Author: Kathmandu Khabar

त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगत जननी माता सीता बिच भएको विवाहको सम्झनामा जनकपुरधाममा मनाइने साताव्यापी सिताराम विवाह पञ्चमी महोत्सव मंगलबारबाट सुरु भएको छ  । विवाह पञ्चमी महोत्सवको पहिलो दिन नगर दर्शनको कार्यक्रम भएको जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले जानकारी दिएका छन् । भगवान राम र सीताको प्रतिक बनाइएका बालबालिकालाई रथमा बसाएर पहिलो दिन जनकपुरधाम नगरको दर्शन गराइएको छ । नगर दर्शन कार्यक्रममा साधु सन्तले विभिन्न प्रकारका झाँकीसहित सयौंको संख्यामा श्रद्धालु भक्तजनको सहभागिता रहेको थियो । उक्त अवसरमा विभिन्न प्रकारका मांगलिक गीत प्रस्तुत गरिएको थियो । पहिलो दिनको कार्यक्रम सकिएको र बुधबार दोस्रो दिन फुलबारी लिलाको कार्यक्रम…

Read More

मनाङ । जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करिब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ ।  प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङ सदरमुकाम चामे आसपासका क्षेत्रमा माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ । तापक्रम मापन गर्दा अत्यन्त कम देखाउँदै गएको उनले बताए । जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको उनले बताए । प्रजिअ लामिछानेले भने, “चिसोले धारामा पानी जमेको छ भने खोलानालामा पनि पानी जम्दै…

Read More

काठमाडौं । नक्कली शैक्षिक प्रमाण पत्र प्रयोग गरेको आरोपमा नेपाल ख्रीस्टियन महासंघका निलम्बित अध्यक्ष चरीबहादुर गहतराज (सीबी) पक्राउ परेका छन् । उनले प्रयोग गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलेपछि जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको परिसरका प्रवक्ता एवम् एसपी कुमोद ढुङ्गेलले जानकारी दिएका छन् ।सीबीलाई सिंहदरबार क्षेत्रबाट पक्राउ गरी अनुसन्धान भइइरहेको पनि एसपी ढुङ्गेलले बताए । ललितपुरको गोदावरीका गहतराजको शैक्षिक प्रमाणपत्र छानबिन माग गर्दै गत भदौ ३ गते उजुरी परेको र त्यसका आधामा विश्वविद्यालयलाई पत्राचार गर्दा उनको शैक्षिक प्रमाण पत्र नक्कली तथ्य फेला परेका थियो ।क्रिश्चियन धर्म प्रचारक उनले ‘महाअभियान’ नामको पत्रिका जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गर्दा स्नातक…

Read More

महेन्द्रनगर । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत् रुपमा सुरु भएको छ । त्रेतायुगमा भगवान् राम एवम् जानकीको वैदिक विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको सम्झनामा हरेक वर्ष मङ्सिर शुक्ल पञ्चमी तिथिको दिन पौराणिक विधिअनुरुप मनाइँदै आएको छ । सप्ताहव्यापी रामजानकी विवाह महामहोत्सवको पहिलो दिन आज नगरदर्शन भइरहेको छ । गोस्वामी तुलसी दासकृत रामायणमा वर्णित भएनुसार मिथिला नरेश राजर्षि जनकद्वारा गरिएको प्रतिज्ञालाई अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम भगवान् रामले धनुष तोडेर पूरा गरेकाले जानकीको विवाह उनीसँग भएको थियो । यसपालि मङ्सिर २६ गतेदेखि पुस २ गतेसम्म सप्ताहव्यापीरुपमा मनाइने श्रीरामजानकी विवाह महोत्सवका लागि स्वागतद्वार, पण्डाल निर्माण तथा विवाह सामग्री…

Read More

काठमाडौं । ‘एजुकेशन इन्टरनेशनल, एसिया प्रशान्त क्षेत्र’ले गरेको अध्ययनले यस क्षेत्रका सामुदायिक तथा निजी शिक्षालयका शिक्षकको मानव अधिकार, श्रमिक अधिकार तथा सेवा सुविधाको समग्र अवस्था निराशाजनक रहेको निचोड निकालेको छ । सो सङ्गठनले आज यहाँ प्रतिवेदन सार्वजनिक गर्दै कतिपय देशमा आन्दोलनका क्रममा शिक्षकहरू हिंसात्मक निशानामा परेको, कतिपय मुलुकका प्राज्ञिक स्वतन्त्रता नभएको, श्रमिक अधिकारको निर्वाधरुपमा प्रयोग गर्न नपाएको, शिक्षाका नीति र कानुनमा शिक्षक सङ्गठनहरुसँग परामर्श नगरिएकालगायतका समस्या रहेको औँल्याइएको छ । एसिया प्यासिफिकका ३६ मध्ये २४ मुलुकका ३७ उत्तरदाताका जवाफलाई विश्लेषण गरिएको अध्ययनमा यस क्षेत्रका २९ दशमलव ७३ प्रतिशत सामुदायिक र १० दशमलव ८१ प्रतिशत निजी विद्यालयका शिक्षकहरुलाई जवाफदेहीका रुपमा संलग्न…

