Author: Kathmandu Khabar

काठमाडौं । दोश्रो राष्ट्रिय बाल नाटक मेला २०८० शुक्रबारबाट सुरु भएको छ । नाटक मेलाको राष्ट्रिय नाचघरमा पूर्व वाणिज्यमन्त्री मीन विश्वकर्माले उद्घाटन गरे । फागुन २७ गतेसम्म हुने मेलामा देशभरका ११ वटा विद्यालयका नाटकहरु फाइनलमा पुगेका छन् । नाटक मेलाको उद्घाटन गर्दै पूर्वमन्त्री विश्वकर्माले समाज पनि पञ्चतत्वबाट नै बनेकोले समाज समान ढंगले विकसित हुन पाँच नीति आवश्यक हुने बताए । ‘राजनीतिक नीति, आर्थिक नीति, सामाजिक नीति, धार्मिक नीति र सांस्कृतिक नीति, यी सबै नीति एकसाथ चल्नु पर्दछ ।’ तर अहिले सबैतिर राजनीतिक नीति मात्र हावी भएको भन्दै उनले भने । सबैतिर राजनीति हावी भएकाले समाजको एकनासको विकास हुन नसकिरहेको उनको…

Read More

काठमाडौँ । माझी समुदायको महान प्रकृतिक चाड लदि पर्व तथा घाट पुजाको अवसरमा माझी राष्ट्रिय गीतको लोकार्पण गरिएको छ । माझी चलचित्र कर्मी संघले शनिबार काठमाण्डौको चाबहिल स्थित चलचित्र बिकास बोर्डमा आयोजित शुभकामना तथा बृहत साँस्कृतिक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री सुसिला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यतामा उक्त गीत लोकार्पण गरिएको हो । सो राट्रिय गितलाई माझी समुदायका एक बौद्धिक व्यक्तित्व, लेखक तथा चलचित्र निर्देशक, माझी गित, सगिंत र साहित्यका पिता, माझी भाषा र इतिहासका ज्ञाता, सोम कुस्कुमाझीले लेखेका हुन भने माझी किंगले सुपरिचित दर्जनौ माझी तथा नेपाली गितमा स्वर तथा संगित भरिसकेका गायक एंव  नायक यमन माझीले…

Read More

काठमाण्डौ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज र भोलि देशका धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पञ्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा आज सुदूरपश्चिम प्रदेश, कणर्ाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा तथा बाग्मती प्रदेशको पहाडी भेगका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै कोशी प्रदेशको पहाडी भेगका एक दुुई ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । आज सुदूरपश्चिम प्रदेश, कणर्ाली प्रदेश, गण्डकी प्रदेश र बाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँ तथा कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक वा दुई ठाउँमा हल्कादेखि मध्यम…

Read More

काठमाडौं । देशभरका स्थानीय तहले मनपरी दरबन्दी सिर्जना गरेर कर्मचारी भर्ना गर्न थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रोक्ने तयारीमा जुटेको छ । प्रदेश र स्थानीय तहको संगठन संरचना र दरबन्दी सिर्जना व्यवस्थापनसम्बन्धी राष्ट्रिय मापदण्ड बनाउने निणर्य गरिएको हो । सामान्य प्रशासन मन्त्री अनिता देवीको अध्यक्षमा बसेको विषयगत समितिको शुक्रबारको बैठकले यसका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निणर्य गरेको छ । स्थानीय तहहरुलाई आफू खुशी कर्मचारी दरबन्दी सिर्जना गर्न नदिने गरी राष्ट्रिय मापदण्ड बनाउनुपर्ने निष्कर्षमा मन्त्रालय पुगेको हो । प्रदेश र स्थानीय तहहरुले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम सर्भे) बनाई अनावश्यक जनशक्ति भर्ना गर्न खोजेको भन्दै संघीय…

Read More

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले कस्ता प्रोजेक्टलाई नगर गौरव आयोजना भन्छ ? भनेर सोधखोज गर्यो भने आश्चर्यचकित कुरा हात पर्छ । त्यसैगरी यस नगरपालिकाले कस्ता कस्ता विषयलाई नगर गौरव बनाउन चाहदैन ? भन्ने विषय सोधखोज गर्यो भने पनि सबैलाई ताज्जुब लाग्न सक्छ । पहिले नगरपालिकाले ‘नगर गौरव योजना’ भनेका विषयतिर जाऔँ । बुढानीलकण्ठ नगरपालिकाले यस आर्थिक वर्षमा नगर गौरव आयोजना भनेर नगरपालिकाकै वार्षिक नगर विकास योजना २०८०/०८१  पुस्तका लेखेको ११ विषयमा एउटा विषय हो, ‘जिप फ्लायर’ राख्ने । देशैभर निजी क्षेत्रले बिजनेस गरिरहेको मध्यम लगानीको  जीप फ्लाएर बनाउने भनेर बुढानिलकण्ठ नगरपालिकाले जगहसाइँ नै गरेको छ । देशैभर दर्जनौँ जिप फ्लायर बनेका…

