काठमाडौँ । आज दुई हजार ५६९औँ बुद्धजयन्ती बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तूपा, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदैछ । विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा पनि आज बिहानैदेखि बौद्धमार्गी तथा सर्वसाधारणको घुइँचो लागेको छ । बुद्धजयन्तीका अवसरमा आज स्वयम्भू महाचैत्यस्थित बुद्ध मन्दिरमा विशेष पूजाअर्चना हुनेछ । स्वयम्भू क्षेत्रमा आज नेपाल सरकारका उच्च ओहोदाका विशिष्ट व्यक्ति, बौर्ध धर्मगुरु, भीक्षु, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विभिन्न देशबाट आएका विशिष्ट पाहुनालगायतले पूजाअर्चना गर्ने कार्यक्रम छ । स्वयम्भूनाथ परिसरभित्रै रहेको आनन्दकुटी विहारमा बुद्धको अस्तुधातु पूजाआजा र दर्शनका लागि राखिएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष भीक्षु धर्ममूर्तिले जानकारी दिनुभयो । बुद्धको…
Author: Kathmandu Khabar
काठमाडौं । अब ब्याचलर्स र भाषा पढ्नका लागि कोरिया जान नपाइने भएको छ । भाषा अध्ययनको डी२ र डी४ को अध्ययन एवं स्नातक तह पढ्नका लागि जाने विद्यार्थीहरू समस्यामा पर्ने गुनासाहरू आएपछि सरकारले सो तहका लागि एनओसी नदिने भएको हो । यसअघि नै परराष्ट्र मन्त्रालयले सो तहको अध्ययनका लागि जाने विद्यार्थीहरू समस्यामा पर्ने गरेको भन्दै एनओसी रोक्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाएको छ । सो पत्रअनुसार मन्त्रालयले निर्णय भने गरिसकेको छैन । तर हालका लागि सोसम्बन्धी काम रोकिएको छ । मन्त्रालयको निर्णयपछि यो औपचारिक रूपमा रोकिने छ । सिओलस्थित नेपाली दूतावासले भन्यो- कन्सल्टेसीहरुबाट अन्डर ग्राजुयटमा आउने विद्यार्थीको समस्या…
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुने भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बजे बस्दै छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफ दिनुहुने गरी सम्भावित कार्यसूची तय भएको छ । त्यस्तै, नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने छ । नीति तथा कार्यक्रममाथि…
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ ।…
काठमाडौं । भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत भएका छन् । दुबै देशका विदेश मन्त्रीले युद्धविरामका लागि सहमति भएको पुष्टि गरेका छन् । भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले यसअघि भारतीय समकक्षीसँग सम्पर्क गरेको र दुवै पक्षले स्थल, समुद्र र हवाई क्षेत्रमा भारतीय समयअनुसार साँझ ५ बजेदेखि लागू हुने गरी सबै सैन्य कारबाही रोक्न सहमत भएको पुष्टि गरेका छन् । मिश्रीका अनुसार युद्धविराम लागू गर्न निर्देशन जारी गरिएको छ र मे १२ को मध्याह्नमा डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन (डीजीएमओ) स्तरीय अर्को चरणको वार्ता हुनेछ । विदेशमन्त्री मिश्रीले भने, “पाकिस्तानको डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन (डीजीएमओ)…
काठमाडौँ । २०८४ सालको चुनावसम्मका लागि भनेर भनेको कांग्रेस एमालेको संयुक्त सरकारमा खटपट सुरु भएको छ। कांग्रेसको भागमा परिसकेको गवर्नर नियुक्तिमा एमाले अध्यक्ष ओलीले चाहे दाउ थाप्न थालेपछि गठबन्धनमा खटपट सुरु भएको हो। अहिले ओली निकट रहेकी कायममुकायम गवर्नर निलम ढुङ्गानाले कांग्रेसले गभर्नर बनाउन चाहेका डा गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेपछि करिब दुई महिना अगाडि नियुक्त गर्नुपर्ने गभर्नरको नियुक्ति अझै पेचिलो बनिरहेको छ। ओली भट्टलाई गभर्नर बनाउन चाहिरहेका छैनन् भन्ने कांग्रेस पनि ओलीको व्यवहारप्रति ससंकित बन्न थालेको छ। सभापति देउवाले शुक्रबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा बोलाएको पदाधिकारी बैठकमा गठबन्धनबारे ब्रिफिङ गर्दै अहिलेसम्म प्रधानमन्त्री ओली र नेकपा एमालेसँग आफू र नेताहरूको…
