Author: Kathmandu Khabar

काठमाडौं । डिजाइन गरेर हल्ला गर्ने रवि लामिछानेको पुरानै बानी हो । डिजाइनले नै उनी आजसम्म भाग्यभानी सावित हुँदै आएका छन् । कहासम्म पुग्छन् त्यो भने हेर्न बाँकी छ । बुधबार रवि लामिछानेले पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नासाथ ग्यालेक्सी फोर-के टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई सिंगापुरमा समातिएको हल्ला भोलिपल्ट बिहानै (आज) चलाइयो । मलेसियामा बस्दै आएका उनी सिंगापुर पुगेको बेला उतै पक्राउ परेको भनियो । राई पक्राउ परेकोबारे औपचारिक रुपमा भने कसैले बताएनन् । उच्च सरकारी अधिकारीदेखि प्रहरीका हाकिमहरु नै समाचार सुनेर चकित भएको बताउँछन् । प्रहरी स्रोतले आफूहरुलाई यसबारे औपचारिक अनौपचारिक कुनै जानकारी नभएको बिहानै जानकारी दिएको थियो ।…

Read More

काठमाडौँ । कीर्तिपुर नगरपालिका- १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ ।क्यान्सरबाट पीडित महर्जनको बुधबार कीर्तिपुर-१ बाघभैरवस्थित आफ्नै निवासमा निधन भएको हो । महर्जनलाई अस्पतालबाट बुधबार घर ल्याइएको बताइएको छ । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले वडाध्यक्ष महर्जनको निधन भएको पुष्टि गरे । उपप्रमुख शुभलक्ष्मी शाक्यका अनुसार दिवंगत वडाध्यक्ष महर्जनको पार्थिव शरिर अहिले बिहान ९ बजे कीर्तिपुर नगरपालिकाको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ । ६० वर्षीय महर्जन २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट कीर्तिपुर नगरपालिका- १ को अध्यक्षमा निर्वाचित भएका थिए ।वडाध्यक्ष महर्जनको निधनपछि कीर्तिपुरका दुई वटा वडाध्यक्ष विहीन भएका छन् । गत बैशाख १ गते मोटरसाइकल दुर्घटनामा…

Read More

काठमाडौं । रास्वपाबाट मन्त्री बनेको सुमना श्रेष्ठ विदेशी नागरीकका पत्नी भएको भनेर हल्लाखल्ला भएको छ । यद्यपि उनी कुन देशको नागरीककी श्रीमती भन्ने कुरा सार्वजनिक भएको छैन । उनका पतिको फोटो सार्वजनिक छैन । सँधै विदेशीझैँ पहिरनमा देखिने सुमना श्रेष्ठ नेपालको शिक्षा मन्त्री बनेकी छिन् । संसदमा प्रभावकारी उपस्थिति देखाएकी  सुमनाको पढाइका बारेमा पनि खासै उल्लेख गरिएको पाइदैन । मन्त्रीहरूको पढाइका बारेमा गरिएको तथ्यांकमा सुमनाले पढाइ कति भन्ने उल्लेख गरेकी छैनन् । उनको पति तथा बालबच्चाका बारेमा पनि उल्लेख नभएको बताइएको छ । उनका पति नेपाली नागरीक भैसकेको विदेशी हुन् कि आफ्नै देशका नागरीक हुन् सो बारे पनि कतै उल्लेख भएको…

Read More

काठमाडौं । स्थानीयरूपमा पत्रकारिता गर्नेहरूलाइ ड्यासिङ दिनकै बुढानीलकण्ठ नगरपालिकाले कानुनी आधार र बैधता बिना नै अनलाइन पत्रिका चलाइरहेको छ । पूर्व मेयर उद्धव खरेलको पालामा स्थानीय संचार माध्यमले गाली गरेकोभन्दै नगरपालिकाले अनलाइन चलाउने निर्णय गरेको थियो । नगर प्रवक्ता नवराज भट्टराइलाई कमजोर बनाउन आफैले सुरू गरेको अनलाइन पत्रिका अझै चलिरहेको छ । नगर प्रवक्ताले बुढानीलकण्ठ नगरपालिकाका गतिबिधि भन्ने गर्दैनन् सोही अनलाइनमार्फत बढाइचढाई तथा देवत्वकरण गरेर समाचारहरू प्रकाशित हुने गरेको छ । सूचना विभाग तथा प्रेश काउन्सिलमा दर्ता नै नभै नगरपालिकाले चलाइरहेको अनलाइनमा समाचारप्रधान प्लेटफार्म हो । यसमा नगरपालिकाका गतिबिधि तथा जनप्रतिनिधिको बढाइचढाई हुने गर्दछ । बुढानीलकण्ठ न्युज नामको यस अनलाइन पत्रिकाको…

