Author: Kathmandu Khabar

काठमाडौं । काठमाडौंको किर्तिपुर नगरपालिकास्थित दक्षिणकाली जाने बाटोमा किर्तिपुर नगरपालिकाको कार्यालयदेखि चार किलोमिटर दक्षिण-पश्चिममा एउटा ताल छ । यस ताललाई स्थानीय भाषामा टौदह भनिन्छ । करीब ५०० मिटर लम्बाई र ४०० मिटर चौडाई भएको यस तालको सम्पूणर् भाग आँखाले सजिलै हेर्न भने सकिँदैन । टौदहको बीचमा नाग मन्दिर रहेको छ । जसमा केही रूखहरू रहेका छन् । टौदह नेपाल भाषा बाट आएको शब्द हो । ‘टौ’ को अर्थ नाग र ‘दह’ को अर्थ पोखरी हुन्छ भने केही जानकारहरूका अनुसार “टौ” को अर्थ  ठूलो र “दह”को अर्थ पानी जमेर बनेको पोखरी हुन्छ । यसरी हेर्दा टौदहको अर्थ नागराज बस्ने पोखरी सङ्ग नजिक…

Read More

म्याग्दीको सदरमुकाम र नगरपालिकाका साथै पाँचवटै गाउँपालिकामा विकासका सम्पूणर् पूर्वाधार पुगेका छन् । कृषि उत्पादनमा गाउँ आत्मनिर्भर बन्दै गएका छन् । स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा समेत डिजिटल एक्स-रे सेवा उपलब्ध छ । गाउँनजिकै विद्यालय छन् । सञ्चार, खानेपानी, सिँचाइलगायतका सुविधा वृद्धि हुँदै गए पनि उपयोग गर्ने मानिस भने घट्दै गएका छन् । ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थीको संख्या अत्यन्त न्यून हुँदै गएको छ । स्वास्थ्य चौकीमा सेवा लिने बिरामी पनि घट्दै गएका छन् । पछिल्लो एक दशकयता जिल्लाका ग्रामीण क्षेत्रमा जतिजति पूर्वाधारको विकास भए पनि बसाइँसराइ गरेर बाहिर जानेहरूको संख्या पनि बढ्दै गएको छ ।

Read More

काठमाडौं । नेपाल सरकारको विशेषज्ञ समूह (थिंक ट्याङक्)को रुपमा रहेको  नीति अनुसन्धान प्रतिष्ठानले गाँजा खेतीलाई वैधानिकीकरण गर्न सिफारिस गरेको छ । ‘नेपालमा गाँजा खेतीको वैधानिकीकरणः सम्भावना र चूनौति’ शीर्षकमा अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै प्रतिष्ठानले गाँजाको खेतीलाई वैधता दिन विभिन्न ८ बुँदे नीति सिफारिस गरेको हो । नियन्त्रित  प्रयोग सम्बन्धी  वर्तमान  ऐन  (लागू  औषध  नियन्त्रण  ऐन,  २०३३)  परिमार्जन गर्न पनि प्रतिष्ठानले सिफारिस गरेको छ । ‘लागु औषधसम्बन्धी मौजुदा ऐनमा गाँजाको नियन्त्रित प्रयोजनका बारेमा स्पष्टता कायम गरिनु पर्दछ । साथै, सम्बन्धित सरकारी निकायले यससम्बन्धी स्पष्ट नियमावली निर्माण गरी कार्यान्वयनमा ल्याएमा गाँजाको प्रयोगसम्बन्धी वर्तमान अस्पष्टता हटाउन सक्छ’ प्रतिवेदनको सिफारिसमा भनिएको छ । त्यस्तै, प्रयोगका …

Read More

प्राकृतिक, सांस्कृतिक र भर्खरै साहसिक पर्यटनको गन्तव्य बन्दै गएको कुश्मा पर्वत (नेपाल) मा अब अर्को गन्तव्य थपिएको छ, ‘शताब्दी घर’ ।  तीनसय वर्षभन्दा पुरानो यो घर पहाडी वास्तुकलाको नमुना घर मानिन्छ। बर्दलीको चोटामा फैलिएको यो तीन तले अग्लो, ठूला ढुङ्गाको सिँढीको आँगन र कोठालाई विगतको कुश्माको पहिचान र पहिचान हेर्नको लागि घरको रुपमा पनि लिन सकिन्छ । यो घरमा पुगेपछि गाउँमा पुगे जस्तो लाग्छ। मन जिज्ञासाले भरिएको छ । कवि, कलाकार, फोटो पत्रकार, संस्कृति तथा संरक्षण अभियन्ता आरके अदिप्त गिरीको परिकल्पना र कुष्मा आर्ट प्रोजेक्टद्वारा सञ्चालित यस घरलाई सांस्कृतिक सङ्ग्रहालय तथा कला ग्यालरीका रूपमा सञ्चालन र विकास गर्न लागिएको हो…

