहीले महानगर प्रहरी समक्ष जरिवाना रकम तोकेको हो । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा काठमाडौंका सडकमा फोहोर र बिरुवामा क्षति गरेको भन्दै महानगरले एक लाख जरिवाना तोकेको थियो । यस्तै प्रकृतिको कारबाही गत मंसिरमा सत्तारुढ दल नेकपा एमालेलाई पनि गरिएको थियो । तर एमालेले भने जरिवाना तिर्न अस्वीकार गर्दै आएको छ । कार्यक्रमको फोहोर आफैंले उठाएको भन्दै एमालेले एक लाख रुपैयाँ जरिवाना तिर्न अस्वीकार गर्दै आएको हो।
काठमाडौं । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीको नाममा १ लाख रुपैयाँ जरिवानाको बिल पठाएको छ। आइतबार पूर्व राजा ज्ञानेन्द्र काठमाडौँ फर्किने क्रममा एयरपोर्टबाट निर्मल निवाससम्म मानवसाङ्लो बनाएर गरिएको प्रदर्शनमा फोहोर गरिएको भन्दै जरिवाना तिराइएको हो। महानगर प्रहरीले राप्रपा मुख्यालयका नाममा पत्र लेखेर पार्टी कार्यालयको आयोजना गरिएको कार्यक्रममा सहभागीहरूबाट एयरपोर्ट, तिलगंगा गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र त्यहाँका बिरुवा साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला गरेको जनाएको छ । निर्वाचन आयोग, र काठमाडौं महानगरको प्रशासन विभागलाई बोधार्थ दिइएको उक्त पत्रमा नगर प्रहरी निरीक्षक लीलाराज गाछा थापामगरले हस्ताक्षर गरेका छन् । महानगरपालिकाले यसअघि काठमाडौंको दरबार मार्गमा नेकपा एमालेले…
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा संलग्न एक नाबालकसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आज उक्त घट्नामा संलग्नताका आधारमा सर्लाही घर भई हाल काठमाडौँ गोठाटार बस्ने २५ वर्षीय कैलाश खड्का, मकवानपुर घर भई हाल गोठाटार बस्ने २० वर्षीय सुरेश तामाङ, नुवाकोट घर भई हाल गोठाटार बस्ने २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोक घर भई हाल गोकर्णेश्वर बस्ने २० वर्षीया पूजा परियार र एक नाबालकलाई पक्राउ गरेको हो । यही फागुन २४ गते गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिक बाग्मती खोलाको बीच भागमा बोराभित्र पानीमा डुबेको अवस्थामा अन्दाजी वर्ष ३०/३५ वर्षकी महिलाको शव फेला परेको थियो । उक्त सूचना प्राप्त…
काठमाडौँ । समयमा पानी नपर्दा करिब तीन दिनदेखि काठमाडौं उपत्यकाको आकाश खुल्न सकेको छैन । करिब तीन दिनसम्म आकाश नखुल्दा वायु प्रदूषण समेत बढेको मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान माहाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको मौसमविद् विनु महर्जनले बताइन् । “मुलुकको केही भागमा हिमपात र हल्का मात्र वर्षा भएको छ, तर प्रदूषण हट्ने गरी वर्षा भएको छैन,” उनले भनिन्, “अझै तीन दिन यस्तै हुने देखिन्छ ।” ‘एयर क्वालिटि इन्डेक्स’ का अनुसार आज काठमाडौँ विश्वको पाचौँ प्रदूषित सहरका रुपमा सुचीकृत भएको छ । आज यहाँको वायु प्रदूषण एक सय ६३ एक्युआई…
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र काठमाडौं फर्किँदा समर्थकहरूले विमानस्थलबाहिर स्वागत गरेका छन् । करिब एक महिना लामो गण्डकी प्रदेशको यात्रा सकेर काठमाडौं आएका ज्ञानेन्द्रलाई समर्थकहरूले स्वागत गरेका थिए । उनको स्वागत कार्यक्रममा समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए। प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्न थालेपछि प्रहरीसित उनीहरूको धकेलाधकेल पनि भएको छ। पूर्वराजा शाह आइतबार अपराह्न कास्कीको पोखराबाट काठमाडौं फर्किएका हुन्। समिट एयरको ९एन–एकेजेड कलसाइन चार्टर्ड विमानमार्फत उनी काठमाडौँ आएका हुन्। उनलाई स्वागत कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेन, राप्रपा नेपालका कमल थापासहितका नेताहरू समेत उनको स्वागतमा विमानस्थल पुगेका थिए । हजारौं समर्थकहरूले राष्ट्रिय झण्डासहित कार्यक्रममा सहभागी भएका थिए ।
