काठमाडौं । काठमाडौंबाट छोटो बाटो सिन्धुपाल्चोक जाने मुख्य बिन्दु हो जहरसिंह पौवा । साँखुबाट बनैबन उकालो लागेपछि जहरसिंह पौवा पुगिन्छ । उतिबेला पनि काठमाडौं, साँखु, फटकसिला, चौतारा, जलबिरे, लिस्तीकोट, खासा, कुती हुँदै लाह्सा तिब्बत जाने मूल बाटो थियो यो। ३ दशकअघिसम्म डाँडाको पौवामा रहेको आउनेजानेहरूका लागि पिउने पानीलगायत वार्षिक भोज खुवाउने व्यवस्थाका लागि गुठीसमेत राखिएको थियो। पौवा बनेको इलाकामा करिब १०० रोपनी र हाल सिन्धुपाल्चोक फटकसिलाको पञ्चपाले भन्ने ठाउँमा १५० रोपनी खेत त्यस पौवाको नाममा गुठी रहेको थियो। हाल ती सबै जमिन कता पुगे? खोजी हुँदै छ। जहर सिंह पौवा बजारमा करिब तीन आना जति जग्गा बाँकी छ, जसमामहिलाहरूलेभवनबनाईउपयोगगरेकाछन्। करिब…
Author: Kathmandu Khabar
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतना नभएका मुर्खहरुले मात्र राजतन्त्र मान्ने टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा युवा संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले कतिपय देशले ऐतिहासिक कारणले स्वीकार गरेको हुनसक्ने र त्यसबारे केही भन्नु नभएको बताए । तर नेपालमा जनताले राजतन्त्र काम लाग्दैन भनेर फालेको भन्दै ओलीले भने, ‘कठैबरी, नागरिक सर्वोच्ता स्वीकार गर्न नसक्ने, एउटा व्यक्तिमा सर्वभौमसत्ता हुनुपुर्छ भन्ने पनि चेतना हो र ? त्यो त मूर्खता हो ।’ नेपालमा राजतन्त्रले दुःख दिने बाहेक केही नगरेको उनले बताए । ‘त्यस्तो एउटा मरेको प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही लागेका छन्’ एमाले अध्यक्ष ओलीले…
उसबेला निकै ठूलो धनराशी खर्चेर निर्माण गरिएको सेतो दरबारमा शौचालय बनाउन भने बिर्सिएको तथ्यहरू खुलेका छन् । बैठक कक्षको साजसज्जाका लागि मात्र एक करोड रुपैयाँ खर्चिएको उक्त दरबारमा शौचालय नभएको रहस्य एक सय २५ वर्षपछि मात्र खुलेको थियो । राणा प्रधानमन्त्री वीरशमसेरले बनाउन लगाएको उक्त दरबारलाई महंगो भएका कारण चन्द्रशमशेरले किन्न नसकेको इतिहासमा उल्लेख छ । तत्कालीन अवस्थामा दरबारभित्र शौचालय राख्ने प्रचलन नै नभएकाले नराखिएको बताइन्छ । लाल दरबार र सेतो दरबार किन्न हौसिएका चन्द्रशमशेरले सिंहदरबार बनाएका थिए । ती विशाल दरबारमा पनि शौचालय थिएन । त्यतिमात्र नभई राणा शासनका अवधिमा ४० भन्दा बढी दरबार तथा महलहरु बनाइए पनि शौचालय…