Read More

स्थानीय तहमा विभिन्न योजना बनाउँदै थन्क्याउने प्रवृत्ति तीव्र बन्दै गएको छ। ७५३ स्थानीय तहमध्ये करिब तीन सय वटा पालिकाले मात्र विभिन्न योजना बनाएका छन्। योजना बनाएका स्थानीय तहले पनि व्यवहारमा कार्यान्वयन नगरी थन्क्याउने गरेका छन्। स्थानीय शासनविज्ञ एवं नेपाल सरकारका पूर्वसहसचिव विष्णुदत्त गौतमले स्थानीय तहले योजना बनाउँदै कार्यान्वयन नगरी थन्काउने प्रवृत्ति बढ्दो रहेको बताए। उनले भने, “स्थानीय तहमा छिटोछिटो प्रमुख प्रशासकीय अधिकृत सरुवा हुने र नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि पुनः नयाँ योजना बनाउने प्रवृत्ति बढ्दै गएको हो।” स्थानीय सरकार सञ्चालन ऐनले आफ्नो अधिकार क्षेत्रभित्र रहेर स्थानीय स्तरको विकासका लागि आवधिक, वार्षिक, रणनीतिगत, विषयगत, क्षेत्रगत, मध्यकालीन र दीर्घकालीन विकासका योजना…

Read More

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा जङ्गल गएका अवस्थामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका-१ ओमशान्ति टोलका सासूबुहारीको घाँसदाउरा लिन जङ्गलमा जाँदा आइतबार मृत्यु भएको हो । 
    
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार मृत्युहुनेमा ६० वर्षीया मनादेवी पौडेल र उनकी २८ वर्षीया बुहारी विष्णु पौडेल छन् ।  प्रनाउ पौडेलले स्थानीय खहरे जङ्गलमा घाँस काट्न गएका सासूबुहारी घर नफर्किएको उजुरी परेपछि जङ्गलमा खोजतलास गर्दा उनीहरुको शव भेटिएको बताए । “उहाँहरु नभेटिएको भनी आइतबार मौखिक उजुरी परेपछि प्रहरीसहित ६० जनाको टोली जङ्गलमा खोजतलासका लागि गएका थियौँ”, उनले भने, “खोजतलासका क्रममा आइतबार राति खहरेको ढिकमा दुवैको शव भेटियो…

Read More

जाजरकोट र रुकुमपश्चिममा भूकम्प जानसाथ देशका ठूलठूला पदाधिकारी स्थलगत भ्रमणमा गए । त्यहाँ उनीहरूले जे देखे त्यस हिसाबले तुरुन्तै प्रभावितको उद्धार हुने आशा गरिएको थियो । ०७२ सालको गोरखा भूकम्प जस्तो गरी दर्जनौं जिल्ला पनि प्रभावित भएका थिएनन् । २ जिल्लाका केही हजार नागरिकको आवास राज्यले तुरुन्तै बनाउनुपर्ने हो । तर, अझै पनि भूकम्प प्रभावितको ओत भनेको त्रिपाल बनिरहेको छ । सरकारले अस्थायी आवास पनि बनाउन सकेको छैन । अस्थायी आवासका लागि संघीय सरकारले कतिपय पालिकाहरूलाई पैसा पनि पठाइसकेको छ । तर, लाभग्राही सबैले भने त्यो पैसा पाउन सकेनन् । प्रक्रिया नै पूरा गर्न पालिकाहरू चुकेका छन् र भूकम्प प्रभावितहरू रित्तो हात भइरहेका छन् । सरकारी वा हाम्रो राज्यको…

