

काठमाडौं । पशुपतिको सम्पत्तिमा भ्रष्टाचार गरेको मुद्दामा एमाले नेता निर्मल कुइँकेलसहित ९ जनालाई सर्वोच्च अदालतले दोषी ठहर गरेको छ । पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिएर भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतको फैसला उल्टाउँदै बुधबार सर्वोच्चले यस्तो फैसला गरेको हो ।
न्यायाधीश कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले एमाले नेता कुइँकेललाई छ वर्ष कैद र ८३ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको सर्वोच्चको ठहर छ। उनले जरिवाना भने यसको दोब्बर तिर्नुपर्नेछ। कुइँकेल पशुपतिका पू्र्व सदस्यसचिव हुन् ।
कुइँकेलपछि हाल कोसी प्रदेशसभाका सचिव गोपाल पराजुली, पूर्व सदस्य सचिव सुशील नाहटा, तत्कालीन स्थानीय विकास अधिकारी प्रेमराज जोशी, तत्कालीन जिविसकै योजना अधिकृत भीष्मकुमार मल्ल र राजुकुमार रेग्मीलाई पनि कैदसहितको सजाय तोकिएको हो ।