जाजरकोटको नलगाड नगरपालिका–८ जिकुवास्थित पञ्च भयार माविको विद्यालय भवन भूकम्पले भत्किएपछि पठनपाठन सुरु गर्न टेन्ट निर्माण गरिँदै । तस्बिरः हेमन्त केसी÷रासस
Author: Kathmandu Khabar
काठमाण्डौ – आज बिहान उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व सकिएको छ। हिजो अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिएर राति जाग्राम बसेका व्रतालुहरुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरेका हुन् । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा मनाइने छठ तराईमा बस्ने भोजपुरी र मैथली भाषी हिन्दु समुदायको मुख्य पर्व हो । नेपालमा तराई क्षेत्रमा सीमित यो पर्व केही वर्षदेखि काठमाण्डौ उपत्यका तथा विभिन्न पहाडी जिल्लामा पनि मनाउन थालिएको छ ।
सरकारले भूकम्पपीडितका टहरा निर्माणका लागि पाँच जिल्लामा पैसा पठाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको हो। जाजरकोट, रूकुम पश्चिम, बझाङ, बाजुरा र सल्यान जिल्ला प्रशासन कार्यालयमा पैसा पठाइएको हो। जाजरकोट र पश्चिम रुकुमका लागि ५०-५० करोड रुपैयाँ पठाइएको छ। बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा भएको हो। प्राधिकरणले निकासाबारेको बोधार्थ गृह मन्त्रालयमा पठाएको छ। भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान दिने कार्यविधि २०८० हालै जारी भएको थियो। भूकम्प पीडित प्रति…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको दुई दिने केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ। काठमाडौँको स्वयम्भू स्थित स्टार ब्याङ्ग्वेदमा बिहान ७ बजेदेखि केन्द्रीय समितिको बैठक सुरु भएको पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। यो बैठक आइतबार साँझ सकिने र बैठकमा भएको छलफल र निष्कर्षको जानकारी त्यसपछिको पत्रकार सम्मेलन मार्फत जानकारी दिने झाले बताए । आजबाट सुरु हुने बैठकमा संसदमा छलफलमा रहेका विभिन्न विधेयक र अध्यादेशको बारेमा पार्टीको धारणा बनाउने पार्टी केन्द्रीय सदस्यहरूबीच पार्टीको संरचना समीक्षा रणनीति सबलीकरण र जागरण लगायत विषयमा छलफल हुने पार्टीले जनाएको छ।
हुन त अचेल नौलखा हारको अर्थ नौ लाख मुल्य पर्ने हार नै हुन्छ तसर्थ अचेल जो कोहीले पनि बनाउन सक्दछन् । तर जुन बेला यो नौलखा हारको नाम रहन गयो त्यो बेला भने यो बहुमुल्य थियो । जो कोहीको लागि किन्न वा बनाउन सम्भव थिएन । करिव २०० वर्ष अगाडि नौ लाख मुल्यको यो हार जङ्गबहादुरको समयमा नै करिव ९० लाखको थियो । तसर्थ अहिलेको तुलना गर्ने हो भने अनुमान नै गर्न सक्दैनौ । यो अरबौं रुपैया पर्न सक्छ । १७औं शताव्दीमा मराठा राज्यमा पेशवाहरु खानदानी प्रधानमन्त्री थिए । त्यतिबेला प्रधानमन्त्रीलाई पेशवा भनिन्थ्यो । र खानदानी रुपमा प्रधानमन्त्री हुँदै…
कोशी प्रदेशको भोजपुर नगरपालिका-१२ टक्सार बजार जिल्लाको मात्र नभई देशकै एक महत्त्वपूर्ण ऐतिहासिक, औद्योगिक तथा सांस्कृतिक नगरी हो। ०७० सालअघि यो टक्सार गाविसको रूपमा जिल्लामा छुट्टै पहिचान बनाएको स्थल थियो। राष्ट्रिय जनगणना, २०६८ अनुसार यहाँको कूल जनसंख्या ३ हजार ३५० छ। कूल क्षेत्रफल २०.७२ वर्ग किलोमिटर रहेको यो बजार समुद्र सतहदेखि ३५०० फुट उचाइमा अवस्थित छ। ऐतिहासिक कालमा माझ किराँत प्रदेशको खिकामाछा थुमअन्तर्गत रहेको यस बजारलाई खिकामाछा बजार भनिन्थ्यो। यो थुम तत्समयमा किरातहरूद्वारा शासित थियो। विसं १८७० तिर यस थुमनजिकै पश्चिमतर्फ रहेका दुई गाउँहरू सिरिसे र धोदलेखानी तथा पूर्वमा याङ्पाङको खानीखोलानजिक तामा र फलामको खानी फेलापरेपछि ती खानीबाट तामा…