काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले एक महिनाभन्दा धेरै समयदेखि सम्पर्कविहीन भएका करिब ३० जना प्रहरीहरूको नाममा सात दिने सूचना जारी गरेको छ । आफूखुसी गैर हाजिर रहेका ३० जना प्रहरी कर्मचारीलाई स्पष्टीकरणसहित हाजिर हुन सार्वजनिक सूचना जारी गरेको हो । प्रहरी नियमावली, २०७१ को नियम ९५ उपनियम (२) अनुसार उनीहरूलाई तोकिएको मितिभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिइएको हो । प्रहरी प्रधान कार्यालयले अनुपस्थित प्रहरी कर्मचारीहरूमाथि कारबाही प्रक्रिया अघि बढाउनुअघि उनीहरूलाई सात दिनभित्र कार्यालयमा उपस्थित भई आफ्नो स्थिति स्पष्ट गर्न आग्रह गरेको छ। सूचनामा, तोकिएको म्यादभित्र हाजिर नभएमा नियमावलीको प्रावधानअनुसार सेवाबाट हटाउने कारबाही अघि बढाइने चेतावनी दिइएको छ ।
Author: Kathmandu Khabar
काठमाडौं । नेकपा एमालेले पार्टी सल्लाहकार भीम रावलसहित तीन जनालाई पार्टीको जिम्मेवारीबाट हटाएको छ । बुधबार बसेको एमाले सचिवालय बैठकले भीम रावललाई साधारण सदस्यबाटै मुक्त गर्ने र अन्य दुई नेताहरु बिन्दा पाण्डे र उषाकिरण तिम्सेनाको जिम्मेवारी ६ महिनाका लागि खोस्ने निर्णय गरेको थियो । पार्टी महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँगै चुनाव उठेका भीमरावल त्यसपछिका दिनमा पार्टीबाट तिरस्कृत हुँदै आएका छन् । पार्टीमा फरक मत राख्ने उनको पुरानै र कडा स्वभावलाई एमालेले पचाउन सकेन र केपी ओलीको नयाँ कार्यकालबाट उनलाई खेद्न सुरु गरियो । पार्टीभित्र रहेर पनि सधैं पार्टी बाहिरको जस्तै व्यवहार भोग्दै आएका रावल अन्तत: हिजो बसेको सचिवालय बैठकबाट साधारण…
काठमाडौं। बुढानीलकण्ठ-१३ को महिला संघ सभापतिमा सुलोचना पौडेल चयन भएकी छन् । नेपाली काँग्रेसको सय दिने अभियानअन्तर्गत महासमिति सदस्य न्हुक्षे नारायण श्रेष्ठको उपस्थितिमा महिला संघको१७ सदस्यको समिति सर्वसम्मत चयन भएको हो । वडा सभापति भाई नारायण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला सदस्य बेदुकाजी घिमिरे, क्षेत्र नं. ४ का क्षेत्रीय सहसचिव महेन्द्र श्रेष्ठ, बुढानीलकण्ठ नगर कार्य समितिका सचिव बिजेन्द्र श्रेष्ठलगायत वडासमितिका पदाधिकारी, क्षेत्रीय प्रतिनिधिहरु र पार्टीको विभिन्न तहमा बसेर जिम्मेवारी बहन गरिरहेका नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो। महिला संघका निर्वतमान कावा सभापति लक्ष्मी जोशी श्रेष्ठले नवनिर्वाचित सभापतिलाई पद हस्तान्तरण गर्दै संगठन निर्माणमा सबैलाई समेटिएर अगाडि बढ्न सुझाव दिइन्। नगर सचिव…
काठमाडौं । काठमाडौंको हायात होटलमा आज हुन लागेको भारतीय गायक सोनु निगमको कन्सर्टस्थलबाहिर राखिएको मदिराको बोर्ड महानगर प्रहरीले हटाएको छ । सोनु निगम कन्सर्टस्थल पुग्नुभन्दा पहिले काठमाडौं महानगरपालिको नगरप्रहरी पुगेर कन्सर्टस्थलमा राखिएका १५० वटा मदिराजन्य विज्ञापन बोर्ड हटाएको हो । बौद्ध स्थित हायात ग्राउन्डमा आयोजना हुन लागेको कन्सर्टमा अनाधिकृत रूपमा मदिराजन्य विज्ञापन बोर्ड राखिएको भन्दै महानगरले ती बोर्ड हटाएको जनाएको छ। यही कन्सर्टमा सहभागी हुन भारतीय गायक सोनु निगम पनि काठमाडौं आएका छन् । निगमले पनि सोही कन्सर्टमा प्रस्तुती दिँदैछन् ।
काठमाडौं । चर्चित भारतीय गायक सोनु निगम आज अपरान्ह काठमाडौं आइपुगेका छन् । क्रिसमस अवसरमा बेलुका हायात होटलमा आयोजना हुने कन्सर्टमा सांगीतक प्रस्तुति दिन उनी नेपाल आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई आयोजक नेपाल टचका पदाधिकारीले स्वागत गरे । निगमको सांगीतिक समूहका सदस्यहरू बुधबार बिहानै तयारीका लागि आइसकेका थिए । करिब १० हजार दर्शकमाझ उनले तीन घण्टा आफ्ना हिट गीतमार्फत दर्शकलाई मनोरञ्जन दिने कार्यक्रम रहेको छ । निगम बिहीबार बेलुका भारत फर्किने र त्यसअघि बिहीबार बिहान पशुपतिनाथ दर्शन गर्ने कार्यतालिका रहेको छ ।
