Author: Kathmandu Khabar

काठमाडौं ।  चितवन-रत्ननगरको शिशु निकेतन बोर्डिङ स्कुलको छात्रावासमा एक साता अगाडि मृत फेला परेकी १४ वर्षिया किशोरी सालीन पोखरेलको घटनाका बारेमा अनुसन्धानसहित टिकाटिप्पणीहरू जारी छन् । सामाजिक सन्जालवालाहरू यसलाई दोस्रो ‘निर्मला पन्त’ भन्दै उछाल्नेक्रम तीव्र छ भने प्रमुख दलका शीर्ष नेताहरूले समेत घटनाबारे बोल्न थालेका छन् । प्रारम्भिक अनुसान्धानमा बालिकाले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिए पनि फोरेन्सिक रिपोर्टका आधारमा प्रहरीले धेरै कुरा बताउनै बाँकी रहेको अबस्थामा बालिकाको मनोवैज्ञानिक पक्षका बारेमा पनि टिप्पणी भएको छ । १३ वर्षीया बालिकाको आत्महत्या वा हत्या भन्ने विषयमा उनका आमा बुबाप्रति गम्भीर औँला ठडिएका छन् । मिडिया तथा सामाजिक सन्जालमा सालीनका आमाबुबाका ठूला कुरा सुनिए…

Read More

काठमाडौं ।  आइतबार देशभर साधारणतया बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कणर्ाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ। यसैगरी मधेश प्रदेशसहित बाँकी तराईका थोरै स्थानहरूमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। आइतबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम बर्षाको साथै बाँकी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

कास्की । सुन्दर ढोका साथि सेवाका संस्थापक कार्यकारी निर्देशक स्व. विकास अधिकारीको स्मृतिमा आयोजित विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप २०८० पोखरामा भोलि आइतबारदेखि औपचारिक खेल सुरु हुँदैछ । नेपाल पत्रकार महासंघ कास्कीको सभा हलमा आज शनिवार विकास शिल्ड आयोजक समितिद्धारा आयोजित पत्रकार सम्मेलनमा अपांगता भएका व्यक्तिहरु अन्य व्यक्तिहरु सरह खेल्न सक्छन् भन्ने कुराको अपनत्व गराउन भोली फागुन २० देखि २१ गतेसम्म दुई दिने विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपको आयोजना गरिएको जानकारी दिएको हो । सुन्दर ढोका साथि सेवाको मुख्य प्रायोजनमा पोखरा रंगशाला र पुन समाजको बास्केटबल कोर्टमा आइतवार हुने प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उद्घाटन गर्ने…

Read More

काठमाडौं, फागुन १९ गते । देशका चार प्रदेशमा अहिले हल्का वर्षा भइरहेको छ । मौसम विज्ञान विभाग जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार गण्डकी, लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशमा सामान्य वर्षा भइरहेको छ । पश्चिमी  वायुको प्रभाव क्रमशः पूर्वतर्फ सर्दैगएकाले राति बागमती र कोशी प्रदेशमा पनि हल्का वर्षाको सम्भावना रहेको उनले बताए । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशको मौसम पूणर्तया बदली रहे पनि आज पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् अर्यालको भनाइ छ । उनका अनुसार भोलि पनि देशका सबै भूभागको मौसम आंशिकदेखि पूणर्तया बदली रही केही भूभागमा सामान्य वर्षाको…

Read More

काठमाडौं । बिदेशी पर्यटक आउने मुख्य सिजन नहुँदा पनि सन् २०२४ को सुरुदेखि नै नेपालमा विदेशी पर्यटकको घुइँचो लाग्न थालेको छ । नेपाल घुम्ने लक्ष्यसहित हवाई माध्यमबाट आउने पर्यटकको सङ्ख्या यो वर्षको पहिलो महिनादेखि नै बढेको हो । यस वर्षको फेब्रुअरी महिनामै ९७ हजार ४२६ जना पर्यटक नेपाल आइपुगेका छन। नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुअरी महिनामा मात्रै झन्डै १ लाख विदेशी नागरिक अध्यागमन विभाग (हवाई माध्यम) मार्फत नेपाल घुम्न आएका हुन् । नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्याको शीर्ष स्थानमा दक्षिण छिमेकी भारत छ । भारतबाट मात्रै यो दुई महिनामा ५० हजार पर्यटक नेपाल आएका छन् । भारतबाट धेरैजसो धार्मिक पर्यटक नेपाल…