Read More

बाँदर आतङ्क नेपालका ग्रामीण भेकको सबैभन्दा विशाल समस्या हुनु पुगेको छ । पूर्वदेखि पश्चिमसम्म सबैखाले पहाडी गाउँमा बाँदर आतङ्क फैलिएको छ । बाँदर आतङ्क निस्तेज गर्ने कुनै प्रभावकारी कार्यक्रम नआए नेपाली ग्रामीण क्षेत्र झनै विकराल समस्यामा पुग्ने निश्चित प्रायः देखिदैछ । रेसुङ्गा नगरपालिका-१३ स्थानीयहरूको दैनिकी नै बाँदर धपाउने बन्न पुगेको छ । बारीमा लगाएको अन्नबाली घरमा ल्याएर राखेपनि घरभित्रै पसेर बाँदरले खाइदिने गरेपछि उनीहरूको दैनिकी नै बाँदर धपाउने बनेको हो । रेसुङ्गा नगरपालिका-१३ की ५२ वर्षीया रुमकली खत्रीले घरकै छेउमा ढुङ्गाको थुप्रो बनाएर आडैमा चनाखो भई बस्छन् । घरको कौसीमा रहेको खाद्यान्न जोगाउन दिनभर घरको आँगनमा चनाखो भई बस्ने गरेको उनले…

Read More

गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या २० हजार ६७४ पुगेको छ।हमासद्वारा सञ्चालित गाजामा रहेको स्वास्य्य मन्त्रालयले सोमबार अक्टोबरको शुरुदेखि इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तिमा २० हजार ६७४ व्यक्तिको मृत्यु भएको जनाएको छ।अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको घातक हमलाबाट शुरु भएको युद्धमा अहिलेसम्म ५४ हजार ५३६ व्यक्ति घाइते भएको पनि मन्त्रालयले जनाएको छ।

Read More

घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा ६ वर्ष अघिसम्म जलाशय थिएन । गाउँनजिकको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार ठाउँमा प्रदेश र स्थानीय सरकारले बजेट दिएपछि स्थानीयको पहलमा कृत्रिम जलाशय निर्माण भएपछि स्थानीयलाई सिँचाइसँगै आन्तरिक पर्यटकीय क्षेत्रका रूपमा विकास हुन थालेको छ ।  जङ्गल क्षेत्रसँगै रहेको जलाशयमा पछिल्लो समय स्वदेशी तथा विदेशी चरा देखिने भएपछि कृत्रिम जलाशयसँगै चराको अवलोकन गर्न मानिस पुग्नेगरेका छन् । सिँचाइसँगै चराहरू आउँदा मानिसको सङ्ख्या बढ्दै गए पनि यसको महत्वबारे स्थानीयलाई बुझाउन भने नसकिएको जलाशय उपभोक्ता समिति अध्यक्ष छित्रु चौधरीले बताए ।   उनले भने, ‘कुनै समय सानो सोताका रहेको सिमसार क्षेत्रलाई बढाउँदै जलाशयका रूपमा विकास भएपछि स्थानीयलाई सिँचाइसँगै घुमफिरको गन्तव्य…

Read More

काठमाडौं । अमेरिकाले नेपालमा राजनीतिक हिंसाको सम्भावना बढेको जनाउँदै आवश्यक सतर्कता अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयले यही डिसेम्बर १८ मा जारी गरेको ट्राभल एड्भाइजरीमा सम्भावित राजनीतिक हिंसाका कारण नेपालमा सतर्कता बढाइएको जनाएको छ ।  “शान्तिपूर्ण हुन खोजेका राजनीतिक प्रदर्शनहरू कहिलेकाहीँ हिंसामा परिणत हुन सक्छन् र नेपाली अधिकारीहरूले बल प्रयोग गर्न सक्छन्,” अमेरिकी विदेश मन्त्रालयले ट्राभल एड्भाइजरीमा भनेको छ । ट्राभल एड्भाइजरीमा अमेरिकाले स्पष्ट शब्दमा नेपालमा हुने प्रदर्शन र भिडभाडमा नजान आफ्ना नागरिकलाई भनेको छ । 

