

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका आजदेखि सुरु हुने भएको छ। यही चैत्र ५ गते त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित विभिन्न अङ्गिक क्याम्पसहरूमा उन्नल गइरहेको निर्वाचनका लागि आज सङ्घ संस्था तथा समूह दर्ताको काम हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयले जारी गरेको सूचना अनुसार विद्यार्थी सङ्घ तथा उम्मेदवारी दिने संस्था दर्ताका लागि सङ्गसङ्गठन समूहको लेटरप्याडमा निवेदन पेस गर्नुपर्नेछ । आधिकारिक २ जनाको नमुना हस्ताक्षर सहित आफ्नो सङ्घ सङ्गठनको समिति / कमिटीको नामावली उल्लेख गर्नुपर्नेछ ।
आधिकारिक हस्ताक्षर प्रयोग गर्ने दुई जनाको विद्यार्थी परिचय पत्र पेस गर्नु पर्नेछ । त्यस्तै सङ्घ/सङ्गठन/समूहको केन्द्रीय समिति भए केन्द्रीय अध्यक्ष/सभापति/संयोजक/प्रमुखको पत्र सहित नाम र फोन नम्बर समेत अनिवार्य उल्लेख गर्नुपर्नेछ ।