काठमाडौँ । यस वर्षको आरोहण याम सुरु भएसँगै आज सात जना शेर्पा सगरमाथा शिखरमा पुगेका छन् । उनीहरू यस वर्षको आरोहणका लागि डोरी टाँग्दै (रोप फिक्सिङ) साँझ ५ः०० बजे शिखरमा पुगेको पर्यटन विभागका निर्देशक लीलाधर अवस्थीले जानकारी दिए । यो सङ्गै यो वर्षको सगरमाथा आरोहण सुरु भएको छ । विभागका अनुसार ‘एटके एक्सपीडिसन’ अन्तर्गत खटिएका शेर्पाहरूले डोरी टाँग्ने काम सम्पन्न गरेका हुन् । अशोक लामाले नेतृत्व गरेको सो टिममा छिरिङ पेम्बा शेर्पा, पेम नुर्बु शेर्पा, टासी शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, टासी ग्याल्जेन शेर्पा र पासतेन्जी शेर्पा रहेका छन् । “सगरमाथाको चुचुरमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण…
काठमाडौं । सरकारले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीहरूको बारेमा सरकारले चासो दिएको छ । शु्क्रबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ पूर्णरुपमा सचेत रहेको बताएको हो । सरकारले आवश्यक परेको खण्डमा इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क गर्न भन्दै नम्बर समेत दिएको छ । यस्तो छ परराष्ट्र मन्त्रालयको विज्ञप्ति
काठमाडौं । भारतको काश्मीरमा रहेको पहलगाम हमलाले उब्जाएको भारत पाकिस्तान युद्ध उत्कर्षतिर पुगेको छ । गत अप्रिल १२ मा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको हत्या भएको थियो । त्यसको बदलास्वरुप दुई दिनअघि पाकिस्तानका विभिन्न नौ स्थानमा भारतीय सेनाले हमला गरी आतंकवादी संगठनको अखडा ध्वस्त पारेको थियो । त्यसपछि पाकिस्तानले जवाफी कारबाही स्वरुप विभिन्न स्थानमा ड्रोन आक्रमण गरेका छन् । बिहीबार राति पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरमा रहेका सैन्य स्टेसनहरूमा आक्रमण गरेको तर त्यसलाई विफल पारिएको दाबी गरेको छ। तर पाकिस्तानका रक्षामन्त्रीले त्यसलाई खण्डन गरेका छन्। भारतीय रक्षा मन्त्रालयका अनुसार, ‘पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरमा रहेका सैन्य स्टेशनमा ड्रोन…
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो काठमाडौं उपत्यकासहित देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना…
काठमाडौं । नेपाली काँग्रेसले छिटो गभर्नर नियुक्ति गर्न माग गरेको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै काँग्रेस सांसदहरुले राष्ट्र बैंकमा गभर्नर रिक्त रहेको विषय उठाएका हुन् । प्रमुख सत्तासीन दलमध्येकै एक नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल राष्ट्रबैंकमा तत्काल गभर्नर नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद खतिवडाले राष्ट्रबैंक लामो समयदेखि नेतृत्वविहीन हुनु राम्रो नभएको भन्दै बेलैमा नियुक्त नगर्दा अनेक अड्कलबाजी चलिरहेको पनि बताए । उनले आईपीओ निष्कासन स्वीकृतिका लागि धितोपत्र बोर्डका अध्यक्षले कमिसन माग्न लगाएको विषय बाहिरिएको भन्दै सरकारको जवाफसमेत माग गरे । त्यस्तै, नेपाली कांगेसका सांसद अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रममा संशोधन नहुने हो भने संसद्मा…
काठमाडौँ । राजावादीहरुले अनिश्चितकालीन आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सबै राजावादीहरु एउटै मोर्चामा आएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् । राजसंस्था पुनर्स्थापना एवं हिन्दुराज्य घोषणाको लागि भन्दै संयुक्त जनआन्दोलन परिचालन समितिले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको हो । बिहीबार राजधानीमा पत्रकार सम्मेलन नवराज सुवेदी नेतृत्वको समितिले जेठ १५ देखि राजसंस्था स्थापना नभएसम्म आन्दोलन गर्ने घोषणा गरेको हो। अहिलेको व्यवस्थाले देशलाई निकास नदिने निष्कर्षसहित राजावादी समूहले १४ बुँदे प्रतिबद्धता बाहिर ल्याएका छन् । जसमा सबै विचारधारा र शक्तिहरू हटाउने गरी संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र स्थापना गर्ने उद्घोष गरिएको छ । यस्तै हिन्दुराष्ट्रको पुनर्स्थापना, दुई तहको सरकार हुनुपर्ने राजावादी…