Read More

नारायणगढ–मुग्लिन सडक खण्डमा रहेको तुइन खोलामा पुल निर्माण गर्न गत शनिबारदेखि दैनिक चार घण्टा सडक बन्द गर्न सुरु गरिएको छ । गत वर्ष विस्फोटक पदार्थ प्रयोग गर्ने निर्णय गरी रोकिएको उक्त काम पुनः एक पटक मेसिनकै सहायताले फुटाउन सुरु गरिएको हो । केही दिनअघि बिहान ११ बजेदेखि अपरान्न ३ बजेसम्म चार घण्टा सडक बन्दगरी काम गर्ने निर्णय गरिएको भए पनि शनिबार मात्र सो निर्णयअनुसार काम गरिएको र आइतबारदेखि मध्यान्ह १२ बजे देखि चार बजेसम्म बन्द गर्ने सूचना टाँसगरी सोहीअनुसार काम सुरु गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन) आयोजनाका सूचना अधिकारी कृष्ण अधिकारीका अनुसार तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने…

Read More

काठमाडौं । नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि) दुई महिनादेखि उपकुलपतिविहीन छ । उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको कार्यकाल गत कात्तिक १६ गते सकिएको थियो । त्रिवि उपकुलपतिविहीन भएपछि कात्तिक १९ गते कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाललाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिएका छन् । अहिले नयाँ उपकुलपति चयन प्रक्रियामा छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको संयोजकत्वमा उपकुलपति नाम सिफारिस गर्न सर्च कमिटी बनेको छ । सर्च कमिटीले सिफारिस गरेको व्यक्तिलाई प्रधानमन्त्रीले उपकुलपति बनाउने छन् । अहिलेसम्म सम्भावित उम्मेदवारको नाम खुल्न नसकेको भएपनि आगामी उपकुलपतिको नेतृत्व कसले गर्ने भन्नेमा धेरै अड्कलबाजी र जिज्ञासा भने…

Read More

काठमाडौँ  । मध्यकालमा तीनैवटा राज्यहरुमा अलग अलग राजदरबारहरु निर्माण भएका थिए । यी तीनैवटा राजदरबारहरु विशेष गरी शहरको बीच भागमा निर्माण गरिएका छन् । यी दरबारहरु एकदमै धेरै ठूलो ठाउँ ओगटेर बनेको देखिन्छ । साधारणतया दरबार मानिस बस्नेभन्दा धेरै ठूलो र कलात्मक रुपमा बनाइएको हुन्छ । सुरक्षाको दृष्टिकोणले पनि यस्ता दरबारहरु अग्लो ठाउँमा निर्माण भएको देखिन्छ । मध्यकालीन राजाहरुले आफ्नो आवश्यकतालाई दरबारभित्र नै पूर्ति गर्ने हिसाबले दरबारहरुको निर्माण गरेको देखिन्छ । दरबारभित्र नै आफ्नो इष्ट देवता, आगमछें मन्दिर, सुन्दर बगैंचा, आकर्षक एंवम् कलात्मक मूर्तिहरु, पूजाआजा, धार्मिक कार्य गर्नको लागि डबली, शस्त्रअस्त्र राख्ने ठाउँ, स्नान गर्ने ठाउँ आदिलाई ज्यादै आकर्षक ढंगले…

Read More

जिल्लाको दुर्गम पहाडी भेगमा विदेशी पर्यटक भित्र्याउन चितवनमा चेपाङ घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । सपना भिलेज सोसल इम्प्याक्ट सौराहाको आर्थिक सहयोगमा धादिङको हुग्दीखोला हुँदै चितवनको सौराहासम्मको पद मार्गमा पर्ने दुई चेपाङ बस्तीमा घरबास सञ्चालनमा आएको हो । इच्छाकामना-२ तोवाङ र इच्छाकामना- १ भाराङमा चेपाङ घरबास सञ्चालनमा ल्याएको सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । उनले पृथ्वीराजमार्गअन्तर्गत धादिङको हुग्दीखोलाबाट चितवनको इच्छाकामना-२ काउले तोवाङ, हात्तीवाङ, सिराइचुली, वडा नम्बर १ को भाराङ चौकीडाँडा र कालिका नगरपालिकाको शक्तिखोर हुँदै सौराहासम्मको पद मार्गमा आउने पर्यटकलाई लक्षित गरी चेपाङ घरबास सञ्चालन गर्न स्थानीयलाई सहयोग गरिएको जानकारी दिए । चेपाङ समुदायको आयस्तर वृद्धिका…