काठमाडौं । प्रहरीले स्रोत नखुलेको ९२ लाख रूपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । गएराति काठमाडौंको जोरपाटीबाट सो मात्रामा पैसा बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिए । पक्राउ पर्नेमा रसुवा घर भएका जीतबहादुर तामाङ, संखुवासभा घर भएका सन्तोष खाती र रवि धमला छन् । यो रकम कहाँबाट आयो र कहाँ लगिँदै थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । सरकारले सहकारी ऐनको संशोधन अध्यादेश पारित गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहकारी नियमन आयोग गठनको प्रस्तावसहितको अध्यादेश पारिन गरेको हो । संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्र नियमनका लागि प्रभावकारी संयन्त्र बनाउन सुझाव दिएसँगै सहकारी ऐन २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश पारित गरिएको हो । सहकारी क्षेत्रको नियमनका लागि तत्काल कानुन संशोधन गर्नुपर्ने भएकाले अध्यादेश ल्याउनुपरेको एक मन्त्रीले जानकारी दिए। राष्ट्रपतिबाट जारी भएपछि यो अध्यादेश कानुनको रूपमा लागू हुनेछ। अध्यादेशमा सहकारी नियमनका लागि एउटा आयोग गठन गरिने व्यवस्था छ। अध्यादेशले सहकारी संस्थाहरुको निययनका लागि ‘सहकारी नियमन आयोग’ गठन गर्ने प्रस्ताव गरेको छ । पाँच…
काठमाडौं । हिजो हल्का वर्षा भएको काठमाडौंको आजको मौसम सामान्य हुने भएको छ । हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा मुलुकभरका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका धेरै स्थानमा बदली भई हुस्सु लाग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौँ उपत्यकाको आकाशमा पश्चिमी न्यूनचापीय प्रणालीका कारण बादल लागेको छ । मध्याह्नतिर यो हट्ने छ । साथै मङ्गलबारको तुलनामा आज मौसम सफा रहने । यहाँ अहिलेको तापक्रम ७.५ मापन गरिएको छभने अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका…
काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले बताए । उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको उनले सुनाए ।…
काठमाडौं । विवादका बीच सुरु भएको नेपाल ओलम्पिक कमिटी (एनओसी)मा अध्यक्ष पदका लागि मात्र निर्वाचन हुने भएको छ । जीवनराम श्रेष्ठले अदालतलाई समेत चुनौती दिँदै जबर्जस्ती गरेको निर्वाचनमा उनीविरुद्ध दुई जनाले उम्मेदवारी दिएको छ । सात उपाध्यक्ष पदको लागि नौ जनाको उम्मेदवारी परेकोमा दुईजनाले नाम फिर्ता लिएपछि उपाध्यक्ष पदमा निर्विरोध भएर अध्यक्ष पदमा मात्रै निर्वाचन हुन लागेको हो । अन्य पदमा यसअघि नै निर्विरोध भइसकेका छन् । जीवनराम श्रेष्ठलाई तेश्रो कार्यकालका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्ष बनाउन विधान संसोधन प्रक्रिया अगाडि बढाएका थिए । विवादमा होमिएको एनओसीको विवाद अहिले न्यायालयमा विचाराधीन छ । उच्च अदालत पाटनले साधारणसभामा विधान…
