Author: Kathmandu Khabar

मंसिर ७ गते बुढानीलकण्ठ नगरपालिकामा पर्व विदा दिइएको छ । नगरपालिकाले एक सूचना प्रकाशित गर्दै बिहीबार मंसिर ७ गते नगरपालिका एवम् अन्तर्गतका कार्यालय र शैक्षिक संस्थाहरूमा पर्व विदा दिइएको बताएको छ । नगरपालिकाले बिदा दिइएकोले नगरपालिकाका सबै सेवा बन्द हुने बताउँदै बिदा हरिबोधनी एकादशी मेला भर्नका लागि दिइएको पनि उल्ल्लेख गरेको छ । यसैबीच नगरपालिकाले बुढानीलकण्ठ मन्दिरमा ५ दिन भव्य मेला आयोजना गरिने जनाएको छ । एक पत्रकार सम्मेलन गर्दै नगरपालिकाले बुढानीलकण्ठ मन्दिरको गरिमा एवम् महिमालाइ आत्मसात गर्न मेलाले भूमिका निर्वाह गर्ने बताएको छ । मन्दिर प्राङ्गणमा आयोजित पत्रकार भेलामा मेला आयोजना र यसको उपादयताका बारेमा उपमेयर अनिता…

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेताहरुले गरेका गल्तीमा जनतासँग हजारपल्ट माफी माग्नुपर्ने बताउँदै व्यवस्थाप्रति गलत टिप्पणी नगर्न आग्रह गरेका छन् । उनले नवलपुरमा भएको कांग्रेसको एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । “वरिपरिका केही कुरा देखेका छौँ । नागरिकमा तीव्र असन्तुष्टि या अलमल छ । कोही किसानलाई भेटेँ भने रिसाएको देखिन्छ, रिसाउनुपर्ने कारण पनि छ,” थापाले भने, “जुन सहरमा पनि सटर छाडेर भागेको अवस्था छ । सहकारीको ऋण तिर्न सकेको छैन । नेपाल पहिला कसले छाड्ने भन्नेमा तछाडमछाड गरिरहेकोजस्तो लाग्छ । छटपटाहट देखिन्छ । अब लुकाएर हुँदैन । यसको बारेमा चर्चा र चिन्तन गर्नैपर्ने हुन्छ ।”उनले…

Read More

राजा प्रताप मल्लका पालामा स्थापना भएको सिंहदरबार बैद्यखाना अहिले समस्याग्रस्त रुपमा अगाडि बढेको छ । सुरुका दिनमा दरबारका मानिसलाई मात्र आयुर्वेद औषधिको व्यवस्था गर्दै आएको सिंहदरबार बैद्यखानाले विस २००८ देखि सर्वसाधरणलाई समेत औषधी विक्रिवितरण गर्दै आइरहेको छ । सुरुमा आयुर्वेद विभागअन्तर्गतको आयुर्वेद औषधि निर्माण गर्ने सिंहदरबार बैद्यखानाको नामले परिचित उक्त संस्था विसं २०५१ को गठन आदेशअनुसार विसं २०५२ साउनदेखि सिंहदरबार बैद्यखाना विकास समितिको नामबाट सञ्चालित हुँदै आएको छ । कुनै समय वैद्यखानाले देशमा उपलब्ध रहेको प्राकृतिक जडीबुटीको प्रयोग गरेर लगभग एक सय ८५ प्रकारका आयुर्वेदिक औषधिको उत्पादन गर्ने गरेकामा अहिले च्यवनप्रास बाहेकका उत्पादन हुन सकेको छैन । विसं २०५२ देखि…

Read More

काठमाडौं । विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ब्राजिललाई हराएको छ ।  ब्राजिलको घरेलु मैदान माराकाना रंगशालामा भएको खेलमा अर्जेन्टिनाले १–० को जित निकालेको हो । विश्वकप फुटबलको छनोटमा ब्राजिलको यो लगातार तेस्रो हार हो । उरुग्वेविरुद्धको खेलमा स्टार फरवार्ड नेयमार चोट बोकेर मैदान बाहिरिएपछि ब्राजिल तीनै वटा खेलमा पराजित बनेको छ ।  ब्राजिलले उरुग्वे, कोलम्बिया र अर्जेन्टिनासँग लगातार तीन खेल हार ब्यहोरेको हो । तनावपूर्ण खेलमा अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले ६३ औं मिनेटमा विजयी गोल गरेका थिए । कर्नरबाट प्राप्त बलमा उनले हडमार्फत गोल गर्न सफल भएका थिए ।  खेल सकिन ९ मिनेट अघि जोयलिङ्टन रातो कार्ड खादै मैदान…

Read More

काठमाडौँ ।  सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डाटा चोरि हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको हो ।  नेपाल सरकार मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयबाट पूर्णरूपमा प्रसारणमा बन्देज लगाएको सामाजिक सञ्जाल टिकटक भिपिएन, डिएनएसजस्ता असुरक्षित र अवैध माध्यमबाट सञ्चालन भइरहेको भन्ने सूचना प्राप्त भएको उल्लेख गर्दै ब्यूरोका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले त्यसको प्रयोग नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ । ब्यूरोले भिपिएन, डिएनएसको प्रयोगले प्रयोगकर्ताको डिभाइसमा रहेका महत्तवपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणको समेत…

