देवकोटालाई शान्तभवन अस्पतालबाट पशुपतिस्थित हरिकुन्जमा सारिएको थियो । हरिकुन्जमा तीन दिन राखिएपछि उनको अवस्थामा आएको सुधारका कारण उनलाई पुनः शान्तभवन अस्पतालमा ल्याइएको थियो । त्यसको भोलिपल्टै अर्थात् भदौ १९ गतेको दिन बिहानै हरि श्रेष्ठ उनलाई भेट्न अस्पताल पुग्छन् । रातभरको उपचार र रेखदेखपछि देवकोटाको रुप फेरिइसकेको थियो जीउमा धेरै पुूर्ति र उत्साह पनि थियो । देवकोटा अंग्रेजीमा एउटा लामै चिठ्ठी लेखिरहेका थिए । प्रायः सकिनै लागेको त्यो चिठ्ठी उनले मस्को हस्पिटललाई उपचारका लागि भर्ना हुन अनुरोध गर्दै लेखेका थिए ।
केहीबेरको कुराकानीपछि देवकोटा भन्छन्– ‘श्रेष्ठजी एउटा अर्को कागज ल्याउनुस् त ।’
श्रेष्ठले कागज अगाडि राखिदिए । त्यसपछि देवकोटाले पहिले नेपालीमा एउटा कविता लेखे तल उल्लेखित र त्यसपछि एउटा अंग्रेजीमा लेखे । जुन ’यहाँ जन्मने मान्छेको निम्ति जीवन रमाइलो समारोह हो..’ भन्दै सुरु गरिएको थियो । श्रेष्ठले यी दुवै कविता देवकोटाकै हस्तलिखितमा पुस्तकमा प्रकाशित गरेका छन् ।
संसार रुपी सुख स्वर्ग भित्र
रमेँ रमाएँ लिइ भित्र चित्र
सारा भयो त्यो मरुभूमि तुल्य
रातै परे झैँ अब बुझ्छु बल्ल ।
रहेछ संसार निशा समान
आएन ज्यूँदै रहँदा नि ज्ञान
आखीर श्री कृष्ण रहेछ एक
न भक्ति भो ज्ञान न भो विवेक ।
महामरुमा कणझैँ म तातो
जलेर मर्दो लिनु आश लाटो
सुकी रहको तरु झैँ छु खाली
चिताग्नितापीजलडाल्नफाली।
संसार आफ्नो सब नै गुमाएँ
म शून्यमा शून्य सरी बिलाएँ
जन्मेँ म यो स्वर्ग विषे पलाएँ
आखीरभैखाकत्यसैबिलाएँ।
यी दुवै कविता देवकोटाले श्रेष्ठलाई स्नेहस्वरुप प्रदान गरे । श्रेष्ठले यसलाई देवकोटाको उपचारका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले नयाँ समाज नामक पत्रिकामा देवकोटाको स्वास्थ्यसम्बन्धी समाचारसँगै छपाए ।
समाचार छापिएपछि विद्यार्थी बुद्धिजीवी सबैको देवकोटाप्रति सहानुभूति उर्लेर आयो । ‘महाकविप्रति जनताको स्नेह आस्था अचम्मको भयो’ श्रेष्ठ लेख्छन्– ‘उसबेला कांगंेस सरकारले डाल्डा घीउको पैठारी गर्न खोजेको थियो त्यसको विरोधमा जनता डटिरहेका थिए । अब जनताको मोड देवकोटाप्रति आस्थाको रुपमा बदलिन थाल्यो ।’
एकातिर यो कविताले सरकारविरुद्ध त्यतिबेला जारी आन्दोलनलाई मत्थर पार्न थोरबहुत सहयोग गर् यो जब कि प्रकाशनको त्यो उद्देश्य नै थिएन । अर्को तर्फभने श्रेष्ठले यही विषयलाई लिएर अनावश्यक खप्की खानुपर्यो ।
देवकोटासम्बन्धी समाचार प्रकाशन भएको केही दिन बित्न नपाउँदै एक साँझ रेडियो स्टेशनमा महाकविका भाइ गोपीमाधवले फोन गरेर देवकोटाले लेखेको कविता फर्काउनु भने । अचम्म मानेर श्रेष्ठले कारण सोधे । श्रेष्ठले कारण खोजेपछि गोपीमाधव कड्किए । उनको भनाइ थियो – ‘कवितामा व्यापार गर्ने होइन ।’