Read More

भारतको अयोध्यामा नवनिर्मित प्रसिद्ध राम मन्दिरको प्राणप्रतिष्ठा हुने अवसरमा जनकपुरधामको जानकी मन्दिरबाट पाहुर(कोसेली) पठाइने भएको छ। त्रेता युगामा जनकपुरधाम र अयोध्याबीच रहेको आदिकालीन सम्बन्धलाई अझ प्रगाढ बनाउन जानकी मन्दिरले राम मन्दिरको प्राणप्रतिष्ठाको अवसरमा सयौँको संख्यामा भार पाहुर( कोसेली )पठाउने जानकी मन्दिरले जनाएको छ। जानकी मन्दिरका महन्थ राम तपेश्वर दासको अगुवाइमा शनिबार भएको एक सर्वपक्षीय बैठकले कोसेली) पठाउने निणर्य गरेको हो। यसका लागि जनकपुरधाम उपमहानगरपालिका मेयर मनोजकुमार साह र जानकी मन्दिरका महन्थ राम दास संरक्षक रहने गरी जानकी मन्दिरका छोटा महन्थ रामरोशन दासको संयोजकत्वमा ११ सय सदस्यीय जनकपुरधाम अयोध्या पाहुर यात्रा समितिसमेत गठन गरिएको छ। मिथिला परम्पराअनुसार छोरीको नयाँ घरनिर्माण भई…

Read More

काठमाडौं। नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्चले गरेको नेपाल स्टार्टअप फेष्ट सम्पन्न भएको छ।दोस्रो संकरणको सीएनआईवाइईएफ नेपाल स्टार्टअप फेष्टको अन्तिम प्रतिस्पर्धामा पुगेका ९ मध्ये ५ वटा स्टार्टअपमा लगानी गर्न लगानीकर्ता इच्छुक देखिएको परिसंघले आइतबार जारी गरेको प्रेस विज्ञप्‍तिमा उल्लेख छ। गल्ली म्याप्स्, टावरअर्गानिक्स्, एसटीओएमपी, पाईटेक नेपाल र ड्रप सिपिङ्ग स्टार्टअप परियोजनामा लगानीका लागि लगानीकर्ताले इच्छा देखाएका हुन्। यी स्टार्टअपमा हिमालयन क्यापिटल, लोटस होल्डिङ, रिलायवल भेन्चर्स, अल्फा प्लस भेन्चर लिमिटेड, टेली भेन्चर, एनआईएमबी एस क्यापिटल र टीम भेन्चर लगानी गर्न इच्छुक भएको विज्ञप्‍तिमा उल्लेख छ। मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजनासहित लगानी प्रस्ताव आह्‍वान गर्दा पाँच सयभन्दा बढी स्टार्टअपको आवेदन परेको…

Read More

दक्षिण कोरियामा सन् २०२४ का लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा (इपिएस) मा अहिलेसम्मकै धेरैले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागका इपिएस शाखाका अनुसार पुस २ देखि ६ सम्म आवेदन माग गरेकामा अहिलेसम्मकै धेरै एक लाख ४३ हजार ८१२ जना युवाले आवेदन दिएका हुन् । सो शाखाका प्रमुख गुरुदत्त सुवेदीले अनलाइन प्रणालीबाट आवेदन दिने माग गरेयताको उच्च आवेदन परेको जानकारी दिनुभयो । तीन वर्षयता अनलाइनमार्फत इपिएसको आवेदन दिन सकिने व्यवस्था रहेको छ । सो शाखाका अनुसार गत साउनमा परीक्षामा अनुत्तीणर् भएकाले समेत परीक्षा दिन पाउने भएका छन् । त्यसले गर्दा पनि आवेदन दिनेको सङ्ख्या बढेको हो । गत साउनमा पानीजहाज…

Read More

अति भाग्यमानी व्यक्तिका श्रेणीमा पर्ने नेपाली कांग्रेसका प्रदेश सांसद सरोज थापा उर्फ रोज राणा मन्त्री बनेका छन् ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गर्दै राणा र माओवादी केन्द्रकी कृष्णा केसीलाई मन्त्री बनाएका हुन् । कांग्रेसमा देउवा पक्षधर मानिने राणालाई उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय वा वन तथा वातावरण मन्त्रालयमध्ये एक र केसीलाई खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने छन् । प्युठानबाट प्रदेश सभा ‘ख’ बाट बिजयी राणाको पृष्ठभूमि भने सम्झन लायक छैन । राजनीतिमा आउनुअघि उनीमाथि चेलीबेटी बेचविखन तथा गुण्डागर्दी जस्ता मुद्दा खेप्नुपरेको थियो । त्यही आरोपमा उनी पटक-पटक पक्राउसमेत परेका थिए । काठमाडौं प्रहरीको रेकर्ड…