काठमाडौँ- चोभार सुक्खा बन्दरगाह निजी साझेदारी (पि.पि.पि.) मोडेलमार्फत निजी क्षेत्रले सञ्चालन गर्ने भएको छ । विश्व बैंकको डेढ अर्ब रुपैयाँ ऋण सहायतामा निर्माण भएको बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समितिले ट्रान्स नेपाल फ्रेट सर्भिसेजलाई दिएको छ । समितिले गत साउन ९ गते टेण्डर आह्वान गरेकोमा ट्रान्स नेपाल र न्यु नेपाल ढुवानी सेवा कम्पनीले दिएको आवेदनमा समितिले प्राविधिक मूल्यांकनमार्फत ट्रान्स नेपाललाई बन्दरगाह सञ्चालनका लागि अनुमति दिएको हो । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले प्राविधिक मूल्यांकनमा ट्रान्स नेपालले बन्दरगाह सञ्चालनको जिम्मा पाएको बताए । उनले सरकारले नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ र टर्मिनल सट्टा बहालमा दिने सम्बन्धी, २०७० मा…
नेपालमा अनेकथरीका गीतहरु प्रचलनमा रहेको छ । विशेष अवसरमा गाइने गीतलाई विशेष गीत र सँधै गाउँन सकिने गीतलाई सामान्य गीत भनेर लोकगीतलाई मुख्य दुई भागमा विभाजन गरिएको छ । विशेष गीतलाई वर्ष चक्रीय, सँस्कार, धार्मिक र विविध गीतमा विभाजन गरिएको छ । पर्व गीतहरू चाडपर्व, पर्व र जात्रासँग सम्बन्धित गीतहरू हुन् जसमा तीजगीत, दशैँतिहारको गीत, कृष्णाष्टमीका गीत, ठूलो एकादशीका गीत, फागूपूर्णिमाका गीत, रामनवमीका गीत, आदि पर्दछन् । कर्म गीत वर्षभरि विभिन्न कामका अवसरमा थकान मेटाउन गाइने गीत हुन् । यसअन्तर्गत वसन्तगीत, जेठेगीत, असारेगीत, दाइँगीतआदिपर्दछन्। धार्मिक गीतलाई जीवन संस्कार र पदार्थ संस्कार गरी दुई भागमा विभाजन गर्न सकिन्छ । जीवनका विभिन्न…
काठमाडौं । चुरोट खरिद गर्ने बहानामा धेरै पैसा बाहिर गएको भन्दै पद्म शमशेरले चुरोट नखान जनतासँग आग्रह गरेको सन्देश बाहिर आएको छ । सन् १९४७ जारी गरेको यो सूचनालाई विदेशी सञ्चारमाध्यमहरुले समेत प्राथमिकताका साथ प्रवाह गरेका थिए । उक्त सन्देशमा उनले विदेशबाट चुरोट आयात गर्दा ठूलो रकम विदेशिने उल्लेख गरेका थिए। नेपालबासीलाई सम्बोधन गर्दै तत्कालीन श्री ३ महाराज पद्मशमशेर जंगबहादुर राणाको सन्देश शीर्षकमा सन् १९४७ सेप्टेम्बर २२ अर्थात् २००४ साल असोज ६ गते गोरखापत्रमा छापिएको थियो। सन्देश त्यतिबेला भारतीय समाचार एजेन्सी एपीआईले सम्प्रेषण गरेको थियो। त्यही एजेन्सीबाट भारतका धेरै अखबारले उक्त खबर प्रकशित गरेका थिए। जसमा उनले भनेका छन् ः…
सनातन परम्परामा हवन वा यज्ञले महत्त्वपूर्ण भूमिका खेल्छ। यिनीहरूविना धेरै शुभ कार्यहरू पूरा हुँदैनन्। कुनै पनि शुभ कार्यमा भगवानको शुद्धि र आह्वानका लागि हवन वा यज्ञको आयोजना गरिन्छ । मानव जीवनमा हवन आदिमा प्रज्वलित आगोको विशेष महत्व रहेकोले यसलाई देवताको रूपमा पनि पुजिन्छ । धार्मिक मान्यताअनुसार हवन वा यज्ञ गरी देवतालाई बलि चढाइन्छ । जसका कारण उनी खुसी हुन्छन् र भक्तहरूको सबै मनोकांक्षा पूरा गर्छन्। तसर्थ, तपाईंले देख्नु भएको छ कि विवाह उपनयन संस्कार जस्ता कुनै पनि महत्त्वपूर्ण कार्यमा हवन अवश्य गरिन्छ। तर के तपाईलाई थाहा छ हवन र यज्ञमा धेरै फरक छ ? आउनुहोस् जान्नुहोस्, हवन र यज्ञमा के…