काठमाडौं । फुटबलर्स मिसन टुगेदर र ब्लुक्रस अस्पतालबीच स्वास्थ्य सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच दुई संस्थाबीच मिसन टुगेदरमा आबद्ध पूर्व फुटबलर, प्रशिक्षक, रेफ्री, अफिसियल तथा निजका परिवारले स्वास्थ्य परीक्षण, ल्याब टेष्ट, दुर्घटना भई उपचार(स्वास्थ्य उपचार) गराउदा २०% छुट प्राप्त गर्नेसम्बन्धी सम्झौता भएको हो । त्यस्तै, मिसन टुगेदरले गर्ने प्रतियोगितामा नि:शुल्क एम्बुलेन्स र चिकित्सकीय सेवा प्रदान गर्नेछ । मेजर र माईनर अपरेसन गर्दा समेत विशेष छुट दिने व्यवस्था सम्झौतामा उल्लेख छ । फुटबलर्स मिसन टुगेदरको तर्फबाट वरिष्ठ उपाध्यक्ष भिक्टर जेबी राणा र अस्पतालको तर्फबाट कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरे । सो…
भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित भाडाको घरमा कोठाभित्र मृत फेला परेका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्यको हत्या कुलप्रसादकै जेठो छोरा रुपेशले गरेको पाइएको छ । पक्राउपछि रुपेशले बुबा र भाइको हत्या आफूले गरेको प्रहरीसमक्ष स्वीकारेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ घर भई हाल जिल्ला हुलाक कार्यालय खोटाङमा निमित्त कार्यालय प्रमुख रहेका कुलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रवीणको गत शनिबार राति हत्या भएको थियो । हत्यापछि फरार रहेका रुपेशलाई प्रहरीले आज महाराजगञ्जबाट पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईका अनुसार पक्राउ परेका रुपेशसँग बयान लिने कार्य…
काठमाडौं । बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भागेकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचारिक अनुरोध गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार बङ्गलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार तौहिद हुसेनले भारत सरकारलाई ‘नोट भर्बेल’ मार्फत यो अनुरोध गरिएको बताए । “हामीले शेख हसिनालाई फिर्ता पठाउन अनुरोध गर्दै भारतलाई नोट भर्बेल पठाएका छौँ”, तौहिद हुसेनले पत्रकारहरूलाई भने । अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलनले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनालाई हप्तौँको विरोध र झडपपछि अपदस्थ गरेको थियो । विरोध र झडपका क्रममा छ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो । छयत्तर वर्षीया हसिना भारत भागेपछि र नोबेल…
भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित एक घरमा मृत अवस्थामा भेटिएका बाबुछोराको हत्या भएको आशङ्कामा अनुसन्धान तीव्र रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल घरभई जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख ५६ वर्षीय कुलप्रसाद आचार्य र उहाँका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य आज भाडाको घरको कोठामा मृत भेटिएका थिए । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार दुई बाबुछोरा छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिए पनि सँगै बस्ने जेठा छोरा मिलन आचार्य भने सम्पर्कविहीन छन् । यसरी उनी सम्पर्कविहीन हुँदा अनुसन्धान उनीतिरै सोझिएको छ । अहिले अपराध अनुसन्धान महाशाखालगायतको अनुसन्धान…
काठमाडौं । काठमाडौंमा आज बिहानैदेखि मौसममा बदली देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु तथा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकाको मौसममा बिहानैदेखि प्रभाव पारेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार मंगलबार राति काठमाडौंका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमबाट बादल आइरहेकोले त्यसैले काठमाडौँ उपत्यकामा दिनभर मौसम बदली भएर रातितिर पानी पर्ने सम्भावना देखिएको विभागले जनाएको छ ।
