Author: Kathmandu Khabar

जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँको माइतीघरमा ५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ । पुतलीसडकको पद्मोदय मोडदेखि सर्वोच्च अदालत, माइतीघर हुँदै नयाँ बानेश्वरसम्म कुनै पनि भेला वा प्रदर्शनजन्य कार्यक्रम गर्न नपाइने गरी प्रशासनले आदेश जारी गरेको छ। आजदेखि ३० दिनसम्म यो निषेधाज्ञा कायम हुने प्रशासनले जनाएको छ। मंसिर ७ गते काठमाडौंमा हुन लागेको प्रदर्शनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक महिनाका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको विज्ञप्ति अनुसार मंसिर ४ देखि ३० दिनसम्मका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको जनाइएको…

Read More

काठमाडौं । लगभग एक लाख ३० हजार दर्शक एउटै साझा लक्ष्यसहित मैदान वरिपरी थिए । आइतबार विश्वकै सबैभन्दा ठूलो क्रिकेट मैदान नरेन्द्र मोदी रंगशाला आकाशझै निलो थियो । सम्भवतः कुनै पनि खेलको फाइनलमा उपस्थित यो नै अहिलेसम्मकै ठूलो दर्शक संख्या हो । नहुन पनि कसरी, घरमै आयोजित आईसीसी एकदिवसीय विश्वकपको उपाधिका लागि अस्ट्रेलियाविरुद्ध खेल्दै थियो भारत । तर, आइतबार भएको फाइनल घरेलु टिमको पक्षमा रहेन । ४३औँ ओभरका अन्तिम बलमा ग्लेन म्याक्सवेलले दुई रन लिँदा मैदान स्तब्ध थियो । “कुनै पनि खेलमा एक लाख ३० हजार दर्शकलाई स्तब्ध बनाउनुजस्तो आनन्दको अनुभव अरु हुँदैन । फाइनलमा हाम्रो लक्ष्य यही…

Read More

काठमाडौँ । पछिल्लो समयमा तरकारी आपूर्ति बढेसँगै तरकारीको भाउ थोकमा सस्तिएको छ । पछिल्लो डेढ साताको बिचमा रातो आलु, काउली, मुला, बन्दा, सागलगायतका मौसमी तरकारी भाउ दोब्बरसम्म सस्तिएको छ । खुद्रामा किन्ने उपभोक्ताले थोकमा सस्तिएको तरकारीको महसुस गर्न पाएका छैनन् ।  कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार कात्तिकको तेस्रो सातासम्म प्रतिकेजी ९० रुपियाँ थोकमा कारोबार भएको स्थानीय काउली अहिले घटेर २०  रुपियाँमा झरेको छ । सो अवधिमा रातो आलु प्रतिकेजी ९० रुपियाँबाट घटेर ६० रुपियाँमा झरेको छ । त्यस्तै मुला, बन्दा, सागलगायतका तरकारी सस्तिएको छ ।  कालीमाटी तरकारी बजारमा तरकारी किन्दै गरेकी सतुङ्गलकी कविता क्षेत्रीले थोकमा तरकारीको भाउ…

Read More

नेपालमा टिकटक बन्द गर्ने निर्णय विरुद्द सर्वोच्च अदालतमा थप ४ वटा रिट परेको छ । आज सोमबार थप ४ वटा रिट दर्ता भएको हो । यस अघि दायर १० रिट र आज दायर ४ रिट सहित कुल रिट संख्या १४ पुगेको छ ।  आज युवराज पौडेल सफल, नेपाली कांग्रेस बिपी, अधिवक्ता गीता दाहाल र कमल अधिकारी समेतले रिट दायर गरेका हुन्। सर्वोच्च अदालतले १४ वटै रिटलाई लगाव मुद्दाको रुपमा समावेश गरेकोले सबै रिटको सुनुवाई एउटै इजलाशमा हुने छ। अब १४ वटै रिटको सुनुवाई मंगलबार हुने छ । आज सोमबार पनि यस अघि परेका १० रिटमा सुनुवाईको लागि इजलाश तोकिएको…

