अहिलेको काठमाडौं सहरलाई ‘कान्तिपुर’अघि ‘पूर्णवती’, ‘गांगुलापत्तन’, ‘सुवर्ण प्रणाली नगर’ आदि नामले पुकारिन्थ्यो । तथापि मध्यकालमा सबैभन्दा धेरै प्रचलित नाम ‘कान्तिपुर’ थियो । भाषा वंशावलीअनुसार, ‘कान्तिपुर’ नाम ‘कान्तीश्वर महादेव’बाट आएको हो । ऐतिहासिक कान्तीश्वर महादेव भएकै एक चोक हो– इन्द्रचोक । इन्द्रचोकको स्थापना कसले र कहिले गर्याे होला ? भन्ने विषयमा अनेकानेक तर्क सुन्न पाइन्छ । तर भाषा वंशावलीले भने यसको स्थापना शिवदेव प्रथम गरेका हुन् भन्ने उल्लेख गरेको छ । श्री राजा शंकरदेवले १२ वर्ष राज्य गरेपछि राजधानी शहर बनाउने इच्छा गरी जग्गा विचार गरी हेर्दा वाग्मतीका उत्तर विष्णुमतिका पूर्व भागमा जग्गा ठहराई सहर बनाउने सबै सर्जाम तयार गरी…
Author: Kathmandu Khabar
काठमाडौं । सरकारले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको निष्कर्षसहित नेपालमा टिकटकको प्रयोगमा रोक लगाउन कात्तिक २७ गते मन्त्रिपरिषदबाट निर्णय गरेपछि समर्थन र विरोधमा बहस जारी छ । अन्य सामाजिक सञ्जालले कम्युनिटी गाइडलाइनविरुद्धका सामग्री हटाउने गरे पनि टिकटकले रियलटाइमका सामग्री हटाउन नसकेको बरु लाइभ भिडियोहरु रेकर्ड गरी अन्य सामाजिक सञ्जालमा समेत शेयर गर्ने गरेकाले टिकटकको नियमन सम्भव नभई प्रयोगमा नै रोक लगाउनुपरेको सरकारले स्पष्ट गरेको छ । सामाजिक सद्भाव र नागरिकको सुरक्षाका लागि टिकटकमा रोक लगाइएको सरकारको भनाइ छ । टिकटकले नागरिकको डाटा सुरक्षा गर्न नसकेको, नागरिकको गोपनीयताको हनन हुनु…
रौतहटको चन्द्रपुर नगरपालिका-१ मा रहेको सेनबंशीय राजा गोल्माको दरबार संरक्षणको पर्खाइमा छ । संरक्षणको पर्खाइमा रहेको तत्कालीन बाइसे र चौबिसे राज्यकालका शेनबंशीय राजा गोल्माको दरबार क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने गरी अहिले गोल्माराजा बौद्ध बिहार जुटेको छ । उक्त क्षेत्रको विकासका लागि थाइल्याण्डले सहयोग गर्ने भएको छ । यही १० मंसिरमा थाई सरकारको सहयोगमा दुई करोड रुपैयाँ पर्ने साढे ९ फिटको बैरीबिनाश भगवान बुद्धको मूर्ति स्थापना गर्ने तयारी छ । सो क्षेत्रलाई ध्यानकेन्द्रको रूपमा समेत विकास गरिने भिक्षु मेधंकर स्थवीरले जानकारी दिए । उनकै खोज अनुसन्धानबाट ३५० वर्ष पहिलेको सो दरबार गोल्मा राजारानीको रहेको खुलेको हो…
सिनेमा, साहित्य र संगीतमा बंगाली समुदायको ठूलो नाम छ। सत्यजीत रे, विमल राय, ऋतिक घटक, ऋतुपार्नो घोष, अपर्णा सेन आदि केही प्रतिनिधि नाम हुन्। तर वर्तमान बंगलादेशी नागरिकका लागि ती नाम राजनीतिक हिसाबले पराइ देशको नामसरह भएको छ। बंगलादेश, भारत विभाजनपछि पूर्वी पाकिस्तान नाम दिइएको भूगोलका मान्छेहरूले विद्रोह गरेर बनाएको नयाँ देश हो। बंगाल सभ्यताको इतिहास केही शताब्दी परसम्मै तन्किए पनि सन् १९७१ मा जन्मेको बंगलादेशले धेरै कुरा फेरि नयाँ शिराबाट सुरू गर्नुपर्यो। गरिबी, अनिकाल, राजनीतिक अस्थिरता र हिंसात्मक घटनाक्रमका बीच अन्य क्षेत्रजस्तै यहाँको सिनेमा क्षेत्र पनि पिल्सिएको छ। बंगलादेशको सिनेमा क्षेत्रको मूल्यांकन यही सन्दर्भमा गर्दा धेरै उत्साहजनक…
काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम हिजाे बिहान १०.३ डिग्री सेल्सियस छ । ५ः४५ बजे काठमाडौंको तापक्रम १०.३ डिग्री सेल्सियस मापन गरिएको हो । आज दिउँसो काठमाडौंको तापक्रम २२ देखि २४ डिग्री सेल्यिससम्म पुग्ने मौसमविद् राजु प्रधानाङले जानकारी दिए । “केही हप्तायता काठमाडौंको तापक्रम १० डिग्री सेल्सियसको वरिपरि रहेको छ,” मौसमविद् प्रधानाङले बाह्रखरीसँग भने । अझै केही दिन १० डिग्री सेल्सियसको सेरोफेरोमा काठमाडौंको तापक्रम रहने उनको भनाइ छ । “तत्कालै धेरै चिसो बढ्ने अहिले देखिँदैन । यो मौसमअनुसार नै विस्तारै तापक्रम घट्दै जानेछ” उनले भने । केही हप्तायता उच्च पहाडी र हिमाली भू–भागमा हिमपात हुँदै आएको छ । तर…
काठमाण्डाै – विस्तृत शान्ति सम्झौता भएको आज १८ वर्ष लागेको छ । तत्कालीन विद्रोही माओवादी र सरकारबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो । दश वर्षभन्दा लामो द्वन्द्व अन्त्य गरेको घोषणासहित सरकार र तत्कालीन नेकपा माओवादीले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौतापछि तत्कालीन माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागी हुन बाटो खुलेको थियो । देशमा राजनीतिक परिवर्तन भयो । तर शान्ति सम्झौताअनुसार केही उपलब्धि र काम भए पनि सङ्क्रमणकालीन न्याय अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन । सम्झौतामा उल्लेख भएअनुसार…
भित्री मनको अभिव्यक्तिलाई कुनै पनि भौतिक वस्तुमा व्यक्त गर्नुलाई कला भनिन्छ । कला मानवको उत्पत्ति सँगसँगै विकसित भएको पाइन्छ । जब मानवले सभ्यताको विकसित क्रममा पाइला टेक्यो त्यस अवस्थादेखि नै कलाको विकास गर्दै आएको देखिन्छ । कृषि युगको थालनी सँगसँगै मानवले स्थायी बसोबासको प्रकृया अपनायो, त्यतिखेर देखि नै उसले आफ्नो भावनालाई कलात्मक बनाउने प्रयास गर्यो । यसरी नै आफ्नो क्षमता प्रदर्शन गर्न मन्दिर तथा मूर्तिहरूको कलात्मक रूपले विकास गर्यो । मानवले प्राग्ऐतिहासिक कालदेखि नै प्रतिमा निर्माण गर्ने कार्यकोथालनी गर्यो भन्ने कुराको प्रमाण हामीले भारतमा मुर्तिपूजाको उत्पत्तिको खोजी गर्दा सिन्धुघाटीको सभ्यतासम्म पुग्न सकिन्छ । यहाँको उत्खन्बाट सिन्धुवासीहरू पनि देवी देवताको…
नेपाल संवत् कछलाथ्व नवमीको दिनलाई ज्वार नवमी भनिन्छ । यस दिन विशेष गरी भोगटेको अमिलो खाने गरिन्छ । हुन त स्वन्ती नख: (तिहार) लगत्तैको नवमी भएकै कारण पनि यस दिन भोगटे मोलेर खाने गरिएको हो । भोगटेसँगै सुन्तला, बिमिरोको अमिलोमा दहीमा राखेर मोलेर खाने गरिन्छ । यस ज्वार नवमीको अर्को विशेषता भनेको जुवा खेल्नु हो । जुवा तास खेल्नु भनेको वैधानिकरूपमा गैरकानुनी कार्य हो । तर यस दिन जुवाअन्तर्गत कौडा खेल खेल्ने, तास खेल्ने गरिन्छ । मल्लकालतिर यस दिन जुवा खेल्न छुट रहेको छ भन्ने मान्यता रहेको छ अर्थात् जुवा खेले पनि कुनै कानुन लाग्दैन भन्ने गरिन्थ्यो । धनेशराज…
हङ्गकङ्ग सरकारले करिब १८ वर्षपछि नेपालीका लागि भिसा खुलाएको छ। अब नेपाली ट्यालेन्टहरूका लागि रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बनाइएको छ। सन् २००५ मा भिसा रोकिएपछि हङकङमा नेपालीलाई प्रवेश कठिन भएको थियो। चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका प्रमुख कार्यकारी जोन लीले बुधबार आफ्नो नीति सम्बोधनमा नेपाली प्रतिभा (ट्यालेन्ट) हरूका लागि हङकङ प्रवेशको मापदण्डमा छुट दिइएको घोषणा गरेका हुन्। एक वर्षदेखि हङकङको प्रमुख कार्यकारी रहेका लीको यो दोस्रो नीति सम्बोधन हो, जसमा उनले नेपाल, भियतनाम र लाओसबाट आउने प्रतिभाहरूका लागि भिसाको मापदण्डमा छुट दिइने उल्लेख गरेका छन्। जोन लीले आफ्नो नीति सम्बोधनको ५७ नम्बरको तेस्रो बुँदामा…