Read More

काठमाडौं – नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । कोइरीमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन बिकको हत्या आरोप लागेको थियो । अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार कोइरीले अघिल्लो वर्ष महोत्तरी क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए । फौजदारी कसुरमा अदालतले थुनामा पठाउने निणर्य गरेपछि उनी सांसद् पदबाट निलम्बनमा थिए । गत मंसिर २८ गते जिल्ला अदालत महोत्तरीले कोइरीलाई सफाइ दिएको थियो । सफाइ पाएसँगै निलम्बन फुकुवाको निणर्य लिएर कोइरी संसद सचिवालय पुगेका थिए । निलम्बन फुकुवा भएसँगै अब उनले संसदीय गतिविधिमा भाग लिन पाउने छन् ।

Read More

पुरैनी तालमा यस वर्ष २८ प्रजातिका आगन्तुक चरा भेटिएका छन् । उत्तरी चीन, मङ्गोलिया, रुसलगायतबाट हिउँदे आगन्तुक जलपन्छी यहाँ आएका हुन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाहिर बेलौरी नगरपालिका-६ स्थित भुराकोटमा रहेको यो ताल २८ बिघा जमिनमा फैलिएको छ । तालमा सुनजुरे हाँस, मालक, कालीजुरे, हरियो टाउके, सिन्दुरे, बिजुलागैरो, खडखडे, बेल्चाठुँडे हाँससहित श्वेताँखीभौं, सुईरो पुच्छ्रे, सिउरे डुबुल्की चरा, ठुलो जलेवा लगायतका आगन्तुक चरा यसवर्ष आएको चराविद् हिरुलाल डङ्गौराले जानकारी दिए । पुरैनी तालमा आगन्तुक र स्थानीयस्तरमा पाइने गरेर ५५ प्रजातिका जलपन्छी पाइने गरेको जनाइएको छ । यो तालमा देखिएकामध्ये कैलेटाउके हाँस, सारस विश्वमै दुर्लभ र भुँडीफोर गरुड सङ्कटको नजिक रहेको पन्छी…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज आफ्नो मातहतका विद्यालयहरूमा अनुगमन गर्ने भएको छ । क्रिसमसको पूर्वसन्ध्यामा सान्टा बनाउने नाममा विदेशी संस्कृतिको प्रचार गरेको गुनासो आएपछि महानगरपालिकाले यसअघि नै अतिरिक्त पोषाक किन्न विद्यार्थीलाई बाध्य नपार्न चेतावनी दिएको थियो । स्कुलले आइतबार साना कक्षाका सबै विद्यार्थीलाई सान्टाको लुगा लगाएर आउन भनेपछि अभिभावकले महानगरमा गुनासो गरेका थिए । गुनासो बमोजिम महानगरपालिकाले यस्तो चेतावनी दिएको थियो । काठमाडौं महानगरपालिकाका शिक्षा प्रमुख सीताराम कोइरालाले आइतबारदेखि विद्यालयहरुमा अनुगमन सुरु गरिने बताए । महानगरले कुनै एउटामात्रै चाडलाई लक्षित गरी नभनेको उनको भनाइ छ । ‘सबै चाडपर्वको लागि भनेको हो । कुनै एउटा चाडलाई मात्र लक्षित गरेर भनेको होइन…

Read More

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेको सहायता कक्षमा साङ्केतिक भाषाको अनुवादक (दोभासे) राख्ने भएको छ । बुझाइका कारण कुनै पनि सेवाग्राही सेवाबाट वञ्चित हुनु नपरोस् भनेर कामपाले यस किसिमको व्यवस्था गर्न लागेको बताएको छ । “नागरिकलाई समावेशी र पहुँचयुक्त सरकारको प्रत्याभूति गर्न हामीले सामाजिक क्षेत्रका कार्यक्रममा विशेष प्राथमिकता दिएका छौँ,” कामपाको सामाजिक समिति संयोजक रामकुमार केसीले भन्नुभयो । उहाँका अनुसार साङ्केतिक भाषामा मात्र कुरा बुझ्ने सेवाग्राहीले कामपाको सेवाबाट वञ्चित हुन नपरोस् भनेर यस किसिमको व्यवस्था गर्न लागिएको हो । कार्यालयमा उपलब्ध हुने यो सेवासँगै आवश्यकताका आधारमा लक्षित वर्गलाई साङ्केतिक भाषाको तालिम पनि उपलब्ध गराउने संयोजक केसीले जानकारी दिए ।…