काठमाडौं । यसअघि नै निर्णय भएर पनि कार्यान्वयनमा आउन नसकेको सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुला गर्ने निर्णय अब कार्यान्वयनमा आउने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यी अस्पताल आमनागरिकलाई समेत खुला गर्न आवश्यक प्रक्रिया थालेका हुन् । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा नागरिकलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अतिरिक्त सचिव डा टङ्क बराकोटी नेतृत्वको कार्यदल गठन गरेको छ । कार्यदललाई आमनागरिकलाई सेवा दिनका लागि आवश्यक कार्यविधि तयार पार्न र कार्यान्वयनको सम्भावनाबारे जानकारीसहितको प्रतिवेदन तयार गर्न भनिएको छ । विसं २०७४ जेठ ४ को मन्त्रिपरिषद् बैठकले नेपाल…
काठमाडौं । नेपाल सरकारले म्यान्मार, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायतका मुलुकमा जान चाहने वा जाने तयारीमा रहनुभएका नेपाली नागरिकलाई उचित ध्यान दिन र सावधानी अपनाउन अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले आज सूचना जारी गरी ती देशमा वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न अनुरोध गर्नाका साथै रोजगारीको प्रस्ताव स्वीकार गर्नुअघि विदेशस्थित सम्बन्धित नेपाली नियोगमार्फत विदेशी फर्म/कम्पनी/रोजगारदाताको बारेमा पर्याप्त जानकारी लिन तथा व्यक्तिगत रूपमा ती फर्म/कम्पनी/रोजगारदाताको वेबसाइट चेकजाँच गर्न आग्रह गरिएको छ । हालका दिनमा मानव बेचविखन एवं अन्य आपराधिक गतिविधिमा सङ्लग्न गिरोहले नेपाली नागरिकलाई कम्बोडिया, लाओस र म्यानमारमा लगेर जबरजस्ती अवैध कार्यमा लगाउने, रोजगारदाताले राहदानी खोसिदिने, १२–१३ घण्टासम्म काममा…
काठमाडौं । सभापतिविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्यालले पाएका छन् । विधानअनुसार ज्येष्ठ सदस्यको हैसियतले अर्का उपसभापति स्वर्णीम वाग्लेले कार्यवाहक पाउनुपर्ने भएपनि सभापतिले तोकेको व्यक्ति हुने भन्ने अर्को प्रावधानलाई टेकेर रास्वपाले अर्याललाई जिम्मेवारी दिएको हो । आइतबार नै सभापति रवि लामिछानेले सो जिम्मेवारी दिएका थिए । पार्टीको सोमबार बसेको सचिवालय बैठकले सो निर्णयलाई अनुमोदन गरेको छ । जारी भर्चुअल बैठकमा पछिल्लो समसामयिक राजनीति लगायतका विषयमा छलफल चलिरहेको उनले जानकारी दिए । कार्यवाहक सभापति तोकिए पनि संसदीय दलको नेता भने अहिले तोकिएको छैन । रविलाई सांसद पदबाट निलम्बन गर्ने कि नगर्ने…
पोखरा । पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेसहित पाँच जनाको मुद्दामा सुनुवाई सुरु भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा पाँचै जनाको बहस सुरु भएको हो । रविसहित पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको छ । आइतबार उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । आजदेखि बयान सुरु हुँदैछ । त्यसपछि थुनछेक बहस हुने अदालतले जनाएको छ । अब बयान सकेपछि उनीहरूविरुद्ध थुनछेक बहस हुनेछ । राईकै इजलासले उनीहरूविरुद्ध थुनछेक बहस गर्नेछ…
काठमाडौं । काठमाडौं क्षेत्र नं ४ का नेपाली काँग्रेसको टोलीले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई क्षेत्रको विकासमा प्रदेश सरकार उदासीन बनेको भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । यस क्षेत्रमा रहेका काँग्रेस नेताको नाममा बनेका आयोजनालाई प्रदेश सरकारले बजेटमा बेवास्ता गरेको भन्दै अर्धवार्षिक समीक्षाबाट बजेटमा संशोधन गर्न माग गरेका हुन् । प्रदेश सरकार अन्तर्गत चालू आर्थिक वर्ष ०८१/८२ का योजनामा थप रकम माग, विपत् व्यवस्थापनको रकम समेत नगरपालिकामार्फत नआएको गुनासो गरेका छन् । सोमबार राजधानी हेटौंडामा भएको भेटमा प्रदेश सांसद मिना पराजुली, पूर्व प्रदेश सांसद न्हुच्छेनारायण श्रेष्ठसहित गगन थापाको सांसद कार्यालयका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । भेटमा उनीहरूले विभिन्न सामाजिक संघसंस्थालाई…