काठमाडौं । सांसदहरुले राजतन्त्र पक्षधरको नाराजुलुसको विषयमा गम्भीर हुन सरकारसँग आग्रह गरेका छन् । आजको राष्ट्रिय सभा बैठकमा बोल्ने सांसदहरूले यस्तो माग राखेका हुन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद उदयबहादुर बोहोराले केही समययता काठमाडौँलगायत मुलुकका केही सहरमा नाराजुलुस भइरहेको उल्लेख गर्दै लोकतन्त्रमाथि प्रहार भएकामा चिन्ता व्यक्त गर्नुभयो । उनले सरकार र राजनीतिक दलले कार्यशैली सच्याउन आवश्यक रहेको बताउनुभयो । मुलुकबाट बेतिथिको अन्त्य, महङ्गी नियन्त्रण र सुशासन प्रवद्र्धनमा सरकार दृढतापूर्वक लाग्नुपर्नेमा उनको जोड थियो । सोही पार्टीका सांसद गोमादेवी तिमल्सिनाले लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग नेतृत्वबिहीन भएको र कर्मचारीहरुले महिनौदेखि तलव नपाएको उल्लेख…
काठमाडौं । आजदेखि सहिद स्मारक बी डिभिजन लिग फुटबल खेल सुरु हुँदैछ। दिउँसो साढेति बजे दशरथ रङ्गशालामा लिगको उद्घाटन खेल हुन लागेको एन्फाले जनाएको छ। आइतबारको उद्घाटन खेलमा च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । एकल राउन्ड रोबिनका आधारमा हुने लिगमा ९१ खेल हुने छन् । प्रतियोगिता दशरथ रङ्गशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने छन् । प्रतियोगितामा १४ क्लबले प्रतिस्पर्धा गर्दै छन् । ‘बी’ डिभिजनमा रानीपोखरी कर्नर टिम (आरसीटी), श्री भगवती, टुसाल युथ, ब्रिगेड ब्वाइज, ब्वाइज युनियन, मध्यपुर युथ, च्यासल युथ, श्री कुमारी, बाँसबारी, नयाँबस्ती युथ, सरस्वती युथ, वीरगञ्ज युनाइटेड, झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेड…
काठमाडौं । नेपाली कांग्रेसले आजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा मिसन रोजगारी अभियान सुरु गर्न लागेको छ। एक वर्षसम्म सञ्चालन हुने यो अभियानको आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा औपचारिक उद्घाटन गर्न लागिएको छ । रोजगारी सिर्जना गर्न सकिने माध्यम, क्षेत्र, नीतिगत अवस्थालगायतमा वर्षभरी नै छलफल बहस गरी यो कार्यक्रम सम्पन्न गरिने नेपाली काङ्ग्रेसले जनाएको छ। रोजगारी सिर्जना गर्ने उद्देश्यले यस्तो बहस गर्न लागिएको हो । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले ‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार-सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ ‘मिसन रोजगारी’ अभियान सञ्चालन सुरु गर्न लागेका हुन्।
काठमाडौं । प्रशासनले आज काठमाडौँ उपत्यकामा सुरक्षाकर्मीलाई हाई अलर्टमा राखेको छ। एक साता लामो पोखरा बसाएपछि काठमाडौँ फर्किन लागेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्नको लागि भन्दै राजावादी समूहले ठूलो जमात भेला गराउन लागेपछि स्थिति असामान्य नबनोस् भन्नका लागि सुरक्षाकर्मीलाई हाइ अलर्टमा राखिएको प्रशासनले जनाएको छ। शनिबार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको सुरक्षा समन्वय समितिको बैठकले स्थिति अनियन्त्रित हुने र गैरकानुनी क्रियाकलाप हुनसक्नेतर्फ संकेत गर्दै सुरक्षाकर्मीलाई हाई अलर्टमा राख्ने निर्णय गरेको थियो। आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकहरुमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय…