Read More

काठमाडौं। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले देशको पछिल्लो आर्थिक अवस्थाबारे छलफल गरेको छ। पार्टी सभापति शेरबहादुर देउवा निवासले सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतलाई बोलाएर पदाधिकारीको बैठकमा देशको आर्थिक अवस्थाबारे छलफल गराएका हुन्। देउवा निवास धुम्बाराहीमा भएको छलफलमा मन्त्री महतले आर्थिक सूचांकाकहरु सुधार हुँदै गएको ब्रिफिङ गरे। उनले पर्यटकको संख्या उल्लेखनीय रुपमा बढेको र घरजग्गाको व्यवसाय पनि राम्रो हुँदै गएको ब्रिफिङ गरेको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए। गत महिना हवाइ मार्गमार्फत १२ लाख १७ हजार विदेशी पर्यटक नेपाल आएका थिए। यो संख्या गत वर्षको अक्टोबरको तुलनामा ६५ हजारभन्दा बढी हो। ‘आजको मुख्य एजेन्डा नै देशको अर्थतन्त्रबारे…

Read More

अरुको दुख, समस्यामा सहयोग गर्नु र समाजमा भएका समस्याको समाधान गर्नुलाई समाज सेवा भनिन्छ । समाज सेवा भनेको समाजमा रहेर मानवको सेवा गर्नु हो । यसको मतलब समस्यामा परेका मानिसहरूलाई मद्दत गर्नु हो । समाजको सामाजिक अवस्था सुधार गर्न व्यक्ति वा संस्थाले गर्ने सेवालाई ‘समाजसेवा’ भनिन्छ । यो काम गर्नेहरुको संख्या निकै कम छ । तर समाजसेवा गरेँ भनेर ‘समाजसेवी हुँ’ भन्दै धाकधक्कु लगाउनेहरूचाहिँ तपाइँ हाम्रा गाउँ छरछिमेकमा बग्रेल्ती भेटिन्छन् । आज हामी साँचो समाजसेवीको कुरा गर्दैछौँ । साँचो समाजसेवीको भीडमा अग्रणी एक नाम हो डेण्डी शेर्पा । उनले गरेको काम प्रचारप्रसारको अभावमा कुँजिएको देखिए पनि देशभर डेण्डी शेर्पाले आफ्नो संस्थामार्फत…

Read More

यात्रा निबन्ध/ भेषराज रिजाल “यहाँ सिमलको रुख बाङ्गो थियो । त्यसकै नामबाट यस ठाउँको नाम बाङ्गेसिमल रह्यो ।” सरल भावमा बोल्नुहुन्छ ठाडा गुरु । “अब सिमलका सोझा रुखहरू हुर्के पनि यस ठाउँको नाम त बदलिँदैन नि !” “समय बलवान छ, समयले बदल्न सक्छ हरेक ठाउँ, मान्छे र चिजबिजको नाम !” “यो ठाउँको अरू कुनै नाम रहन सक्ला तर सोझेसिमल त रहन सक्दैन पक्कै !” “साँच्चै कहाँनेर रहेछ हँ त्यो बाङ्गो सिमल ॽ” ठाडा गुरुको एउटा वाक्यले हामीबीच यति तर्क–वितर्क र विचार जन्माइदियो कि बाङ्गेसिमल कटिसक्न लाग्दा पनि हँसिमजाकमा रल्लिएर गन्तव्य बिर्सिएका यात्री जस्तै हुन लाग्यौँ हामी । “बाङ्गिएको सिमल…

Read More

पछिल्लो सडक नपुगेको गाउँ छैन । बस्ती छैन । एक दशक अगाडिसम्म सुनसान रहेका गाउँबस्तीमा अहिले गाडी गुड्छन् । दैनिक नगुडे पनि कहिलेकाहीँ समान ओसारपसार गर्ने गर्छन् । गाउँमा पुगेका ती सडक कुनै पनि वैज्ञानिक छैनन् । डोजर चालक र सहचालकले नापेका भरमा अधिकांश सडक निर्माण भएका छन् । बिना इञ्जिनीयरिङ निर्माण भएका ती सडक हिउँदमा त चल्छन् तर बर्खामा पूर्ण रुपमा ठप्प हुन्छ । गाउँ, बस्ती र पर्यावरणको ख्यालै नगरी निर्माण भएका सडकले सयौँको घरबास उजाडी दिएको छ । बागलुङका थुप्रै गाउँ पहिराको उच्च जोखिममा छन् । बर्खा लाग्ना साथ उनीहरु घर छोडेर टाढा जानुपर्ने अवस्था छ ।…