Read More

काठमाडौं । दीपक निरौला चतुर छन् भन्ने कुरा भनिरहनु पर्दैन । कहिलेकाँहि उनी चाहिनेभन्दा धेरै चतुर पनि बन्छन् । राष्ट्रिय राजनीतिमा पार्टी अध्यक्ष केपि ओलीको निवाससम्मै पुग्ने हैसियत राख्ने उनी नेतृत्व गर्न सक्ने गुणका धनी मानिन्छन् । गत निर्वाचनमा पैसा बाँडेको आरोप लागेपछि जित्ने चुनाव हारेको भनिएका निरौला यतिखेर बुढानीलकण्ठ केन्द्रित राजनीतिमा घनिभूतरूपमा रमाइरहेका छन् । नेकपा एमालेले बुढानीलकण्ठ नगरपालिकाको १३ वटै वडा अधिवेशन सकेको छ । सर्वविदितै छ, सबै वडामा नेता निरौलाले नै चाहेको नेतृत्व स्थापित भएको छ । आगामी चैत्र १६ र १७ गते नगर अधिवेशन गर्ने तयारी भैरहेको अबस्थामा निरौलाको सक्रियता झनै बढेको छ । यो अधिवेशन कपन…

Read More

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले अब नेतृत्व महिलाले लिनुपर्ने बताएकी छिन् । बुढानीलकण्ठ नगरपालिका वडा नं ११ ले आयोजना गरेको महिला दिवससम्बन्धि कार्यक्रममा उनले अब स्थानीय ,प्रदेश र संघीय निर्वाचनमा महिलाले नेतृत्व लिनुपर्ने बताएकी हुन् । सामान्य अरूबेलाभन्दा आक्रोशित मुद्रामा देखिएकी अनिताले महिलाहरू फेशबुक र टिकटकको कोकोकोला फिगरमा रमाएको भन्दै अब नेतृत्व लिन तम्सन आँट गर्न पनि भनेकी छिन् । मेयर मिठाराम अधिकारीको निवास नजिकैको वडामा आएर उनले अब नेतृत्व लिने पालो महिलाको मात्र भनिनन् पूर्व मेयर उद्धव खरेलको जमेर तारिफ पनि गरिन् । वर्तमान मेयरसँग सम्बन्ध राम्रो नभएको भनेर चर्चा चलिरहेको बेला उपमेयर अनिताले कपन पुगेर उद्धव खरेलको…

Read More

काठमाडौं । यसपटक गृहमन्त्री बन्न निकै गारो पर्यो रवि लामिछानेलाई । रविलाई गृह नदिए कांग्रेसले उपयोग गर्छ भन्ने डर बढेपछि बल्ल प्रचण्डले उनलाई गृह दिने निर्णय गरेका थिए । गृह रविलाई दिनु हुँदैन भन्ने माओवादी केन्द्र र एमालेभित्रका नेतृत्व वर्गमै ठूलो तप्का हुँदा हुँदै पनि गठबन्धन बन्न नपाइ ढल्न सक्ने देखिएपछि रविलाइ गृह दिने निर्णय गरिएको थियो । अतः नेपालको गृहमन्त्री रवि लामिछाने बनेका छन् । रवि किन गृहका लागि यति मरिहत्ते गरिरहेका थिए ? यो प्रश्न अनि उत्तर सबैसँग छ । एक त असुलीवाला मन्त्रालय दुई बिभिन्न गृहमन्त्रालयसम्बन्धि मुद्धामा फेसका उनी सुरक्षित हुन चाहन्छन् । गृह मन्त्रालयको स्वाद चाखिसकेका…

Read More

काठमाडौं । नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ । नेताहरुका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् । पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदार भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् । महासेठ र अधिकारी बाहेक सबै अघिल्लो पटक प्रचण्ड सरकारमा मन्त्री भएका थिए ।

Read More

काठमाडौं ।  सरकारमा जाने नेकपा एकीकृत समाजवादीले निणर्य गरेसँगै २ मन्त्रालय पाउने भएको छ  । सो पार्टीले कुन कुन २ मन्त्रालय पाउने भन्ने कुरा भने अझै तय भएन । यसअघि आजै पार्टीको सचिवालयले सरकारमा जाने निणर्य लिएको थियो । यस्तै सो पार्टीले प्रदेश सरकारमा एक मुख्यमन्त्री समेत लिने निर्णय बैठकमा गरेका थियो ।

Read More

काठमाडौं ।अर्थमन्त्रालय दावी गरिरहेको एमालेले अन्त्यमा नपाउने भएको छ । अर्थमन्त्रालय नपाएसँगै विष्णु पौडेल सरकारमा नजाने भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एमाले सचिव रघुवीर महासेठको नेतृत्वमा सहभागी हुने भएको छ । मन्त्रालय भागवण्डा टुंगो लगाउन बसेको सत्ता गठबन्धनको कार्यदलको बैठकले केही मन्त्रालय टुंगो लगाएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलकै अनुसार महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री बन्नेछन् । त्यस्तै माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र वर्षमान पुन अर्थमन्त्री बन्नेछन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय पाउने एमाले उपाध्यक्ष पौडेलले बताए ।

Read More