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानले २०२५ को लागि वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ। शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै २०२५ मा नेपाली राष्ट्रिय पुरुष र महिलाका साथै उमेर समूहमा हुने क्रिकेट तालिका सार्वजनिक गरिएको हो। नेपाली क्रिकेट क्षेत्रलाई व्यवस्थित र व्यावसायिक बनाउनका लागि पटकपटक वार्षिक क्यालेण्डरको आवश्यकताबारे दबाब सिर्जना हुँदै आएको थियो। यो वर्ष नेपालको ध्यान विश्वकप छनोटका निम्ति केन्द्रित हुने क्यान सचिव पारस खड्काले बताए । नेपाली टोलीले अप्रिलमा हङकङ सिरिज, मेमा यूके भ्रमण गर्दै जुनमा आईसीसी विश्वकप लिग–२ खेल्नेछ । यस्तै, ट्वान्टी–२० विश्वकप छनोटको तयारी श्रीलंकामा हुने सचिव खड्काले जानकारी दिए । यस्तो छ क्यानले सार्वजनिक गरेको वार्षिक…
सिन्धुली । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनेतिर नलाग्न उर्जामन्त्री दीपक खड्कालाई सुझाव दिएका छन्। शनिबार सिन्धुलीमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारको मन्त्रीले तीन चार महिनापछि सेवा निवृत्त हुन लागेका कर्मचारीको पछि लाग्न नहुने बताएका हुन्। थापाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति इंगित गर्दै थापाले अहिले सरकार नै एउटा व्यक्तिको पछि लागेको जस्तो देखिएको टिप्पणी गरे । ‘तीन–चार महिनामा सेवा निवृत्त हुने एउटा व्यक्तिको पछि सरकार नै लागेको देखिन्छ । यस्ता कुरा ठिक होइन । यस्तो, नचाहिने काममा कोही पनि मन्त्रीहरू लाग्नु हुँदैन । सेवा निवृत्त भएपछि उपयुक्त मान्छे ल्याउने,…
काठमाडौं । राजावादीहरू सलबलाएको भन्दै नेकपा माओवादी केन्द्रले सञ्चालन गर्दै आएको तराई मधेस जागरण अभियान स्थगित गर्ने निर्णय गरेको छ। फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको अपिलपछि राजसंस्था पुनस्थापनाको माग गर्दै विभिन्न आन्दोलन तथा गतिविधिहरु हुँदै आएका छन्। पछिल्लो समय गतिविधि बढ्न थालेपछि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीका कारण राजावादीहरू सलबलाएको भन्दै अभियान स्थगित गर्ने निर्णय गरेको जनाएको छ। सरकारमा भएकाहरूले भ्रष्टाचारलाई बढावा दिने लगायतका गलत कामहरू गर्दा राजावादीहरू अनावश्यक रूपमा सल्बलाउन थालेको दावी गर्दै माओवादीले फागुन १२ गतेबाट सुरु भएको अभियान तत्कालका लागि स्थगित गरेको हो । ‘केपी ओलीले असाध्यै गलत…
काठमाडौँ । ‘सबै महिला तथा बालिकाको लागि: अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइदैछ । सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ । विभिन्न राजनीतिक दल सम्वद्ध महिला संगठनले पनि अन्तरराष्ट्रिय महिला दिवसको कार्यक्रम तय गरेका छन् । विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि…
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको…
काठमाडौं । भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडि भीमसेनको लिङ्ग प्रदर्शन गरिएको छ । तीन हात लामो, ३० इन्च गोलाइको काठको लिङ्ग प्रदर्शनसँगै भीमसेन गुठीका गायजुहरुले ‘भीमसेन देया लज्ज खङ लो वानला, बिस्यूवाने म्वायक सो झायला’ अर्थात् ‘भीमसेनको लिङ्गले देखेर लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनुभयो कि’ बोलको यौनरस युक्त गीतसमेत गाउने गर्दछ । फागु पर्वको सुरुआत भएको जनाउन काठमाडौँको वसन्तपुरमा चीर स्वायगु (चीर गाडे) सँगै भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा फागुन शुक्ल अष्टमीदेखि लिङ्ग प्रदर्शनमा राखिएको हो । लिङ्गसँगै यौन समागमनको दृश्य झल्कने गरी रातो कपडाको बीचमा प्वाल पारी काठको लिङ्ग प्रवेश गराइएको छ । झुन्ड्याएको…