Read More

बाँकेको बैजनाथ गाउँपालिका–१ गाभार भ्यालीमा ३१ वर्षीय मिलन बस्नेतले च्याउखेती गर्दै आएकाछन् । उनले एक बिघा जग्गामा छ वर्षदेखि गोब्रे प्रजातिको च्याउखेती गर्दै आएका हुन् । रू छ करोड लगानीमा निर्माण गरिएको च्याउ फार्ममा दुई भारतीय नागरिकसहित १३ जनाले रोजगारी पाएका बस्नेतले बताए । साथीहरुसँग मिलेर १० कठ्ठा जमिन भाडामा लिएको र बाँकी १० कठ्ठा आफ्नै जमिनमा खेती सुरु गरेको उनको भनाइ थियो । भारतमा ब्याचलर इञ्जिनियरिङको पढाइ पूरा गरेका मिलनले परदेशमा दुख गरेर कमाएको पैसालेभन्दा आफ्नै माटोमा मेहनत गरेर फलाएको नतिजाले लोभ्याएको बताए । “उपयुक्त योजना बनाएर कार्यान्वयन गर्न सके आफ्नै देशमा सुन फलाउन सकिने रहेछ”, उनले भने,…

Read More

काठमाडौं । मङ्सिर ७ को दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियान र एमालेको भ्रातृ संगठन युवा संघको नेतृत्वमा हुने भनिएको प्रदर्शन माइतीघर मण्डलामा गर्न नदिने प्रशासनले तयारी गरेको छ । दुवै पक्षले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग अनुमति मागेका थिए । प्रशासनले दुवै समूहलाई दुईवटा विकल्प दिएको छ । प्रशासन कार्यालयले या एकले कार्यक्रम स्थगित गर्न वा आफुले भनेको ठाउँमा कार्यक्रम आयोजना गर्न विकल्प दिएको हो । प्रदर्शनकारी हिँड्ने रुट र कार्यक्रम स्थल फरक पर्ने गरी कार्यक्रम स्थल तोक्नेबारे छलफल भइरहेको प्रशासनलले जनाएको छ । प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियानले देशभरबाट सर्वसाधारण…

Read More

सेयरबजार झिनो अंकले बढेको छ। आज नेप्से परिसूचक १.३९ अंकले बढेर १८५३.४८ विन्दुमा पुगेको हो। कारोबारको सुरुवातिमा उकालो लागेर १८७२.८६ उच्च विन्दुमा पुगेको बजार सोही विन्दुमा अडिन सकेन। फलस्वरुप बजार १८५३.४८ विन्दुमा रोकिएको हो। झिनो अंकले बढेको बजारमा १ अर्ब ९ करोडको कारोबार भएको छ। उक्त कारोबार रकम पछिल्लो १५ कारोबार दिनपछिको उच्च हो। आज कारोबारमा आएका ११९ कम्पनीको सेयरमूल्य बढ्दा ११३ कम्पनीको घटेको छ। साथै, ६ कम्पनीको सेयरमूल्य स्थिर नै छ। आज ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ। त्यसैगरी कर्णाली डेभलपमेन्ट बैंकको ९।९६ प्रतिशत, समाज लघुवित्तको ८.०७ प्रतिशत र साहस ऊर्जा कम्पनीको सेयरमूल्य ७.७५…

Read More

काठमाडौं। वसन्तपुरमा रहेको ‘झ्व:छेँ’ लाई नेपालको पहिलो ‘पर्यटकीय हब’ भन्दा फरक नपर्ला। विश्वको लागि नेपाल खुलेपछि हिप्पीहरुको जमघट हुने झ्व:छेँ पछि ‘फ्रिक स्ट्रिट’ नामले परिचित हुन थाल्यो। कुनै बेला विदेशीहरु भरिभराउ हुने भित्री काठमाडौंको यो ठाउँ अहिले नयाँ पुस्ताको जक्सन बनेको छ। सन् १९६० तिरको कुरा हो। बिहानदेखि मध्यरातसम्म झ्व: छेँका सडक गल्लीमा पर्यटकहरु हुन्थे। नेपालीभन्दा विदेशीको उपस्थिति धेरै हुन्थ्यो। प्रायजसोका हातमा गाँजा हुन्थ्यो। केही विदेशी ‘एप्पल पाइ’ पाउने पसलमा भेटिन्थे। खुल्ला स्वतन्त्रताको परिचयक थियो यो ठाउँ। सन् १९५० सम्म त नेपाल विश्वका लागि बन्द नै थियो। तर, जब नेपाल खुल्ला भयो तब झ्व:छेँले नै काठमाडौंलाई विश्वमाझ चिनायो।…

Read More

जाजरकोटको नलगाड नगरपालिका–८ जिकुवास्थित पञ्च भयार माविको विद्यालय भवन भूकम्पले भत्किएपछि पठनपाठन सुरु गर्न टेन्ट निर्माण गरिँदै । तस्बिरः हेमन्त केसी÷रासस