Read More

काठमाडौं । नेपाल शिक्षक संघ बुढानीलकण्ठ नगर कार्यसमितिको चौथो प्रतिनिधिसभा सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको चौथो प्रतिनिधि सभामा बुढानीलकण्ठ शिक्षक संघको वर्तामान अबस्था र भावी योजनासँग सम्बन्धित प्रतिवेदन पेश गरिएको थियो । कार्यक्रममा ०७९ को शिक्षक सेवा आयोगबाट बढुवा सिफारीस भएका शिक्षकहरूलाई सम्मान गरिएको थियो । शिक्षक संघ बुढानीलकण्ठका अध्यक्ष मदनप्रसाद पौडेलको सभापतित्वका भएको कार्यक्रममा नेपाली कांग्रेस बुढानीलकण्ठ कार्यसमितिका सभापति राजाराम बुढाथोकी प्रमुख अतिथिका रूपमा आमन्त्रित थिए । कार्यक्रम नेपाल शिक्षक संघ नगर सचिव उमेश अधिकारीले संचालन गरेका थिए ।

Read More

काठमाडौं ।  त्रिकोणात्मक टी-२० आई सिरिजको शनिबार कीर्तिपुर मैदानमा नेपालले नेदरल्याण्डसलाई ६ विकेटले पराजित गरेको छ । १२१ रनको टार्गेट लिएर मैदानमा आएको नेपालले कुशल भुर्तेल, आशिफ शेख, गुल्सन झा र रोहित पौडेललाई गुमाएर लक्ष्य प्राप्त गरेको हो । नेपालका लागि कप्तान रोहित र गुल्शन झाले जीतयुक्त साझेदारी गरेका थिए । रोहितले ४६ रन बनाए भने गुल्सन झाले ३८ रन बनाए । यसअघि नेदरल्याण्डस १९.३ ओभरमा नेदरल्यान्ड्सले सबै विकेट गुमाएर १२० रन बनाएको हो।नेदरल्याण्डसलाई सस्तोमै समेट्न प्रतिश जिसी, करन केसी तथा कुशल मल्लले शानदार बलिङ गरेका थिए । प्रतिशले ३ विकेट लिए भने करन र कुशलले २ २ विकेट लिएका…

Read More

काठमाडौं । दोश्रो राष्ट्रिय बाल नाटक मेला २०८० शुक्रबारबाट सुरु भएको छ । नाटक मेलाको राष्ट्रिय नाचघरमा पूर्व वाणिज्यमन्त्री मीन विश्वकर्माले उद्घाटन गरे । फागुन २७ गतेसम्म हुने मेलामा देशभरका ११ वटा विद्यालयका नाटकहरु फाइनलमा पुगेका छन् । नाटक मेलाको उद्घाटन गर्दै पूर्वमन्त्री विश्वकर्माले समाज पनि पञ्चतत्वबाट नै बनेकोले समाज समान ढंगले विकसित हुन पाँच नीति आवश्यक हुने बताए । ‘राजनीतिक नीति, आर्थिक नीति, सामाजिक नीति, धार्मिक नीति र सांस्कृतिक नीति, यी सबै नीति एकसाथ चल्नु पर्दछ ।’ तर अहिले सबैतिर राजनीतिक नीति मात्र हावी भएको भन्दै उनले भने । सबैतिर राजनीति हावी भएकाले समाजको एकनासको विकास हुन नसकिरहेको उनको…

Read More

काठमाडौँ । माझी समुदायको महान प्रकृतिक चाड लदि पर्व तथा घाट पुजाको अवसरमा माझी राष्ट्रिय गीतको लोकार्पण गरिएको छ । माझी चलचित्र कर्मी संघले शनिबार काठमाण्डौको चाबहिल स्थित चलचित्र बिकास बोर्डमा आयोजित शुभकामना तथा बृहत साँस्कृतिक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री सुसिला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यतामा उक्त गीत लोकार्पण गरिएको हो । सो राट्रिय गितलाई माझी समुदायका एक बौद्धिक व्यक्तित्व, लेखक तथा चलचित्र निर्देशक, माझी गित, सगिंत र साहित्यका पिता, माझी भाषा र इतिहासका ज्ञाता, सोम कुस्कुमाझीले लेखेका हुन भने माझी किंगले सुपरिचित दर्जनौ माझी तथा नेपाली गितमा स्वर तथा संगित भरिसकेका गायक एंव  नायक यमन माझीले…

Read More

काठमाण्डौ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज र भोलि देशका धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पञ्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा आज सुदूरपश्चिम प्रदेश, कणर्ाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा तथा बाग्मती प्रदेशको पहाडी भेगका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै कोशी प्रदेशको पहाडी भेगका एक दुुई ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । आज सुदूरपश्चिम प्रदेश, कणर्ाली प्रदेश, गण्डकी प्रदेश र बाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँ तथा कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक वा दुई ठाउँमा हल्कादेखि मध्यम…

Read More