Read More

विश्वका एक अर्बभन्दा धेरै मानिसमा मोटोपनाको समस्या देखिएको छ । ’द लान्सिट जर्नल’ मा भर्खरै प्रकाशित एउटा शोधपत्रका अनुसार सन् २०२२ मा ८८ करोड वयस्क र १५ करोड ९० लाख बालबालिका गरी एक अर्ब तीन करोड ९० लाख मानिसमा मोटोपनाको समस्या देखिएको हो । सन् १९९० को तथ्याङ्कसँग तुलना गर्दा मोटोपना हुने समसया वयस्कमा दुई गुणा र बालबालिकामा चार गुणाले बढेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) सँगको समन्वयमा एक हजार पाँच सय अनुसन्धानकर्ताहरूले विश्वभरिका २२ करोड मानिसको तौल र उचाइ अध्ययन गरेर प्रतिवेदन बनाएका हुन् । वरिष्ठ अनुसन्धानकर्ता तथा बेलायतको ’इम्पेरिअल कलेज’ का प्राध्यापक मजिद इजाटीले मोटोपनामा अस्वस्थकर खानाको…

Read More

काठमाडौं । सांसद गगन थापाको कार्यालयले आगामी आर्थिक वर्षका लागि केन्द्र, प्रदेश, नगर र वडामा पठाउने विकास निर्माणका योजना तहगत संकलन गर्न कांग्रेस इकाई समितिलाई पत्र काटेको छ । फागुन १८ गते काटिएको पत्रका अनुसार क्षेत्र नं ४ अन्तर्गत बुढानीलकण्ठ नगरपालिकाका ८ वटा वडामा फागुन २० देखि २२ सम्म योजना संकलन गरिने छ । सांसद कार्यालयले इकाई सभापति र वडा कार्य समितिलाई सम्बोधन गरेर लेखेको पत्रमा सांसद कार्यालयबाट खटिई आउने प्रतिनिधि र प्रदेश माननीयको उपस्थितिमा योजना संकलन गरेर वडाको आधिकारिक लेटर हेडमा चैत्र ५ सम्ममा सांसद कार्यालयमा आइपुग्ने गरी पठाउन भनिएको छ । योजना संकलन कार्यतालिका अनुसार फागुन २० गते वडा…

Read More

काठमाडौँको टोखा नगरपालिकाको सहकार्यमा कलोथ एन्ड फुड बैंक नेपालको आयोजनामा शुक्रबार टोखा नगरपालिका कार्यालयमा आयोजना भएको कपडा बैंक शुभारम्भ कार्यक्रममा मन्तव्य राख्दै नायक राजेश हमाल । रासस

Read More

काठमाडौं । लगातार २ खेल हारेको नेपालले नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजको तेस्रो खेलमा बिजय हासिल गरेको छ । नेपालले नामिबियामाथि ३ रनको विजय हासिल गरेको हो । नेपालले नामिबियालाई जितका लागि एक सय ८१ रनको लक्ष्य दिएको थियो । नेपालको जीतमा करन केसीको अन्तिम ओभर महत्वपूर्ण भूमिका रह्यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८० रन बनायो । नेपालका लागि कुशल मल्लले अर्धशतकीय इनिङ्स खेलेका थिए । १८१ रन टार्गेट लिएर मैदानमा उत्रिएको नामिबियाले निर्धारित ओभरमा १६५ रन बनायो । नेपालका लागि करन केसी,…

Read More

काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने मालपोत कार्यालयको प्रक्रियाविरुद्ध व्यवसायी अरुण चौधरीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । चौधरी अध्यक्ष रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.ले सर्वोच्च अदालतमा निवेदन दिएको हो । सरकारले अघि बढाएको प्रक्रिया बदर गर्न माग गर्दै चाँदबाग रेसिडेन्सीको तर्फबाट अदालतमा निवेदन परेको महान्यायाधीवक्ताको कार्यालयले जनाएको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारलाई विपक्षी बनाएर दिइएको निवेदनमा माग भएबमोजिम अन्तरिम आदेश दिने वा नदिने भन्नेबारे आज न्यायाधीश आनन्दमोहन भट्टराई र टेकप्रसाद ढुंगानाको इजलासमा बहस गर्दैछन् । सीआईबीले सरकारी जग्गा हिनामिना प्रकरणमा १८ माघमा अरुण…

Read More