Read More

काठमाण्डौ – आज बिहान उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व सकिएको छ।  हिजो अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिएर राति जाग्राम बसेका व्रतालुहरुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरेका हुन् । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा मनाइने छठ तराईमा बस्ने भोजपुरी र मैथली भाषी हिन्दु समुदायको मुख्य पर्व हो । नेपालमा तराई क्षेत्रमा सीमित यो पर्व केही वर्षदेखि काठमाण्डौ उपत्यका तथा विभिन्न पहाडी जिल्लामा पनि मनाउन थालिएको छ ।

Read More

सरकारले भूकम्पपीडितका टहरा निर्माणका लागि पाँच जिल्लामा पैसा पठाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको हो। जाजरकोट, रूकुम पश्चिम, बझाङ, बाजुरा र सल्यान जिल्ला प्रशासन कार्यालयमा पैसा पठाइएको हो। जाजरकोट र पश्चिम रुकुमका लागि ५०-५० करोड रुपैयाँ पठाइएको छ। बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा भएको हो। प्राधिकरणले निकासाबारेको बोधार्थ गृह मन्त्रालयमा पठाएको छ। भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान दिने कार्यविधि २०८० हालै जारी भएको थियो। भूकम्प पीडित प्रति…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको दुई दिने केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ। काठमाडौँको स्वयम्भू स्थित स्टार ब्याङ्ग्वेदमा बिहान ७ बजेदेखि केन्द्रीय समितिको बैठक सुरु भएको पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। यो बैठक आइतबार साँझ सकिने र बैठकमा भएको छलफल र निष्कर्षको जानकारी त्यसपछिको पत्रकार सम्मेलन मार्फत जानकारी दिने झाले बताए । आजबाट सुरु हुने बैठकमा संसदमा छलफलमा रहेका विभिन्न विधेयक र अध्यादेशको बारेमा पार्टीको धारणा बनाउने पार्टी केन्द्रीय सदस्यहरूबीच पार्टीको संरचना समीक्षा रणनीति सबलीकरण र जागरण लगायत विषयमा छलफल हुने पार्टीले जनाएको छ।

Read More

हुन त अचेल नौलखा हारको अर्थ नौ लाख मुल्य पर्ने हार नै हुन्छ तसर्थ अचेल जो कोहीले पनि बनाउन सक्दछन् । तर जुन बेला यो नौलखा हारको नाम रहन गयो त्यो बेला भने यो बहुमुल्य थियो । जो कोहीको लागि किन्न वा बनाउन सम्भव थिएन । करिव २०० वर्ष अगाडि नौ लाख मुल्यको यो हार जङ्गबहादुरको समयमा नै करिव ९० लाखको थियो । तसर्थ अहिलेको तुलना गर्ने हो भने अनुमान नै गर्न सक्दैनौ । यो अरबौं रुपैया पर्न सक्छ । १७औं शताव्दीमा मराठा राज्यमा पेशवाहरु खानदानी प्रधानमन्त्री थिए । त्यतिबेला प्रधानमन्त्रीलाई पेशवा भनिन्थ्यो । र खानदानी रुपमा प्रधानमन्त्री हुँदै…

Read More

कोशी प्रदेशको भोजपुर नगरपालिका-१२ टक्सार बजार जिल्लाको मात्र नभई देशकै एक महत्त्वपूर्ण ऐतिहासिक, औद्योगिक तथा सांस्कृतिक नगरी हो। ०७० सालअघि यो टक्सार गाविसको रूपमा जिल्लामा छुट्टै पहिचान बनाएको स्थल थियो। राष्‍ट्रिय जनगणना, २०६८ अनुसार यहाँको कूल जनसंख्या ३ हजार ३५० छ। कूल क्षेत्रफल २०.७२ वर्ग किलोमिटर रहेको यो बजार समुद्र सतहदेखि ३५०० फुट उचाइमा अवस्थित छ। ऐतिहासिक कालमा माझ किराँत प्रदेशको खिकामाछा थुमअन्तर्गत रहेको यस बजारलाई खिकामाछा बजार भनिन्थ्यो। यो थुम तत्समयमा किरातहरूद्वारा शासित थियो। विसं १८७० तिर यस थुमनजिकै पश्‍चिमतर्फ रहेका दुई गाउँहरू सिरिसे र धोदलेखानी तथा पूर्वमा याङ्पाङको खानीखोलानजिक तामा र फलामको खानी फेलापरेपछि ती खानीबाट तामा…

Read More