Author: Kathmandu Khabar

पाेखरा । नेपाल भारत साहित्य महोत्सव पाँचौँ संस्करण पोखरामा सम्पन्न भएको छ । गत फागुन १०, ११ र १२ गते पृथ्वीनारायण क्याम्पस हाताभित्र महोत्सव गरिएको हो । महोत्सवका कार्यक्रमहरू क्याम्पसको गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा भएको थियो । मूल आयोजक संस्थाका अध्यक्ष डा. विजय पण्डित तथा अग्रज साहित्यकार सरुभक्त श्रेष्ठ प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा भारतको तर्फबाट मूल आयोजक क्रान्तिधरा अकादमी, मेरठ, इन्डिया रहेको थियो। दीप प्रज्वलन तथा नेपाली र इन्डियन दुबै राष्ट्र गान वाचन गरेर उद्घाटन गरिएको थियो । कार्यक्रममा नेपाल भारत सम्बन्ध र साहित्यमा पर्यटन विषयमा छन्दकवि तथा राष्ट्रिका साहित्यिक संस्थाका अध्यक्ष ऋषभदेव घिमिरे बोलेका थिए । त्यस्तै,…

Read More

काठमाडौं , उमेश राउत र अस्मिता अधिकारीको आवाजमा ‘हेरेर मुहार तिम्रो’ सार्वजनिक भएको छ । उज्ज्वल हृदयको शब्द र उमेश राउतको सङ्गीत रहेको गीत आइतबार सार्वजनिक भएको हो । प्रेमभावले भरिएको फिल्मी शैलीको गीतको भिडियोमा उषा उप्रेती र रमेश जटाललाई देख्न सकिन्छ । चित्लाङ, भेडाचौर र कुलेखानी ड्यामको सुन्दर दृश्यहरूले भिडियो अझ सुन्दर बनेको छ । भिडियोलाई जिबी आग्रीले निर्देशन गरेका हुन् भने प्रकाश खड्काले खिचेका हुन् । ‘माया, प्रेम, बाचा अनि सुन्दर जीवनको कामना नै गीतको सार हो’, गायक उमेश राउतले भने, ‘प्रेम प्राप्तिपछिको मीठो परिकल्पनालाई हरसम्भव रूपमा सुन्दर बनाउने हाम्रो प्रयास रहेको छ ।’ ओएसआर डिजिटलबाट सार्वजनिक गीतको…

Read More

भरतपुर । राजा महेन्द्रले अन्तिम सास लिएको भरतपुरस्थित शीतकालीन दरबार अर्थात् दियालो बंगला अब आमनागरिकका लागि पनि खुला गरिंदै छ। भरतपुरबाट काठमाडौं र देवघाटधाम जाने मुख्य मार्गको आडैमा छ, दियालो बंगला। राजपरिवारका सदस्यका लागि खास रहँदै आएको यो बंगला राजा महेन्द्रले २०२६ सालमा बनाउन लगाएका थिए। राजा महेन्द्रले करीब दुई वर्ष बंगलाको प्रयोग गरे। विशेष गरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगला बसाइँ सर्थे। त्यसैले यो बंगलालाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ। शिकारका शौखीन राजा महेन्द्र तराईमा शिकार खेल्न जाँदा दियालोमै बस्थे। उनको २०२८ माघ १७ मा दियालो बंगलामै निधन भएको थियो। त्यसपछि वीरेन्द्र र ज्ञानेन्द्र राजा भए।…

Read More

काठमाडौँ-  स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत टेरामक्स घोटाला प्रकरणको विषयलाई लिएर पत्रकारमाथि आक्रोशित भएका छन्।सोमवार संसद बैठकपछि उनले यस प्रकरणमा  जिज्ञासा राख्दा तपाईं कहाँको पत्रकार हो नि प्रतिप्रश्न समेत गरे। पत्रकारहरुले यस प्रकरणमा मुछिएका तपाईँले नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिनुपर्ने हो नि भनी जिज्ञासा राखेका थिए । मन्त्री बस्नेत भने केको नैतिकता भन्दै पत्रकारमाथि आक्रोशित भए । कसैले रिस उठेर उजुरी गर्‍यो भन्दैमा प्रमाणित नभईकन केको नैतिकता हुन्छ ? मन्त्री बस्नेतको आक्रोश थियो । उनले एमालेले संसदमा आफ्नो राजीनामा माग गरेर ‘पुंग न पुच्छर’को कुरा गरेको टिप्पणी गरे । मन्त्री बस्नेतले आफूले कलबाईपास घोटाला नियन्त्रण गर्नका लागि सो प्रविधिको…

Read More

काठमाडौं । चर्चित गायक तथा संगीतकार भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ। सोमबार दिउँसो ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो। आचार्यको शवलाई अन्तिम श्रद्घाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने जनाइएको छ। आचार्यले दर्जनौं भजन, आधुनिक र लोकगीतमा स्वर तथा संगीत दिएका थिए। नेपाली सुगम संगीतलाई उचाइमा पुर्‍याउन उनको निकै योगदान रहेको चर्चा गरिन्छ। भक्तराजको वि.सं. २०४९ सालमा जिब्रोमा खटिरा देखिएको थियो। उपचारको क्रममा २०५० सालमा क्यान्सर भएको पुष्टि भएपछि जिब्रो काटियो। त्यसपछि उनले गाउन सकेनन्। उनका दुई छोरा सत्यराज र स्वरुप पनि गायक छन्।  आचार्यको जीवनीमा आधारित भएर चलचित्र ‘आचार्य’ बनिसकेको छ। फिल्ममा…