काठमाडौं । प्रहरीले डा निकोलस भुषाललाई पक्राउ गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत रहेका भुषालले सभापति रवि लामिछानेको हिरासतमा रहेको फोटो सार्वजनिक गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गरेका भुषालले सामाजिक सञ्जालमा यसको स्वीकार गर्दै माफी मागेका थिए । यस विषयमा गण्डकी प्रहरी कार्यालयले छानबिन समिति समेत गठन गरेको थियो । उनलाई आइतबार साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई कास्की लगेर अनुसन्धान गरिने छ । उनीमाथि साइबर क्राइम सम्बन्धी मुद्दामा अनुसन्धान गर्ने तयारी गरिएको छ ।
गोरखा । गोरखा नगरपालिकाले नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ का लागि विभिन्न सेवा निःशुल्करुपमा उपलब्ध गराएको छ । सो सेवा अन्तर्गत गर्भवतीलाई सुत्केरी हुन अस्पताल ल्याउनेदेखि अत्येष्टिका लागि आवश्यक सहयोग रहेका छन् । ‘गर्भवतीलाई नवजात शिशु जन्माउन निःशुल्क अस्पताल पुर्याइदिने र सुत्केरी भएपछि घरसम्म ल्याइदिने काम नगरपालिकाले गर्दै आएको छ’, नगरप्रमुख कृष्णबहादुर रानामगरले भने, ‘नगरवासीको निधन भएमा अन्त्येष्टिका लागि घाटमा आवश्यक पर्ने दाउरासम्म पनि नगरपालिकाले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।’ नगरपालिकाले गोरखा अस्पतालको विभिन्न सेवासहित आयुर्वेदिक तथा आँखाको उपचार निःशुल्करुपमा गर्नसक्ने व्यवस्था मिलाएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती हो । नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेताको स्मरण गर्दै छन् । विसं २०४७ मा अन्तरिम सरकारका प्रधानमन्त्री बनेका भट्टराई २०४८ मा प्रधानमन्त्री निवासबाट एउटा टयाङ्का, सुराही र छाता लिएर कुपण्डोल डेरामा फर्किएका थिए । विश्वका कुनै पनि देशका राजनीतिज्ञले प्रधानमन्त्री हुँदा मेरो लक्ष्य मुक्ति (निर्वाण) भनेनन् तर नेता भट्टराईले खुलेर आफ्नो लक्ष्य निर्वाण भनेका स्वामी आनन्द अरुण स्मरण गर्छन् । प्रधानमन्त्री भएका बेला काठमाडौंमा ओशो तपोवनको उद्घाटन किसुनजीले नै गरेका थिए । जीवनकालमा किसुनजी पटकपटक ध्यान गर्न त्यहाँ पुग्थे । उनी किसुनजीलाई आफ्नो अडानमा…
काठमाडौं । भ्रष्टाचारविरोधी अभियानका अभियान्ता भरत जंगम सहकारी ठगी मुद्दामा पक्राउ परेका छन् । उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो । साई स्वागत सहकारीका तत्कालीन अध्यक्ष समेत रहेका जंगमविरुद्ध सोही सहकारीको रकम हिनामिना मुद्दामा छानबिनका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंका अनुसार प्रहरीले उनलाई पक्राउ गरी आइतबार म्याद थप गर्न अदालतमा पेस भएको छ। साई स्वागत सहकारी रास्वपा सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेल उपाध्यक्ष रहेको सहकारी हो ।
काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ५१ जनाविरुद्ध मुद्दा दायर भएको भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध आज सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको जानकारी दिइन् । सभापति लामिछानेविरुद्ध मात्रै ३१ करोड बिगो दाबीसहितको मुद्दा आज जिल्ला अदालत कास्कीमा दर्ता भएको छ । सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा आज मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण विषयमा मुद्दा दायर भएसँगै…
