काठमाडौं । मिठाराम अधिकारी नगरप्रमुख भएसँगै बुढानिलकण्ठमा ढलाने विकासले तीव्रता लिएको छ । विश्वव्यापीरूपमै सडकमा ढलान गर्न नहुने अवधारणमा व्यापक जनचेता जगाइँदै गरिएको अबस्थामा मिठाराम अधिकारीको नगरपालिकाले प्रमुख प्राथमिकता नै ढलाने विकास र भवन निर्माणलाई दिइरहेको छ । विकास भनेकै ’ढलान’ भन्ने अवधारणाका मिठाराम अधिकारीको सोचलाई साकार बनाउन नगरपालिकाले चालु आर्थिक वर्षमा ५० वटा साना र मझौला सडक ढलानका लागि पूजिगत बजेट व्यवस्था गरेको छ । ढलान भन्नाले बुढानीलकण्ठमा विकास मात्र हैन त्यो दृष्य – अदृष्य र मनग्य आम्दानीको श्रोत भनेर व्याख्या हुने गर्छ । फलानाको घरबाट फलानाको घरसम्म जाने ८ देखि १२ फुटे सडकहरू ढलान गर्न नगरपालिकाले प्रमुख कामका रूपमा…
Author: Kathmandu Khabar
काठमाडौं । काठमाडौं महानगरपालिकाले थप चारवटा अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । महानगरले कलंकीस्थित सहिद मेमोरियल, नेपाल नेसनल, चाबहिलको दीर्घायु गुरु हस्पिटल एन्ड रिसर्च सेन्टर, र ओम अस्पतालको फोहोर संकलनमा रोक लगाएको हो ।महानगरको वातावरण व्यवस्थापन विभागले कलंकी क्षेत्रका अस्पतालमा गएको शुक्रबार र चाबहिल क्षेत्रका अस्पतालमा आइतबार (आज) अनुगमन गरेको थियो । ल्याण्डफिल साइट इन्चार्ज इन्जिनियर सरकारदीप श्रेष्ठका अनुसार ती अस्पतालहरूमा फोहोर छुट्याउने मापदण्ड पालना नगरेको, निसंक्रमित गर्ने प्रक्रिया गलत भएको, वातावरणीय प्रदूषण फैलाउने गरी फोहोर संकलन गरी राखिएको पाइएको थियो ।यसअघि महानगरले कान्ति बाल अस्पताल, एभरेस्छ अस्पताललगायतमा पनि फोहोर संकलनमा रोक लगाएको थियो ।
काठमाडौं । दक्षिण कोरियाले पछिल्लो समय नेपालीलाई पहिलो प्राथमिकतामा राखेर श्रमिकको माग गर्न थालेको छ । यससँगै रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिने नेपालीको सङ्ख्या पनि बढ्दो छ । सन् २०२४ मा उत्पादनतर्फ १५ हजार ८४८ जनाका लागि माग आएकोमा एक लाख ६५ हजारभन्दा बढीको आवेदन पर्नुले पनि यसलाई पुष्टि गर्छ । दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले जुन देशले छिटो श्रमिक पठाउन सक्छ त्यही देशलाई बढी कोटा दिने नीति लिएको छ । त्यसै अनुसार यस पटक सबैभन्दा धेरै कोटा नेपालले पाएको छ । सन् २०२४ मा माग भएको भाषा परीक्षामा एक लाख ६३ हजार ६३५ जना सहभागी भएका छन् ।…
काठमाडौं : नेपाल वाफ महिला च्याम्पियनसिप फुटबलमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले समूहको शीर्ष स्थानमा रहेर अन्तिम चारमा स्थान बनाएको। नेपाल लगातार तेस्रो जितका साथ ९ अंक जोड्दै शीर्ष स्थानमा रह्यो। नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ले २, रेखा पौडेल र गीता रानाले १-१ गोल गरे। जारी खेलमा साम्बाले ८ गोल गरिसककी छन्। उनी गोल्डेन बुटको दाबेदार हुन्। इराक विरुद्ध उनी उक्लैले ५ गोल गरिन्। पहिलो हाफको ४०औ मिनेटमा रेखाको पासमा साम्बाले गोल गर्दै खाता खोलेकी थिइन्। दोस्रो हाफको ५९औ मिनेट साम्बाको प्रहार पोस्टमा लागेर फर्केपछि रेखाले गोल…
काठमाडौं । सिम्पल आर्ट्सले छब्बिसौं सिम्पल सम्मान प्रदान गरेको छ । बानेश्वरमा आयोजित एक कार्यक्रममा समाजसेवी शोभित उप्रेती, साहित्यकार मधुसूदन प्रसाद घिमिरे, शिक्षासेवी केदारप्रसाद तिमल्सिना, चलचित्र निर्माता तथा बितरक सरोज शर्मा,गायक तथा सङ्गीतकार सुर्य दयालु र कलाकार सरिता लामिछानेले छब्बिसौं सम्मान पत्र प्राप्त गरेका हुन् । बिभिन्न स्रष्टाहरूका हातबाट सम्मानितहरूलाइ खादा, रूद्राक्ष, टीका तथा सम्मानपत्र प्रदान गरिएको थियो । सम्मानितको तर्फबाट कलाकार सरिता लामिछानेले मन्तव्य राखेकी थिइन् । कार्यक्रममा गीतकार नारायण कुमार आचार्यलाई आजीवन सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो । संस्थापक अध्यक्ष केशव सान्दाइले स्वागत मन्तव्य, सबिना बयलकोटीको स्वागत नृत्य र ममता मृदुलको सुसेली गायनसँगै कार्यक्रम सुभारम्भ गरिएको थियो ।
