काठमाडौं–४ मा नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले ज्ञानेश्वरस्थित नारायणचौर मतदान केन्द्रबाट मतदान गरेका छन्।
मतदानपछि उनले लोकतन्त्रको पर्वमा सबै मतदातालाई उत्साहका साथ सहभागी हुन आग्रह गर्दै आफूले पनि आफ्नो मताधिकार प्रयोग गरेको बताएका छन्।
उम्मेदवार तिमल्सेनाले भने, “आजको निर्वाचन लोकतन्त्रलाई मजबुत बनाउने महत्वपूर्ण अवसर हो। काठमाडौं–४ का सम्पूर्ण मतदातालाई उत्साहका साथ मतदानमा सहभागी हुन अनुरोध गर्दछु।”
काठमाडौं–४ का विभिन्न मतदान केन्द्रहरूमा बिहानदेखि नै मतदाताको उत्साहजनक सहभागिता देखिएको छ। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा पारिएको छ।

