Author: Kathmandu Khabar

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा काठमाडौँ ५ का सांसद प्रदीप पौडेलेको नेतृत्वमा जाजरकोटमा १००० अस्थायी घर टहरा निर्माण सुरू भएको छ । जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित क्षेत्रमा एक हजार घर निर्माण गर्ने नेपाली कांग्रेसको निणर्य बमोजिम जाजरकोट जिल्ला नलगाड नगरपालिका वडा नं ०५ मा अस्थाई घरटहरा निर्माण कार्य सुरु भएको सांसद पौडेलले बताएका छन् । काम गरिरहेको तस्वीर सार्वजनिक गर्दै सांसद पौडेलले काम सुरू भएको जानकारी दिएका हुन् ।

Read More

काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं.११ पर्ने अधिकारी मोडको बाटो बिग्रिएको लामो समय भैसकेको छ । ठेक्का लागेर पनि निर्माण सुरू नभएको यो बाटोका बारेमा  ह्यान्डबल मैदानदेखि अधिकारी मोडसम्म स्थानीयले पटकपटक वडा कार्यालय र मेयरलाइ ध्यानाकर्षण गर्दा पनि कसैले चासो नदेखाएपछि सडक कालोपत्रे बनाउन दवाब दिने हेतुले  एक रुपैयाँ संकलन  गरेका हुन्।  सवारी साधानको चाप बढ्दा आकाशेधाराबाट कंपन गुम्बा जाने यो बाटो वरपरका घरमा बसिन नसक्नु धुलो हुने गरेको छ । मेयर मिठाराम अधिकारीको निवासबाट मुस्किलले सय मिटरको दुरीमा रहेको यो सडकको दुराबस्थाबारे मेयरलाइ गुनासो गर्दा ेकही नलागेको स्थानीयवासी दिक्दारी पोख्छन् । मेयरले कहिल्यै पनि यो बाटो बनाउनका लागि पहल…

Read More

नेपाल सम्बत्अन्तर्गत कछलाथ्व नवमीको दिनलाई ज्वार नवमी भनिन्छ । यस दिन विशेष गरि भोगटेको अमिलो खाने गर्दछ । हुनत स्वन्ती नखः (तिहार) लगतैको नवमी भएकै कारण पनि यस दिन भोगटे मोलेर खाने गरिएको हो । भोगटे संगै सुन्तला, बिमिरोको अमिलोमा दहि राखेर मोलेर खाने गर्दछ । ज्वार नवमीको अर्को बिशेषता भनेको जुवा खेल्नु हो । जुवा तास खेल्नु भनेको बैधानिक रुपमा गैरकानुनी कार्य हो । तर यस दिन जुवा अन्तर्गत कौडा खेल्ने, तास खेल्ने गरिन्छ । मल्लकाल तिर यस दिन जुवा खेल्न छुट रहेको भन्ने मान्यता रहेको छ । अर्थात यो दिन जुवा खेलेपनि कुनै कानुन लाग्दैन भन्ने गर्दछ…

Read More

काठमाडौं । ४९ जना सदस्यको अविश्वासको तरबार बोकेर हेटौडा पुगेर एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङ्ग फुटबलको राजनीतिमा थप बलियो बनेका छन् । करिब एक वर्ष अघि तत्कालिन अध्यक्ष कर्माछिरिङ्ग शेर्पाका विरोधीहरुको गठजोडमा चुनाव जितेका नेम्वाङ्गले हेटौडाको विशेष महाधिवेशनबाट फुटबल राजनीतिमा थप शक्ति आर्जन गरेका छन् । गत साता हेटौडामा अविश्वासको प्रस्ताव फेस गर्दै नेम्वाङ्गले ८७ मध्य ५२ भोट प्राप्त गरेका छन् । जुन झण्डै एक तिहाईको नजिक हो । एक वर्ष अघिको एन्फाको केन्द्रिय चुनावमा नेम्वाङ्गले ४५ मत पाएका थिए । नेम्वाङ्गले प्राप्त गरेको मतमा नेम्वाङ्गसँग आफ्नो सानो समूह, गणेश थापाको समूह, कर्माछिरिङ्ग शेर्पा विरोधी समूहको मतको जोड थियो । …

Read More

भारतीय सोसल मिडियास्टार नव्यश्री(मञ्जु थापा) को पहिलो सर्ट फिल्म ‘महाकाली’ को पोस्टर सार्वजनिक भएको छ । १० डिसेम्बर २०२३ मा  ओएसआर नेपाल डिजिटलमार्फत रिलिज हुने महाकाली फिल्म यतिखेर धमाधम छायाँकन भैरहेको छ । भारतमा सोसल मिडियाका क्षेत्रमा परिचित नव्यश्री अहिले नेपालमा आफ्नो करियरको पहिलो फिल्मको तयारीमा व्यस्त छिन् । फिल्मको पोस्टर  हालै सार्वजनिक भएको छ ।  ‘महाकाली’ नाम रहेको फिल्म दुई साधारण केटीको माता कालीको भक्ति र त्यसको शक्तिमा आधारित छ । यो सर्ट फिल्म ‘महाकाली’ १० डिसेम्बर २०२३ मा ओएसआर  डिजिटलमा रिलिज हुँदैछ । नव्यश्री (मञ्जु थापा)ले फिल्म क्षेत्रमा आफ्नो करियर बनाउन नेपालबाट यात्रा थालेकी छिन् ।  उनी…