काठमाडौं । नेपालका सामाजिक अभियन्ता एवं युवा नेतृत्वकर्ता राजन श्रेष्ठले बेलायतमा रहेको युनिभर्सिटी अफ क्याम्ब्रिजमा हुने ग्लोबल लिडरशिप एण्ड बिजनेस सर्टिफिकेसन कार्यक्रममा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने भएका छन् । आगामी अगस्ट २६ देखि ३० सम्म सञ्चालन हुने सो कार्यक्रममा आंशिक छात्रवृत्तिसहित श्रेष्ठको सहभागिता रहने भएको हो । लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहेका श्रेष्ठले यो अन्तर्राष्ट्रिय उपलब्धिले नेपाली शिक्षा तथा युवा नेतृत्व क्षेत्रमा महत्वपूर्ण योगदान पुुग्ने विश्वास व्यक्त गरेका छन् । उनले विश्वका विभिन्न देशका व्यावसायिक विशेषज्ञ, उद्यमी तथा नेतृत्वकर्ताहरूसँग अन्तर्क्रिया गर्ने अवसर पाउनु नेपालकै लागि उल्लेखनीय उपलब्धि मानिएको छ। ग्लोबल बिजनेस सिम्पोजियमद्वारा आयोजना गरिने यो कार्यक्रम नेतृत्व क्षमता अभिवृद्धि,…
काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरक्षा परिषद्को बैठक बसेको छ। दुई देशबीचको तनावले नेपालमा पर्ने असरको बारेमा छलफल गर्न परिषद्को बैठक बसेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनाथ अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल लगायत उपस्थित छन्। गृह मन्त्रालयमा तीनवटै सुरक्षा निकायका प्रतिनिधिलाई बोलाएर गृहमन्त्रीले सीमामा कडाइ गर्न निर्देशन दिएसँगै सुरक्षापरिषद्को बैठक बसेको हो ।
काठमाडौं । भारतले पाकिस्तानमाथि सैन्य आक्रमण गरेपछि नेपालमा पनि त्यसको असर देखिएको छ । दुई देशबीच तनाव बढिरहँदा नेपालमा पनि घुसपैठ हुन सक्ने भन्दै गृह मन्त्रालयले भारतसँग जोडिएको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो । गृहको निर्देशकसँगै भारतीय सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले विशेष सर्कुलर जारी गरेको छ । पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरुलाई विशेष निर्देशन दिएको सशस्त्रले जनाएको छ । भारतीय सशस्त्र सीमा बल (एसएसबी)सँगको सहकार्य र समन्वयमा दुई देशको सीमानामा संयुक्त रुपमा गस्ती पेट्रोल र खबर आदनप्रदानलाई तिव्रता दिइएको छ ।
काठमाडौ । भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो। यो कारबाही अप्रिल २२ मा भारत-नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ। भारतको वाशिङ्टनस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमण पूर्णरूपमा लक्षित र सटीक थियो। केवल चिनिएका आतंकी शिविरहरूलाई मात्र निसाना बनाइएको हो।” आक्रमणमा कम्तीमा ९० जना मारिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट…
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उहाँको आज उपचारका क्रममा काठमाडौँस्थित नर्भिक अस्पतालमा निधन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । एमाले नेता समेत रहेका भाइ समिर नेपालका अनुसार स्वर्गीय दाजुकै इच्छाअनुसार श्रद्धाञ्जली कार्यक्रम नराखिने भएको हो । पारिवारिक स्रोतका अनुसार नेता नेपालले मृत्युअघि एक इच्छापत्र लेखेर दिएका छन्, जसमा झण्डा ओढाउने वा मृत्युपछिको तामझाम गर्ने कुराबाट टाढै रहन भनिएको छ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा उहाँ सूचना तथा सञ्चारमन्त्री थियो । यसैगरी उनले जलस्रोत र शिक्षा…
काठमाडौँ । दुईतिहाई सरकारले चाहँदा पनि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको फ्लटलाइट निर्माणको काम समयमा सम्पन्न हुन सकेन । नयाँ सरकार बनेकै दिन आक्रामक तरिकाले ३०० दिनभित्र रङ्गशालामा फ्रड लाइट निर्माण गर्ने र प्याराफिट तयार पार्ने भनेर घोषणा गरेको थियो । तोकिएको समयमा काम सम्पन्न गर्नका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सम्बन्धित निकायका अधिकारीहरूलाई बोलाएर कडा निर्देशन दिएका छन्। ओलीले आगामी दुई महिनाभित्र कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम नसकिए सह्य नहुने बताएका छन् । सोमबार शहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाएर ओलीले किन समयमै काम नसकेको…
काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । सीताको उत्पत्ति दिवसको दिन आज मधेस प्रदेश सरकारले सार्वजनिक विद्यार्थीले निर्णय गरेको छ। साथै, यसदिन जनकपुर क्षेत्रमा ठूलो मेला लाग्ने गर्दछ। त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्र श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति हुनुभएको वर्णन विभिन्न ग्रन्थमा गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी…
काठमाडौं । काठमाडौंको कपनमा पर्ने बहुचर्चित खहरे लगायत सो क्षेत्रमा भएका विविध परियोजना कार्यान्वयनमा ढिलाइ भएको भन्दै उपत्यका विकास प्राधिकरणमा धर्ना दिइएको छ । सोमबार नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४ को सक्रियतामा सो क्षेत्रसँग सम्बन्धित जनप्रतिनिधि राजनीतिक पार्टीका प्रतिनिधिहरू एवं स्थानीय सरोकारवालासहितले प्राधिकरणको कार्यालयअघि धर्ना दिएका हुन् । प्राधिकरणका नयाँ आयुक्तको रूपमा आएका सुभाष बस्नेतको कार्यकाल सुरु भएपछि सो क्षेत्रको सबै काम ठप्प भएको आन्दोलनरत पक्षको आरोप छ । उनले आफू आउनुभन्दा पहिले नै टेण्डर भइसकेका आयोजनाको काममा पनि ढिलाइ भएको उनीहरूको आरोप छ । आरम्भ चोकदेखि रिमाइनिडसम्म र आनीगुम्बा माथि ७५ मिटरमा बाँकी कामलाई बजेट नभएकाले बजेट थप…
काठमाडौं । पछिल्ला केही दिनदेखि सफा हुन नसकेको काठमाडौँको मौसम आज पनि सफा नरहने देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको उनले बताए । विभागले राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित…
काठमाडौ । लामो समयको झमेला र किचलो पछि एकता गर्नका लागि भनेर गरेको महाधिवेशनबाटै गैर आवासीय नेपाली संघ एनआरएन फुटेको छ। शनिबार वौद्धस्थित हायात होटलमा परराष्ट्रमन्त्री डा.आरजु देउवा राणाले डा.शेष घले नेतृत्वको उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनलाई उद्घाटन गरेकी थिइन् । सोही महाधिवेशनबाट महेश श्रेष्ठ एनआरएनएको निर्विरोध अध्यक्ष चयन भएका थिए । निकै लामो समयसम्म गिजोलिएको एनआरएनलेलाई एकीकृत गराउन सरकारदेखि सर्वोच्च अदालतसम्मले पटकपटक निर्देशन दिँदै आएको थियो। यिनै आदेश अनुरूप एकता गर्नका लागि डाक्टर शेष घलेको नेतृत्वमा उच्चस्तरीय समिति निर्माण गरिएको थियो। तर सोही समितिले आयोजना गरेको एकता महाधिवेशनमा एउटा पक्ष नै उपस्थित भएन। यसअघि ११ औँ महाधिवेशनबाट अध्यक्ष…
काठमाडौं । गत चैत २६ गते महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा – ८ का अध्यक्ष आशामान संगतले ‘ग्वलः देँ’ (ग्वलः देश) को प्राचीन स्वरुपलाई पुनरुत्थान गर्न २४४ वर्ष पुरानो मठा फल्चाको शिलान्यास गरे । जयबागेश्वरी धुनी मठ, सामुन्ने रहेको फल्चा र बीचमा रहेको भैरवको सांस्कृतिक सम्बन्धलाई स्थापित गर्दै फल्चाको शिलान्यास गरिएको थियो । शिलान्यास कार्यक्रममा संयोजक संगतले सांस्कृतिक सहरको गरिमा बचाउने प्रयासका बारेमा स्पष्ट पार्दै भौतिक संरचना पुनरुत्थान गरेर त्यससँग सम्बन्धित धार्मिक, सांस्कृतिक र सामाजिक क्रियाकलापलाई निरन्तरता दिने वातावरण बनाइने बताए । यही वैशाख १७ गते नरःदे (हाँडीगाउँ) भीमसेनस्थानमा फल्चासहितको पुस्तकालय भवन शिलान्यास भयो । महानगरपालिकाका उपप्रमुख…
काठमाडौँ । सरकार र विभिन्न माग राखेर आन्दोलन गर्दै आएका चिकित्सकबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक सङ्घ र आवासीय चिकित्सकबीच विभिन्न विषयमा सहमति भएको हो । सहमतिअनुसार चिकित्सका शिक्षा आयोगको १६औँ बैठकको निर्णय कार्यान्वयन गरिने छ । यस्तै, निजी तथा सार्वजनिक संस्थाको एकैसाथ म्याचिङ तथा भर्ना हुन पाउने गरी व्यवस्था गरिने भएको छ । आवासीय चिकित्सकको बिदा, कार्य समय, अतिरिक्त सुविधालगायतका विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यदल गठन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने सहमति भएको छ । यस्तै, आवासीय चिकित्सकलाई स्वास्थ्य सेवाको आठौँ तह बराबरको निर्वाह भत्ता तत्काल उपलब्ध गराउन सम्बन्धित सरोकारवाला…