Read More

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी उन्नाइस वर्षमुनि (यु–१९)को एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ। दुबईको आइसिसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा आज भएको खेलमा भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ । नेपाल समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । आजको जितसँगै भारतले प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । भारतले अफगानिस्तानलाई सात विकेटले हराएको थियो भने पाकिस्तानसँग भने आठ विकेटले पराजित भएको थियो । आजको खेलमा नेपालले भारतलाई जितका लागि ५३ रनको सामान्य…

Read More

नेपालमा सबैभन्दा व्यवस्थित खानालाई जनाउनका लागि ‘चौरासी व्यञ्जन’ भनिन्छ। यसमा ८४ विभिन्न व्यञ्जनहरू छन्। नेपालीमा चौरासी शब्दको अर्थ ८४ र व्यञ्जन भनेको खाना हो । त्यसैले यसलाई चौरासी व्यञ्जन भनिन्छ । यो खाना सामान्यतया विवाह र दूध छुटाउने समारोहहरूमा खाइन्छ। हामीले खाने भोजन हाम्रो शरीरमा परिवर्तन हुने र यसैले हाम्रो प्राणको रक्षा गर्ने हुँदा यिनीहरूलाई निर्धारित विधि अनुशरण गरेर ग्रहण गर्नु जरुरी हुन्छ। चौरासी व्यञ्जनमा पर्ने खाजाका परिकारहरू : हासको छोएला, भुतेको जौको सातु, जन्ग्लि बदेल डामेको, बोकाको रक्ति भुटेको, सपु मिचा, बोकाको भित्र्यास भुटेको, खसिबोकाको भुटन, च्याउ सादेको, माछा तारेको, दालको बारा, फापरको रोटी, बिरौला, भुटेको चिउरा, सिरौला, बट्टाइ…

Read More

अहिले आधुनिक घर सजावटको विधिका कारण परम्परागत शैलीमा घर बनाउने चलन दुर्लभ भइसकेको छ । दुई पाखे पाली र झिँगटीको छाना भित्र हुने हरेक गतिविधि नियाल्न अहिले काठमाडौं उपत्यकामा त सम्भव नै छैन । उपत्यका बाहिर समेत यस्तो संरचनाहरु लोपोन्मुख अवस्थामा छन् । एउटा सानो पाली र अर्काे धुरी ढाक्ने मूल पाली को संरचनामा झण्डै दर्जन झ्याल भएको घर देख्न अहिले मुस्किल छ । मल्लकालीन संरचनाको एउटा जीर्ण चिनोको रूपमा ललितपुर लगायत केही दरबार क्षेत्रका संरचनाहरु देख्न सकिन्छ । तर ती संरचनाहरुमा पनि आधुनिकताको झल्को पाउन थालिसकिएको छ । झण्डै एक शताब्दी अघि नेपालको अध्ययनका लागि आएका विभिन्न विदेशी विद्वानहरूले…

Read More

अस्ट्रेलिया सरकारले आउँदो दुई वर्षभित्र आफूले स्वीकार गर्ने विदेशी आप्रवासीको सङ्ख्या आधा घटाउने जनाएको छ। देशको बिग्रिएको आप्रवासन प्रणालीलाई लयमा फर्काउने उद्देश्यले त्यसो गर्न लागिएको उसको भनाइ छ। अस्ट्रेलियाले सन् २०२५ को जुन महिनाभित्र देशमा वार्षिक भित्रिने आप्रवासीको सङ्ख्या घटाएर अढाई लाख बनाउने लक्ष्य राखेको छ। त्यो सङ्ख्या कोभिड महामारीअघिको जस्तै छ। नयाँ योजनाअनुसार अन्तर्राष्ट्रिय विद्यार्थी र न्यून सीप भएका कामदारलाई भिसा दिने नियममा पनि त्यति सहज हुने छैन। अस्ट्रेलियामा आप्रवासन अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हुनाले आवास तथा भौतिक पूर्वाधारमा चाप बढेको छ। तर दक्ष कामदारको अभाव छ र तिनलाई आकर्षित गर्न अस्ट्रेलिया सङ्घर्षरत छ। गृहमन्त्री क्लेर ओ नीलले सोमवार…

Read More

काठमाडौँ । तामाङ्ग कलाकारहरुको छाता संगठन नेपाल तामाङ्ग कलाकार संघले ‘तामाङ्ग मौलिक सेलो संगीत महोत्सव’ को आयोजना गर्ने भएको छ । तामाङ्ग जातिको मौलिक गीत, संगीत, सभ्यता र संस्कृतिको उत्थान तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको बताइएको छ । मंसिर २९ र ३० गते राजधानीको बौद्धस्थित हायात होटलको प्राङ्गणमा कार्यक्रम हुने संघका अध्यक्ष विशाल काल्तानले बताए । तयारी अन्तिम चरणमा पुगिसकेको उल्लेख गर्दै उनले महोत्सवले हराउँदै गएको तामाङ्ग पहिचानलाई बचाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे । थुप्रै तामाङ्ग कलाकारले महोत्सवमा सांस्कृतिक प्रस्तुति दिने कार्यक्रम छ । यो तेस्रो पटक आयोजना गर्न लागिएको हो । तामाङ्ग जातिको सांस्कृतिक…

Read More