बुढानीलकण्ठ क्षेत्र विकास समिति रिक्त भएको करिब आधा दशक भैसक्यो । क्षेत्र विकास समिति बनाउन किन सकिरहेको छैन भन्ने बारे सबैजना अनविज्ञता जाहेर गर्छन् भने सरोकारवाला बुढानीलकण्ठ नगरपालिका यो बारेमा किंकर्तव्यविमूढरूपमा मौन देखिन्छ । नगरपालिकाका वर्तमान मेयरलाई बुढानीलकण्ठ मन्दिर तथा क्षेत्र विकास समितिको महत्वबारे कम ज्ञान हुनुलाई क्षेत्र विकास समिति नबन्नुको कारण मान्न सकिए पनि क्षेत्र विकास समिति बन्न रोक्ने अरू पनि केही महत्वपूर्ण व्यक्ति र विषय रहेको अनुमान गर्न सकिन्छ । स्वाभाविक नै हो, नगरप्रमुखमा यस विषयमा सुन्य ज्ञानका हुनुले यो विषय प्राथमिकतामा परेन । तर के यही कारणमात्र क्षेत्र विकास समिति नबन्न पर्याप्त हो त? पक्कै पनि होइन । क्षेत्र विकास समिति…
यादव आर्याल नेपाली संस्कृतिका प्रमुख दुई आवधिक पर्व वडादसैँ र यमपञ्चक अर्थात् तिहार भर्खरै सकिएका छन् । हरेक वर्ष चाडबाडको संघार सँगै सामाजिक सामना र पारिवारिक जमघट हुनु समस्त नेपालीहरूको क्रमागत-सांस्कृतिक नियमितता हो । जुन सदियौंदेखि निरन्तर चलिरहेको छ, र चलिरहने छ कालान्तरसम्म । आर्थिक सहजताको लागि स्वदेशी भूमि छोडेर पराई भूमि गएकाहरू चाडबाडकै सन्जोग पारेर गाउँ फर्किन्छन्, आफ्नो शैक्षिक अत्यावश्यकतालाई पूर्णता दिन शहर छिरेका विद्यार्थीहरू चाड रौनकसँगैको समिपमा रहन गाउँ फर्किने गर्छन् । गाउँदेखि टाढा बसेर विभिन्न पेसाकर्ममा लागेकाहरू पनि चाडबाड (मुख्य गरी दसैँ) गाउँमै मनाउने हेतुले गाउँमा स्व-उपस्थितिलाई प्राथमिकतामा राख्छन् । साधारणतया, तिहार शहरमै रमाइलो भएता पनि वडादसैँ…
काठमाडौं । सरकारले जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अब निजी खेत, खला, बारीमा आई क्षति पुर्याउने अवस्थामा बँदेललाई विना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने निर्णय गरेको हो । यसका लागि वन तथा वातावरण मन्त्रालयले सर्त भने तोकेको छ । सर्त अनुसार जंगली बँदेलले किसानको खेतबारीमा आई बालीनाली वा धनजनको हानी नोक्सानी पुर्याएरमा एक्लै वा सामूहिक रुपमा त्यस्तो बँदेललाई धपाउन, लखेट्न वा पक्रन सकिन्छ । बँदेल पक्रिएको अवस्थामा सम्बन्धित राष्ट्रिय निकुञ्ज, वन्यजन्त आरक्ष कार्यालय, शिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्रको कार्यालय, डिभिजन वन कार्यालयमा बुझाउनु पर्ने छ । त्यसको सूचना…