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल प्लेटर्फमहरुलाई मन्त्रालयमा सूचीकरण हुन पुन: आग्रह गरेका छन् । यसअघि पनि विभिन्न मितिमा नेपालमा सञ्चालनमा आएका सबै सामाजिक सञ्जाललाई दर्ता हुन ताकेता गरे पनि टिकटक लगायत तीन वटा प्लेटफार्म मात्रै दर्ता भएका छन् । सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम मन्त्रालयमा सूचीकृत हुन आग्रह गरेका छन् । यसअघि मन्त्रालयले सूचीकरणका लागि एक्स, फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल प्लेटर्फमलाई ताकेता गरेको थियो । मन्त्रालयको आह्वानपछि गत असोज १६ मा विटक, गत वर्षको फागुन २४ मा भाइबर र गत कात्तिक ८ मा टिकटक…
प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालापश्चात समकालीन नेपाली राजनीतिमा ज्यादा लेखिने, पढिने र चर्चा गरिने पात्रमध्येका एक हुन्, काठमाडौं क्षेत्र नं ४ बाट निर्वाचिन सांसद गगनकुमार थापा । पछिल्लो समय ‘उत्तेजनाको राजनीति’ गर्नेहरुले युवालाई प्रभावित पार्नसक्ने खतरा औँल्याउँदै आएका सांसद ‘थापा’ विरासतको राजनीतिबाट ‘राजनीतिमा स्थापित’ पात्र भने होइनन् । स्कुल तथा कलेज अध्ययनकै क्रममा सडक संघर्षबाट राजनीतिमा होमिएर कांग्रेस पार्टीजस्तो नेपालको हरेक परिवर्तनको अगुवाई गर्ने पार्टीमा सर्वाधिक मतले महामन्त्री निर्वाचित ‘थापा’ पार्टी नेतृत्वमा स्थापित नेतामध्ये लगभग ‘कान्छा’ प्रतिनिधि हुन् । २०५९ देखि २०६१ सम्म नेपाल विद्यार्थी संघको महामन्त्री भएर काम गरेका थापाले राजाको सक्रिय शासनकालमा गणतन्त्रको आवाजलाई मुखरित गरेकै कारण नेपाली…
काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम परामर्श सेवा खरिदमा तत्कालीन अध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनालले भ्रष्टाचार गरेको ठहर भएको छ । विशेष अदालतले खरिद प्रक्रियामा अयोग्य कम्पनीलाई छनोट गरी २ करोड ८२ लाख अमेरिकी डलर लागत बढाएर सम्झौता गरेको ठहर गरेको हो। अदालतले भुक्तानी भएको रकम २३ करोड २० लाख ५९ हजार ३१४ रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ । विशेष अदालतका न्यायाधीसहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले अध्यक्षद्वय झा र खनाललाई एकवर्ष एक महिना कैदसहित जरिबानाको फैसला सुनाएको छ । विशेष अदालतले भुक्तानी भएको रकमबाट ५ करोड ८० लाख…
काठमाडौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका वडा नं ६ मा रहेको एक आश्रय स्थलमा एकाबिहानै टप्परको ठक्करमा परी तीनजनाको मृत्यु भएको छ। तीव्र गतिमा गएको टिफर अनियन्त्रित भई आश्रय स्थलको टहराभित्र छिर्दा दुई बालबालिकासहित तीन जनाको मृत्यु भएको हो। शुक्रबार बिहान करिब ३ः४० सो बजेको समयमा सलम्बुटारस्थित साँखु–ब्रह्मखेल सडकखण्डमा बा२क ६५८० नम्बरको टिपरले अनियन्त्रित भई युवराज थापाले सञ्चालन गरेको द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा ठक्कर दिएको थियो । सो टहरोमा ६१ जना बस्दै आएका छन् । टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए। सुतिरहेको अवस्थामा टिपरको ठक्करबाट…