काठमाडौँ । काठमाडौँ उपत्यकामा वढ्दै गएको वायु प्रदुषणको अवस्थामा सुधार ल्याउने काममा समुदायको सहभागिता र सचेतना बढाउन आज हाँडीगाउँको अंशुवर्मा डवलीबाट ‘हावाको कुरा गरौँ’ अभियान सुरु भएको छ ।काठमाडौँ महानगरपालिकाले युएसएड, स्वच्छ हावा परियोजनासँगको सहकार्यमा अभियान थालनी गरेको हो । कार्यक्रमको थालनी हुनुअघि नारायण चौरबाट पैदल मार्गको यात्रा गर्दै प्रदुषण नियन्त्रणको सचेतना अभिवृद्धि कार्यक्रम गरिएको थियो । वायु प्रदुषण कम गर्नको लागि सवारी साधन प्रयोग नगर्दा पनि हुने ठाउँमा हिड्ने सस्कृतिको विकास गर्न आवश्यक रहेको कार्यक्रमका प्रवक्ता नविन मानन्धरले बताए ।‘वायु प्रदुषण बढाउने प्रदुषक तत्वमध्ये सवारी साधन मुख्य कारण हुन् । यसको प्रयोग कम गराउने, सवारी प्रयोग नगर्दा हुने ठाउँमा नचलाउने…
काठमाडौं । नेपाली कांग्रेसभित्रको हिन्दुराष्ट्र अभियानका अभियान्ताहरू कांग्रेस प्रभाव विभाग प्रमुख मीन विश्वकर्मासँग आगो भएका छन् । संस्थापन समूहले पार्टीको महासमिति बैठकमा हिन्दुराष्ट्र स्थापनाको एजेन्डाले स्थान नदिन भूमिका खेलेको तथा तुच्छ अभिव्यक्ति दिएको भन्दै उनीहरू विश्वकर्मासँग् रूष्ट भएका हुन् । कांग्रेस महासमिति बैठकका निष्कर्ष औपचारिक रुपमा सुनाउन पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा विश्वकर्माले दिएको अभिव्यक्तिप्रति अभियन्ताले चुनौति दिएका छन्। अभियानका संयोजक शंकर भण्डारीले कांग्रेसले हिन्दुराष्ट्रको एजेन्डा वेवास्ता गरे पार्टीलाई ठूलो क्षति पुग्ने चेतावनी पनि दिएका छन्। उनले देशलाई सनातन हिन्दु राष्ट्रको रुपमा आत्मसात् नगर्नु दुर्भाग्य भएको भन्दै कांग्रेसले विगतको गल्तीलाई सच्याउनुपर्ने बताए। बहुमत महासमिति सदस्यहरूले सनातन हिन्दू राष्ट्रको पक्षमा समर्थन गरेको…
घर अगाडिको सडकमा सवारी साधन गुडीरहन्छन् । सवारी साधनमा मानिस कम र खाद्यान्नलगायत अन्य उपभोग्य र निर्माण सामग्री बढी हुन्छन् । सडकबाट धेरै जसो घरमा ताल्चा लगाइएको र घरवरिपरि वनमाराको झाडी देखिन्छ । यो दृश्य पश्चिम म्याग्दीको मालिका गाउँपालिका-६ मा पर्ने दिच्याम गाउँको हो । यहाँका दिच्याम, निस्कोट, रुम, देविस्थानलगायत गाउँमा हिजोआज यस्तो दृश्य देखिन थालेको छ । करिब डेढ दशक अघिसम्म म्याग्दीका यी गाउँहरु रमाइला दखिन्थ्ये । गाउँघरमा वरपर, तल-माथि बस्ती बाक्लो थियो । सबै घरमा मानिस भरिभराउ हुन्थे । चाडपर्वमा गाउँमा छुट्टै रौनक र उल्लासमय वातावरण हुने गर्दथ्यो । साथीभाइको ठूलो जमघट हुने गर्दथ्यो । दसैँ तथा विभिन्न…
काठमाडौं : लुम्बिनी प्रदेशसभा सदस्य जानकी प्रसाद यादव निलम्बित भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कपिलवस्तु ३(२)मा विजयी भएका यादव प्रदेशसभा सदस्यबाट निलम्बित भएका हुन्। अख्तियारदुरुपयोगअनुसन्धानआयोगलेयादवविरुद्धविशेषअदालतमामुद्दादायरगरेकोछ। काठमाडौंमा सार्वजनिक सम्पत्ति (वन पैदावार)को हानिनोक्सानी गरेको उनीमाथि आरोप छ।प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले यादवको उक्त मुद्दाको अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछन्।
काठमाडौं । पछिल्ला समय प्राकृतिक तथा धार्मिक स्थलको रूपमा लिइने बागद्वार हाइकिङ जानेहरुको लर्को लाग्ने गरेको छ । यसरी प्रकृतिमा रमाउन जानेहरूले जंगल तथा वागद्वार क्षेत्रमा फोहर पनि गरेर फर्किन्छन् । यसरी गरिएका फोहरलाई सफ़ा गर्न भनेर बुढानीलकण्ठ युथ सर्कलले फागुन १२ गते एक कार्यक्रम राखेको थियाे । नियमितरूपमा बिभिन्न सामाजिक गतिबिधिमा संलग्न रहँदै आएको बुढानीलकण्ठ युथ सर्कलले फागुन ५ गते तय गरेको कार्यक्रम सारेर फागुन १२ गते सारेको थियो । नागी गुम्बाको बाटो हुँदै बागद्वार जाने वैकल्पिक मार्ग तथा वागद्वार सफा गर्ने हेतु हाइकिङ कार्यक्रम आयोजना गरेर बुढानीलकण्ठ युथ सर्कल उक्त क्षेत्रको सरसफाइमा जुटेको हो । ५६ जना सहभागि टोलीले…