Read More

सांस्कृतिक सम्पदा संरक्षणका लागि बनाइएको भक्तपुरको ‘सिं कमी छेँ’ लाई प्रतिष्ठित सन् २०२३ को युनेस्को एसिया-प्यासिफिक अवार्डअन्तर्गत दिगो विकासका लागि विशेष मान्यताले सम्मान गरेको छ। विश्व सम्पदामा सूचिकृत सहर भक्तपुरको मुटुमा अग्लो उभिएको ” सिं कमी छेँ” लचिलोपन र सांस्कृतिक प्रामाणिकताको प्रमाण हो। विसं २०७२ सालको विनाशकारी भूकम्पपछि परम्परागत इँटा र काठ, प्रविधिहरू प्रयोग गरेर, आधुनिक शिल्पकलासँग युगौं पुरानो कलालाई निर्बाध रूपमा प्रयोग गर्दै २०० वर्ष पुरानो घर सिकमी छेंलाई पुनर्निर्माण गरेको हो । घरले सुरक्षा मापदण्डहरू मात्र पूरा गर्दैन तर भक्तपुरको ऐतिहासिकता र संस्कृतिलाई जोगाएर भूकम्पीय सुरक्षालाई पनि ध्यानमा राखेर बनाइएको यो घर एउटा ज्वलन्त उदाहरण रहेको छ।

Read More

काठमाडौँ उपत्यका तथा भक्तपुर राज्यमा राजा रणजीत मल्लको विशेष महत्व छ । उनका सात दरबारका कारणमात्र नभै उनका पाँच महारानीका कारण चर्चित र उल्लेखनीय मानिन्छन् । रणजीत मल्लका जेठी महारानीका जेठा पुत्र बीरनरसिंह मल्लसँग् गोरखाका राजा पृथ्वीनारायण शाहले मित लगाएका थिए । राजा रणजित मल्लका पाँच श्रीमतीहरू थिए । १. वृद्धिलक्ष्मी २. ऋद्धिलक्ष्मी ३. बुद्धिलक्ष्मी ४. नवमैजु ५. जयलक्ष्मी (मनमैजु) । पाँच महारानीबाट जन्मिएक डेढ़ दर्जन सन्तानका लागि राजा रणजीत मल्लले बहालहरू बनाएका थिए । युद्ध भयो भने भाग्न पनि हुने अनि छोराहरूलाइ बस्न पनि सजिलो हुने भएको यस्ता बहाहरू बनाएको बताइन्छ । भक्तपुरमा राजा रणजीत मल्लसँगै बिभिन्न राजाहरूले बहाहरू…

Read More

चेतना धर्मकाय प्रकृतिमा, सुखावती जस्ता शुद्ध क्षेत्रमा वा मानव क्षेत्रमा अनुकूल अस्तित्वमा स्थानान्तरण गर्न सकिन्छ भन्ने बौद्ध मान्यता रहेको छ । यो अभ्यास नरोपाका छवटा योगहरूमध्ये एक हो, तर अन्य धेरै वंश र शिक्षण प्रणालीहरूमा पनि पाइन्छ, आवश्यक फोवा अभ्यास यो अभ्यास सोग्याल रिन्पोछेले दि तिब्बती बुक अफ लिभिङ एन्ड डाइइङ्गमा दिएको सुझावबाट अपनाएको विधि हो । उनले यसलाई ‘अत्यावश्यक फोवा अभ्यास’ भनेका छन् । एक गहिरो र लाभदायक अभ्यास जुन एक मरेको व्यक्तिको लागि गर्न सकिन्छ वा जो कोही बितेको छ त्यो तिब्बती परम्पराको एक अभ्यास हो जसलाई फोवा भनिन्छ (उच्चारण “पो-वा”), जसको अर्थ चेतनाको स्थानान्तरण हो। यो अभ्यासले…