Read More

काठमाडौं। काठमाडौंमा दुईजना महिला नक्कली नोट सहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका-१२ कपन डेरा गरि बस्ने ओखलढुंगा कुईवीर गाउँपालिका-४ की ४१ वर्षीया मैया कुमारी घिमिरे र शंखरापुर नगरपालिका-७ डेरा गरि बस्ने सिन्धुपालचोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा रहेका छन्। सिर्जनाको साथबाट १ हजार दरको १४० थान र कुमारीको साथबाट १ हजार दरको २१  थान नक्कली नोट बरामद गरेको प्रहरीले जानकारी दिएको छ। सिर्जना र मैया कुमारीले नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधरमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले शंखरापुर नगरपालिका-७ कोलागालमा अपरेसन संचालन गरेको थियो। सिर्जनालाई सोमबार राती साँखुबाट र प्रहरी…

Read More

दक्षिणपन्थी लिबर्टी एडभान्स गठबन्धनका हाभियर मिलेले अर्जेन्टिनाको राष्ट्रपति पदमा अर्थमन्त्री सर्जियो मासालाई पराजित गरेको निर्वाचन प्राधिकरणको प्रारम्भिक नतिजाले देखाएको छ। आधिकारिक नतिजा आउनुअघि नै हार स्वीकार गर्दै मासाले आगामी चार वर्षका लागि देशको राष्ट्रपति हुने माइलीलाई बधाई दिएका हुन्। सरकारले जारी गरेको आधिकारिक तथ्याङ्कअनुसार ८६.५९ प्रतिशत मत गणनामा माइलीले ५५.९५ प्रतिशत मत ल्याएका छन् भने मासाले ४४.०४ प्रतिशत मत प्राप्त गरेका छन्। आइतवार भएको मतदानमा ७६.३९ प्रतिशत मतदान भएको थियो। माइली वर्तमान राष्ट्रपति अल्बर्तो फर्नान्डेजका उत्तराधिकारी हुनेछन् र डिसेम्बर १० मा चार वर्षको कार्यकालका लागि पदभार ग्रहण गर्ने तयारी छ।

Read More

काठमाडौं। विश्‍वका अधिकांश अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी फ्री पसल संचालनमा छन्। विमानस्थलमा ओहोरदोहोर गर्ने यात्रुले भन्साररहित वस्तु किन्न पाउँछन्।कर छुट हुने भएकाले महँगा सामान किन्न यात्रुको भिड लाग्ने गर्छ। तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने त्यो सेवा १५ वर्षदेखि बन्द छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले १५ वर्षपछि पुनः ड्युटी फ्री पसल सञ्चालनमा ल्याउने भएको छ। प्राधिकरणले अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थानतर्फको पहिलो तल्लामा रहेको २६.११ वर्गमिटर र आवागमनतर्फ अध्यागमन नजिकै ७५.८ वर्गमिटर क्षेत्रफलमा ड्युटी फ्री पसल सञ्चालनमा ल्याउन टेण्डर आह्‍वान गरेको छ। पर्यटन मन्त्रालयले गत वर्ष साउनमा पर्यटन क्षेत्र पुनरुत्थानका लागि ७३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी फ्री पसल…

Read More

अहिलेको काठमाडौं सहरलाई ‘कान्तिपुर’अघि ‘पूर्णवती’, ‘गांगुलापत्तन’, ‘सुवर्ण प्रणाली नगर’ आदि नामले पुकारिन्थ्यो । तथापि मध्यकालमा सबैभन्दा धेरै प्रचलित नाम ‘कान्तिपुर’ थियो । भाषा वंशावलीअनुसार, ‘कान्तिपुर’ नाम ‘कान्तीश्वर महादेव’बाट आएको हो । ऐतिहासिक कान्तीश्वर महादेव भएकै एक चोक हो– इन्द्रचोक । इन्द्रचोकको स्थापना कसले र कहिले गर्याे होला ? भन्ने विषयमा अनेकानेक तर्क सुन्न पाइन्छ । तर भाषा वंशावलीले भने यसको स्थापना शिवदेव प्रथम गरेका हुन् भन्ने उल्लेख गरेको छ । श्री राजा शंकरदेवले १२ वर्ष राज्य गरेपछि राजधानी शहर बनाउने इच्छा गरी जग्गा विचार गरी हेर्दा वाग्मतीका उत्तर विष्णुमतिका पूर्व भागमा जग्गा ठहराई सहर बनाउने सबै सर्जाम तयार गरी…

Read More

काठमाडौं । सरकारले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको निष्कर्षसहित नेपालमा टिकटकको प्रयोगमा रोक लगाउन कात्तिक २७ गते मन्त्रिपरिषदबाट निर्णय गरेपछि समर्थन र विरोधमा बहस जारी छ ।  अन्य सामाजिक सञ्जालले कम्युनिटी गाइडलाइनविरुद्धका सामग्री हटाउने गरे पनि टिकटकले रियलटाइमका सामग्री हटाउन नसकेको बरु लाइभ भिडियोहरु रेकर्ड गरी अन्य सामाजिक सञ्जालमा समेत शेयर गर्ने गरेकाले टिकटकको नियमन सम्भव नभई प्रयोगमा नै रोक लगाउनुपरेको सरकारले स्पष्ट गरेको छ ।  सामाजिक सद्भाव र नागरिकको सुरक्षाका लागि टिकटकमा रोक लगाइएको सरकारको भनाइ छ । टिकटकले नागरिकको डाटा सुरक्षा गर्न नसकेको, नागरिकको गोपनीयताको हनन हुनु…

Read More