श्रेष्ठ अलमल्ल परे । उनले गोपीमाधवको तात्पर्य बुझ्न सकेनन् तर यो आक्षेप उनलाई असह्य भयो । त्यसपछि दुवैबीच फोनमा झर्काझर्की नै पर् यो । श्रेष्ठ जवाफ फर्काउँछन्– ‘म तपाईको दाजुको कविताको व्यापार गर्ने व्यापारी होइन तपाईले मलाई के सम्झनुभएको छ कवितामा मैले व्यापार गरेको तपाईले कसरी थाहा पाउनुभयो अनि के सूत्रले मलाई यो आरोप लगाउनुभएको म भोलि बिहान त्यो कविता फर्काउन आउने छु । मलाई त्यो कविता चाहिएको पनि छैन । म कविता लिन धाइरहेको पनि होइन ।’
भोलिपल्टै कविता लिएर श्रेष्ठ मानभवन अस्पताल पुगे । कविता गोपीमाधवलाई बुझाउँदै श्रेष्ठ भन्छन्– ‘लौ कविता लिनुस् । यही कविताका निम्ति होइन तपाई अनाहकमा कड्कनुभएको फेरि तपाईले कविता फिर्ता लिएको छैन भन्नुहोला । मलाई त भरपाई चाहिन्छ ।’ त्यसपछि श्रेष्ठ महाकविलाई राखिएको बेड नजिक पुगेर गुनासो गर्छन्– ‘देवकोटाजी मैले एउटा ठूलो भूल गर्न पुगेँ । ती कविता यहाँले मलाई दिनुभएको भन्ठानेको थिएँ तर होइन रहेछ ।’
सायद यसअघिको घटनाक्रम देवकोटाले बुझिसकेका थिए । उनले ती कविता प्रतिलिपि राख्नका लागि मात्र मागेको हो भनेर प्रस्ट पार्न खोजे । श्रेष्ठले ती कविताका कारण आपुूले खानुपरेको खप्कीका बारेमा देवकोटालाई अवगत गराए । गोपीमाधव नजिकी देवकोटालाई राखेको क्याविनको अर्को छेउमा बसेर ती कविताका एउटा कापीमा सार्दै थिए ।
प्रतिलिपि सारिसकेपछि ती दुवै कविता श्रेष्ठलाई दिँदै नम्रतापूर्वक महाकविले भने– ’श्रेष्ठजी लिनुस् । यी कविता तपाईलाई स्नेहपूर्वक दिइसकेको न रिसाउनुस् ’ गोपीमाधवले भनेको वचन उनको मस्तिष्कबाट अझै हराएको थिएन । उनले कविता लिन मानेनन् । देवकोटाले निक्कै बेर आग्रह गरे तर श्रेष्ठले इन्कार गरिरहे । आखिर देवकोटाले आँखाबाट आँसु झार्दै भने– ‘श्रेष्ठजी मैले स्नेहवश प्रदान गरेको रचनालाई स्वीकार नगरेर तपाईले यस्तो अवस्थामा मलाई अपमान गर्नुभयो ।’
देवकोटाको आँखामा आँसु देखेर श्रेष्ठले ग्लानी महसुस गरे । आफ्ना कारणले त्यो अवस्थामा देवकोटालाई थप पीडा दिएको महसुस गरेर श्रेष्ठलाई ठूलो भूल गरेकोमा पश्चाताप लाग्यो । त्यसपछि उनी केही बोल्न सक्दैनन् र कविता लिएर त्यहाँबाट फर्कन्छन् ।
देवकोटा दिवंगत भएपछि उनको सम्झनामा टुँडिखेलको खरीबोटको गोलमाचमा शोकसभाको आयोजना गरिएको थियो । त्यो शोक सभामा पुराना–नयाँ स्वदेशी–विदेशी विभिन्न कवि तथा साहित्यकारहरुले आ–आफ्नो कविता तथा मन्तव्य व्यक्त गरे।त्यो शोध सभामा श्रेष्ठ महाकविका त्यही अन्तिम कविता प्रस्तुत गर्न चाहन्थे । त्यसकालागि उनले आयोजकहरुसँग अनुरोधसमेत गरे।
सभामा महाकविको बखान गरेर थुप्रैले आपुूलाई कविको ठूलो प्रशंसक र हितैषी भएको प्रमाणित गर्न मौका पाए तर बिडम्बना श्रेष्ठलाई भने त्यहाँ मौका दिइएन् । यससबन्धमा श्रेष्ठ आफ्नो पुस्तकमा लेख्छन्– ‘जसको निम्ति त्यो शोकसभाको आयोजना गरिएको थियो त्यही शोकसभामा उनै दिवंगत महाकविको अन्तिम उद्गारले स्थान पाउन सकेन । यो समयको बिडम्बना हो ।’