Read More

काठमाडौ उपत्यकाको सुरुवाति इतिहासका कुरा गर्दा बागमती नदीको महत्व सबैभन्दा पहिले आउँछ । बागमतीको पूण्यको कथा इच्छुमती टुकुचाको संगम कालमोचन घाटबाट शुरु हुन्छ । मञ्जुश्रीले स्थापना गरेको शहर मञ्जुपाटनको सीमा मानिन्छ । त्यस पछि बागमती र विष्णुमतीको दोभान टेकू दोभानको आउँछ । पवित्र तिर्थस्थलको रुपमा लिइने टेकू दोभानलाई नेपालको नामाकरणका प्रमुख कारणको रुपमा लिइने ने मुनी ऋषीको बासस्थानका रुपमा लिने गरिन्छ । बागमतीको पवित्र ठाउँ भएको हुँदा यहाँ घाटहरु पनि धेरै छन् । थापाथली नजिकै कालमोचन घाट, चन्द्र घाट, जुद् घाट, पुरेत घाट, कैटा घाट, हनुमान घाट, मिसा घाट, पञ्चनारी घाट, टेकु दोभान घाट लहरै घाटहरु छन् । साथै पवित्र मन्दिरहरु…

Read More

ललितपुरमा राज्यप्रकाश मल्ल राजा भएको बेला उनका दाजु कान्तिपुरका राजा जयप्रकाश मल्लको सल्लाहअनुसार तनिगलटोलका ढुंगेधाराको बगैँचासहितको चारतले चौघेराभवन केपुचिन पादरीका लागि चन्द्रशेखर मल्ल र दैवज्ञ कोटिराज जोशीलाई साक्षी राखेर विसं. १८११ मा ताम्रपत्र नै गरी प्रदान गरिदिएका थिए  (आचार्य, २०६१ः२१२)। विसं. १७६७ मा कान्तिपुरमा केपुचिन सम्प्रदायका फ्र्याङ्क र एन्थोनी मेरी नाम दुई पादरी कान्तिपुर आएका थिए। राजा महिन्द्रसिंह र झगल ठकुलले उनीहरूको स्वागत गरे। विसं. १७६७ मा उनीहरूले कान्तिपुरमा चर्च बनाइसकेका थिए। तर, ब्राहृमणहरूले विरोध गर्दा ती पादरीहरू त्यहाँबाट हटेर भक्तपुर गए। भक्तपुरका राजा भूपतिन्द्र मल्लले उनीहरूको स्वागत गरे। विसं. १७७९ मा जगज्जय मल्ल कान्तिपुरका राजा भए। उनले भक्तपुरको एक…

Read More

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको छ । अमरसिंह चोकको खेल मैदानमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा लामिछानेमाथि स्टेजमै खोया प्रहार भएको हो । प्रहरीले लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको बताएको छ । तर, रविले कास्कीको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाबाट एक करोड रुपैयाँ लिएको समाचार प्रकाशित भएपछि आक्रोशित पीडितले मकैको खोया प्रहार गरेको धेरैको भनाई छ । रानाभाटलगायतले उक्त सहकारीमा राखेको रकम डुबेको छ । सहकारीको करोडौं रुपैयाँ झिकेर रविका व्यावसायिक पाटर्नर जिबी राई बेपत्ता भएका छन् । उनै राईसँगको सहकार्यमा ग्यालेक्सी टेलिभिजनको निम्ति भन्दै गोर्खा मिडिया नेटवर्कको नाममा रविले एक…

Read More

मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ।गाउँपालिकाले क्रिसमस मनाउन आइतबारदेखि मंगलबारसम्म (तीन दिन) सार्वजनिक बिदा दिएको हो। गाउँपालिकाले विज्ञप्ति नै जारी गरेर सो अवधिभर गाउँपालिकाभित्रका सम्पूणर् सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने जानकारी गराएको छ। गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा-५ का अध्यक्ष हरिबहादुर प्रजाले कार्यपालिकाको बैठकबाटै तीन दिन बिदा दिने निणर्य भएको जानकारी दिए। सोमबार क्रिसमस र मंगलबार उधौली पर्वको सार्वजनिक बिदा पर्ने हुँदा कार्यपालिका बैठकबाट आइतबार पनि सार्वजनिक बिदा दिने निणर्य भएको उनले बताए। उनका अनुसार गाउँपालिकाभित्र ४६ प्रतिशतभन्दा बढी मानिसहरूले इसाई धर्म मान्छन्। क्रिसमस…

Read More