Read More

काठमाडौं । संसद्मा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफ्नो राजीनामा मागेको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले तुच्छ जवाफ फर्काएका छन् । सांसद खतिवडाले पर्यटनमन्त्री किराती कमिसन र स्टन्टबाजीमा लिप्त रहेको आरोप लगाएपछि मन्त्री किरातीले जवाफ फर्काएका हुन् । मन्त्री किरातीले लुम्बिनी क्षेत्र विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाको बचाउ गर्दै बहादुरले लकरमा बन्दुक लुकाउँछ भनेका थिए । खतिवडालाई भने उनले घडी लुकाएको भन्दै व्यंग्य कसेका छन् । सुदन किराँतीले पत्रकारसँगको कुराकानीमा खतिवडालाई लक्षित गरेर यसो भनेका छन्-‘बहादुर मान्छेले बैंकको लकरभित्र गोली लुकाउँछन्, कायर र लाछीले घडी लुकाउँछ । घडी लुकाउने मान्छे आज बोलेछन्, तीप्रति मलाई दया जागेको छ ।’ यो…

Read More

काठमाडौं । अन्तराष्ट्रिय विमानस्थलका कर्मचारी र सुन तस्करहरुको मिलेमतोमा विमानस्थल लगायत अन्य मार्गबाटसमेत सुन तस्करी भैरहेको छ ।  तस्करहरू समातिरहेको समाचार पनि बेलाबेलामा सुन्न पाइन्छ । यसै सिलसिलामा  साना व्यवसायीको सुनको कोटा दुरुपयोग भएको भन्दै सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणीक रत्न शाक्य र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष सुरेशमान शाक्यद्धारा हस्ताक्षरित एक प्रेश विज्ञप्ति सार्वजनिक भएको छ ।  प्रकाशित विज्ञप्तिमा विशालबजारमा रहेको रिद्धिसिद्धि ज्वेलरीका सञ्चालक नरेन्द्रकुमार गुप्ताका गतिविधिमाथी छानबिन गर्न माग गरिएको छ  । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ र विभिन्न संघको हालै बसेको संयुक्त भेलाले गुप्ताका गतिविधि छानबिन गर्न माग गर्ने निणर्य…

Read More

कठमाण्डौ – रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट मैदान फागुन २८ देखि सञ्चालनमा आउने भएको छ । यसअघि एक्स्ट्राटेक ओभल क्रिकेट मैदान फागुन १४ गते आजदेखि सञ्चालनमा आउने भनिएकामा आईसीसी विश्वकप क्रिकेट लिग–२ को पहिलो शृङ्खलाको खेलमा प्रशिक्षक र पदाधिकारी व्यस्त भएकाले फागुन २८ गतेदेखि मात्र सञ्चालनमा आउने भएको हो। रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ मा व्यवसायी विनोद कुँवरले ४० करोड रुपैयाँको लगानीमा एक्स्ट्राटेक ओभल मैदान निर्माण गरेका हुन् । 

Read More

काठमाडौँ । पशुपतिनाथको स्वामित्वमा रहेर पनि गायब भएको दुई सय ३१ रोपनी १० आना सहितको जग्गा खोज्न सरकार तातेको छ । सरकारले पूर्व सचिव दामोदर रेग्मीको नेतृत्वका समिति गठन गरेर जग्गा खोज्न तदारूकता देखाएको हो । पशुपति क्षेत्र विकास कोषको जग्गा खोज्न समिति गठन गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका अनुसार ‘गायब भएकोसहित पशुपतिको हजारौँ बिघा जमिन कसरी कहाँ कुन अवस्थामा छन् र के गर्न सकिन्छ भनेर प्रतिवेदन दिने गरी समिति गठन भएको छ । समितिलाई ३ महिनाभित्र प्रतिवेदन दिने गरी समय तय गरिएको छ । पूर्व सहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लाहकार हरिनाथ ढकाल,…

Read More

काठमाडौँ । केही दिनअघिको वर्षाले काठमाडौँ उपत्यकाको घटेको तापक्रम क्रमशः बढ्न थालेको छ। उपत्यकाको न्यूनतम तापक्रमसँगै अधिकतम तापक्रम पनि क्रमशः उकालो लाग्दै गएको हो।यसै क्रममा आज (आइतबार) उपत्यकाको अधिकतम तापक्रम हिजो (शनिबार) को तुलनामा २.३ डिग्री सेल्सियस माथि उक्लिएको छ।शनिबार १९.१ डिग्री सेल्सियस रहेको उपत्यकाको अधिकतम तापक्रम आज बढेर २१.४ डिग्री सेल्सियस पुगेको हो। यस्तै आज उपत्यकाको न्यूनतम तापक्रमचाहिँ ४.५ डिग्री सेल्सियस छ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम शनिबार ४.४ डिग्री सेल्सियस थियो भने शुक्रबार ३.५ डिग्री सेल्सियस। २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८ः४५ बजेभित्र न्यूनतम तथा साँझ ५ः४५ बजेभित्र…

Read More