गण्डकी । सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ३१ करोड बिगो दाबीसहितको मुद्दा आज जिल्ला अदालत कास्कीमा दर्ता भएको छ । सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा आज मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण विषयमा मुद्दा दायर भएसँगै सभापति लामिछाने स्वत: निलम्बनमा परेका छन् । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधन सहित)को दफा (२७) बमोजिम रविको सांसद स्वतः निलम्बन हुने भएको हो । ‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी…
काठमाडौं । संघीय सरकारले मुआब्जा समेत दिएर धनेश्वर खेल मैदान क्षेत्रको जग्गा किन्न बुढानीलकण्ठ नगरपालिकालाई स्वीकृति दिएको छ । पुष ५ गते नेपाल सरकारले बुढानीलकण्ठमा धनेश्वर खेलमैदानका लागि जग्गा खरिद गर्न बुढानीलकण्ठ नगरपालिकालाई स्वीकृति दिने निर्णय गरेसँगै बुढानीलकण्ठमा एउटा फुटबल मैदान बन्ने तथा बनाउने सपना सकार हुने भएको छ ।बुढानीलकण्ठ– ४ मा ३५ रोपनी जग्गामा धनेश्वर खेलमैदान बनाउनका लागि स्थानीयवासीसँगै वडाका जनप्रतिनिधिले देखेको एक दशक लामो सपना नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेलको विशेष पहलमा सम्भव भएको हो । खेल मैदान क्षेत्रको जग्गा खरिद स्वीकृति दिने सरकारले निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सार्वजनिक गरेसँगै बुढानीकण्ठ नगरपालिका यतिखेर…
काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ३२ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । जीबीराईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरिसकेको कार्यालयले बाँकी आरोपीहरूविरुद्ध अभियोगपत्र दर्ता गर्न लागेको हो । कास्की जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख, जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले आज उनीविरुद्ध अभियोगपत्र दर्ता हुने जानकारी दिइन्। उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गर्न लागिएको हो।
चितवन । मलेसियामा आगामी जनवरीमा हुने महिला यु–१९ विश्वकपका लागि नेपाली टोलीको बन्द प्रशिक्षण चितवनमा हुने भएको छ । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा प्रशिक्षण हुने चितवन क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाले जानकारी दिए । यही पुस १० देखि २२ गतेसम्म बन्द प्रशिक्षण हुने प्रशिक्षणमा १८ खेलाडीसहित २३ जना सहभागी हुनेछन् । भरतपुर महानगर प्रमुख रेनु दाहालले नेपाल क्रिकेट सङ्घ (क्यान) को आग्रहअनुसार मैदान उपलब्ध गराइएको बताए । उनले सन् २०२७ मा नेपाल र बङ्गलादेशमा तय भएको महिला यु–१९ विश्वकपका खेल यही रङ्गशालामा आयोजना गर्ने गरी महानगरले तयारी गरिरहेको पनि बताइन् । यसका लागि…
भरतपुर (चितवन) । मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा कटान गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३ गतेसम्म दैनिक बिहान ११:०० देखि दिउँसो २:०० बजेसम्म बन्द गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ । आयोजनाले सूचना जारी गर्दै सो राजमार्ग भएर काठमाडौँ जाने आउने सवारीचालकले लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेको छ । सो समयमा एम्बुलेन्स, प्रहरीका सवारी र दमकलजस्ता अत्यावश्यक सवारीसाधन चल्न रोकावट नहुने जनाइएको छ । नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर विजय दराईका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरीतर्फ जाने भारी सवारीसाधन…