Read More

भगवान् विष्णुसँग सम्बन्धित संसारकै शक्तिशाली मन्दिरमध्ये एक हो नेपालस्थित बुढानीलकण्ठ मन्दिर । किंबदन्तीलाई आधारमान्ने हो भने उपत्यकामा बस्ती विकासको सुरूवाततिर भेटिएको यो मन्दिर विशाल प्रस्तरमा खोपिएको जलाशयी भगवान नारायणको मुर्ति हो । हिन्दूका साथै बौद्ध धर्मावलम्वीको पनि समान आस्थाको केन्द्रबिन्दु रहेको बुढानीलकण्ठ मन्दिरको स्वरूप काठमाडौँका धेरै देवालयझैँ बस्ती भित्रको मन्दिरका रूपमा रहेको छ । काठमाडौँको उत्तर भेक शिवपुरीको फेदीमा रहेको मन्दिरको ऐतिहासिकता, प्राचीनता जति बैभबशाली रहे पनि व्यवस्थापकीय असक्षमताका कारण यस मन्दिरको महत्वबारे चौतर्फि प्रचार हुन सकेको छैन । एकातिर पशुपतिनाथ, बौद्धनाथ मन्दिरको ख्यातीलाई बढि प्राथमिकता दिँदा बुढानीलकण्ठजस्ता कतिपय अति प्राचीन मन्दिर महत्वको विशालताभित्र परेन भने अर्कोतिर व्यवस्थापकीय भूमिकामा रहेका पक्षहरूको अकर्मण्यताले मन्दिरको वातावरण बेलाबेला बिथोलिएको देखिन्छ ।  ०४५ सालमा…

Read More

सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा प्रमुख दलहरूले भागबण्डा गरेका छन्। जसमा नेपाली कांग्रेस निकट कानुन व्यवसायी र एमाले निकट कानुन व्यवसायीबाट एक–एक जनालाई न्यायाधीश बनाइएको छ।  माओवादीको लागि एक जना कोटा छुट्याइएको छ। सर्वोच्च अदालतमा ७ जना न्यायाधीश रिक्त भए पनि माओवादीको कोटाबाट नाम आउन नसक्दा मंगलबार ६ जना मात्रै न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको हो। जसमा चार जना उच्च अदालतका न्यायाधीश हुन्। अब एक जना पनि वकिलकै कोटाबाट न्यायाधीश बन्ने न्याय परिषद्का एक सदस्यले बताए। ‘यो पनि वकिलकै कोटा हो। तर माओवादीनिकट कानुन व्यवसायीका लागि छुट्याइएको कोटाबाट नाम आउन नसकेपछि सिफारिस हुन सकेन, त्यही भएर एक जना खाली राख्नुपर्‍यो’,…

Read More

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आइसिसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता श्रीलंकाबाट सारेको छ।  आइसिसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेसँगै आगामी जनावरी र फेब्रुअरी हुने यू-१९ विश्वकप क्रिकेट अब दक्षिण अफ्रिकामा गर्ने भएको छ। आइसिसीको बोर्ड बैठकले सर्वसम्मत रुपमा विश्वकप श्रीलंकाबाट दक्षिण अफ्रिका सारेको हो। दक्षिण अफ्रिकामा यसअघि यू-१९ महिला विश्वकप २०२३ र यू-१९ विश्वकप २०२० आयोजना भएको थियो।यसपटकको विश्वकपमा नेपालसहित १६ टिमले भाग लिँदैछन्। विश्वकपमा नेपाल समूह ‘डी’ माछ। समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्।यसअघि श्रीलंका क्रिकेटमाथि राजनीतिक हस्तक्षेप भए भन्दै आइसिसीले निलम्बन गरेको थियो। क्रिकेट श्रीलंकाका पदाधिकारी र खेलकुदमन्त्री रोशनरण सिङ्घेबीच एक वर्षदेखि विवाद चल्दै आएको थियो।…

Read More

काठमाडौँ– नेपाली कांग्रेसले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रका पीडित परिवारलाई यथाशीघ्र अस्थायी घर टहरा निर्माण गर्न स्वयंसेवक टोली त्यसतर्फ पठाउने भएको छ । महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा बसेको पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य एवं भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाको बैठकले सो सम्बन्धमा निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन् । बैठकले अति जोखिममा रहेका पीडित परिवारलाई यथाशीघ्र अस्थायी घर टहरा निर्माण गरी सहयोग पुर्‍याउने उद्देश्यले एक निर्माण विज्ञ, दुई जना दक्ष मिस्त्री र सात जना स्वयंसेवक रहने गरी १०-१० जनाको समूह बनाई पहिलो चरणमा १३ समूह सम्बन्धित क्षेत्रमा पठाउने निर्णय गरेको छ । ती समूहले एक हप्ता…

Read More

बाह्रै महिना खेतबारीको काम गर्ने। गोठमा हल गोरु पाल्ने, ग्रामीण क्षेत्रका किसानको पहिचान हो। पाखो बारीमा मकै, गहुँ र जौ खेती। खेतमा तोरी र धान फलाउने उनीहरुको मुख्य काम हो। एक दशकअगाडि सम्म बागलुङका धेरै जसो किसानका गोठमा हल गोरु हुन्थे। गोरुले जोतेरै सयौँ रोपनी खेतबारीमा बाली लगाइन्थ्यो। तर पछिल्लो समय खेतीयोग्य जमिनमा वनमारा पलाउन थालेका छन् भने हल गोरु पनि पाइँदैनन्। बजार क्षेत्रमा दशकअगाडि देखि नै आधुनिक प्रविधिको प्रयोग गरेर खेतबारी खनजोत गरिन्थ्यो भने गाउँमा त्यो सुविधा थिएन। हिजोआज यो सुविधा गाउँगाउँसम्म पनि पुगेको छ। आधुनिक प्रविधिले किसानलाई सहज बनाए पनि पुरानो संस्कृति भने हराए। ग्रामीण क्षेत्रका…

Read More