काठमाडौं । लगातार २ खेल हारेको नेपालले नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजको तेस्रो खेलमा बिजय हासिल गरेको छ । नेपालले नामिबियामाथि ३ रनको विजय हासिल गरेको हो । नेपालले नामिबियालाई जितका लागि एक सय ८१ रनको लक्ष्य दिएको थियो । नेपालको जीतमा करन केसीको अन्तिम ओभर महत्वपूर्ण भूमिका रह्यो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८० रन बनायो । नेपालका लागि कुशल मल्लले अर्धशतकीय इनिङ्स खेलेका थिए ।
१८१ रन टार्गेट लिएर मैदानमा उत्रिएको नामिबियाले निर्धारित ओभरमा १६५ रन बनायो । नेपालका लागि करन केसी, दिपेन्द्र सिंह ऐेरी र सोमपाल कामीले २-२ विकेट लिए भने अभिनास बोहराले १ बिकेट लिएका थिए । एकसमय सहज जीतितर लम्किएको नामिवियालाइ ऐरी र बोहराले विकेट लिएर जीतको सम्भावना देखाएका थिए । लगभग हातबाट उम्किएको खेल करन केसीको अन्तिम ओभरमा कसिलो गरेपछि जीत सम्भव भएको हो ।