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को परीक्षा गर्दैछ। आइतबारदेखि सुरु हुने परीक्षाका लागि सम्पूर्ण तयारी पूरा भएको बोर्डले जनाएको छ। देशभर तथा विदेशबाट समेत ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने जनाइएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गरेका छन्। आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ। सबैभन्दा बढी काठमाडौँमा एक…
काठमाडौ । सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट नौ हजार ३७ र संयुक्त अधिराज्य बेलायतबाट छ हजार ८३८ पर्यटक नेपाल भित्रिएका छन् । पछिल्लो आँकडा हेर्दा भारतीय र चिनियाँ पर्यटक बढ्न सकेका छैनन् । बोर्डका अनुसार सन् २०१९ को तुलनामा १०६ दशमलव ५ प्रतिशतले विदेशी…
काठमाडौं । भाजपा विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवाले सबैजसो शीर्ष नेताहरूसँग भेट गरी शुक्रबार स्वदेश फर्किएका छन् । तीन दिने सम्बन्ध सुधार भ्रमणका लागि नेपाल आएका उनले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि संसदमा रहेका साना दलका नेताहरूसम्मलाई भेटेर फर्किए । चौथाइवालेले बुधबार काठमाडौं ओर्लेलगत्तै पहिलो भेट गृहमन्त्री रमेश लेखकसँग गरेर नेपाल–भारत खुला सिमानाको दुरुपयोग हुन सक्ने सम्भावनाबारे छलफल गरेका थिए । त्यसपछि बुधबार पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटे । उनले बुधबारै कांग्रेस प्रवक्ता एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग बेग्लै भेटवार्ता गरे। बिहीबार प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल…
काठमाडौं । काठमाडौँ महानगरपालिकाले थप ११ वटा वडामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ शुभारम्भ गरेको छ । अघिल्लो आर्थिक वर्षमा १५ वटा वडा सो कार्यक्रम सुरु गरिएको थियो । यसवर्ष ११ वटा वडा थपिएका हुन् । अब छवटा वडामा कार्यक्रम कार्यान्वयन हुन बाँकी रहेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । आज राष्ट्रिय सभागृहमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा उपप्रमुख सुनिता डङ्गोलले, गत आर्थिक वर्षमा उद्यमी बनेका सहभागी र प्रशिक्षकलाई प्रमाणपत्र वितरण गर्दै चालु आर्थिक वर्षको तालिम कार्यक्रम शुभारम्भ गरिन् । उनले, उत्पादित सामानको बजारीकरणका लागि वडास्तरीय कोसेलीघर स्थापना गरिएको जानकारी दिए । गत वर्ष कामपाको वडा नं १…
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सरकारले नीति कार्यक्रममार्फत राष्ट्रिय आवश्यकता तथा जनचाहनाअनुरूप लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद उन्मुख आर्थिक–सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्प लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्यीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्णपाठ यसप्रकार छः राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पूर्ण पाठका लागि यहाँ क्लिक गर्नुहोस्
काठमाडौ । नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएपछि चर्चामा आएको भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत अर्की नेपाली छात्रा मृत फेला परेकी छन्। बिहिबार कलेजको छात्रावासमा बस्ने वीरगञ्जकी प्रीसा शाह मृत भेटिएकी हुन् । घर फर्किनका लागि अघिल्लो दिन परिवारलाई फोन सम्पर्क गरेर टिकटको व्यवस्था मिलाइदिनु भन्ने कि शाहको बिहिबार मृत्यु भएको हो। उनी छात्रावासको कोठामै मृत भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। गत फागुनमा मात्र केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल छात्रावासमा मृत फेला परेकी थिइन्। उनी रुपन्देहीकी थिइन्।