Author: Kathmandu Khabar

काठमाडौं । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ। चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादिको प्रयोग र मानवीय क्रियाकलापले गर्दा चराका सङ्ख्या घटेको हो। मिड–विन्टर वाटर वर्ड सेन्सस २०२४ अन्तर्गत यस वर्ष कोशीटप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ को सङ्ख्यामा चरा फेला परेको छ। गत वर्ष ५६ प्रजातिका सात हजार पाँच सय ७३ चरा रहेको तथ्याङ्क रहेको छ। बर्सेनि नयाँ–नयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि यस वर्षको गणनामा चराको प्रजाति र सङ्ख्यामा कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी…

Read More

काठमाडौं । बुढानीलकण्ठ वडा नं २ को कालिका पार्कमा पूणर्कदको धर्मेश्वर महादेव मन्दिर स्थापित गरिएको छ । स्थापित १३ फुट अग्लो महादेवको मूर्तिलाइ शिवरात्रीका दिन प्राण प्रतिष्ठा गरिने भएको छ । गो ल्फुटारमा रहेको खड्का पेट्रोल पम्मधनी अच्युत खड्काले निजी लागनीमा सो मन्दिर स्थापना गरेका हुन् । फागुन २५ गते परेको शिवरात्री पर्वको दिन बिहान ११ बजेबाट धर्मेश्वर महादेवको दर्शन गर्न सकिने कालिका पार्क समितिका अध्यक्ष शंकरप्रसाद गौतमले बाँडेको निमन्त्रणा पत्रमा जनाइएको छ ।

Read More

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स खेल्दै छन् । खेल टियु क्रिकेट मैदानमा मङ्गलवार बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । नेदरल्यान्ड्स ४ खेलबाट ५ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनल यात्रा तय गर्दा नेपालले ४ खेलबाट ४ अंक जोड्दै फाइनल खेल्न लागेको हो । नामिबिया भने ४ खेलमा ३ अंकसहित बाहिरिएको हो । यो सिरिजमा नेपाल र नेदरल्यान्ड्सको तेस्रो भेट हो । पहिलो भेटमा नेदरल्यान्ड्स र दोस्रो भेटमा नेपाल विजयी भएको थियो । पहिलो भेटमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको नेपालले दोस्रो भेटमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको थियो । सुरुवाती दुई खेलमा पराजित…

Read More

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेसहितको गठबन्धनमा फर्किएपछि मन्त्रालय बाँडफाँटको जोड घटाउ सुरु भएको छ। २०७९ पुस १० मा बनेको एमालेसहितको गठबन्धन छाडेर २०७९ फागुनमा कांग्रेसलाई भित्र्याएपछि एक वर्ष सरकारको नेतृत्व गरेका प्रचण्डले फेरि कोल्टे फेरेका छन्।प्रचण्डले कोल्टे फेर्दा नागरिकता विवादमा गृहमन्त्री र सांसद पद पनि गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि मन्त्रीको दौडमा निस्किएका छन्। यस्तोमा एमाले र माओवादीसहित नयाँ गठबन्धनको वार्ता अघि बढिरहँदा रविले आफूलाई गृहमै फर्काइदिन प्रस्तावसमेत राखेका थिए। तर, यसपटक उनले गृह मन्त्रालय पाउने सम्भावना करिब सकिएको छ। रविले गृहमा अडान राखे पनि एमाले र माओवादी नेताहरूबीचको संवादमा उनलाई त्यो मन्त्रालय दिन सक्ने सम्भावना…

Read More

काठमाडौं । नयाँ गठबन्धन भित्रका दलहरूबीच गृह मन्त्रालय कसले लिने भन्नेमा विवाद देखिएको छ। नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय आफूहरूले नै पाउनुपर्ने अडान राखेका छन्। बालुवाटारमा आज बसेको गठबन्धन बैठकमा गृह मन्त्रालयमा एमाले र रास्वपाले दाबी गरेका हुन्। माओवादीले भने गृह मन्त्रालय आफूहरूले नलिने प्रष्ट पारेको थियो। एमाले र रास्वपाले गृहमा दाबी गरेपछि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले यो विषय छलफलबाट मिलाउन आग्रह गरेको बताइन्छ । रास्वपा सभापति गृह मन्त्रालय पाए आफू नै सरकारमा जाने तयारीमा रहेको स्रोतको दाबी छ। तर एमालेले गृह आफूहरूले पाउनुपर्ने बताइरहेको छ।नयाँ गठबन्धन दलबाट आज एक-एक जना मन्त्रीलाई शपथ खुवाउने तयारी…

Read More

काठमाडौं ।  चन्द्रागिरि नगरपालिकाले प्राथमिकतामा परेका विभिन्न दश आयुर्वेदिक जडीबुटीको उद्यान एवं प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ । हाल नगरपालिकाले चन्द्रागिरि-८ मातातीर्थमा सञ्चालित मातातीर्थ आयुर्वेद औषधालयलाई १५ श्ययामा स्तरोन्नति गरिसकेको छ । नगरपालिकाले आफ्ना सामुदायिक वनभित्र रहेका आयुर्वेदिक प्रजाति सुगन्धवाला, चिराइतो, गुर्जो, तितेपाती, टिमुर, पाखानवेद, धासिङ्गरे,  लौठसल्ला, पिपला र कौलोको संरक्षण, उपयोग एवं प्रवर्द्धन गर्न लागेको हो । यसका लागि नगरपालिकाले पहिलोपटक जडीबुटीको स्रोत सर्वेक्षण सम्पन्नसमेत गराएको छ । काठमाडौँ उपत्यकाभित्रका  नगरपालिकामध्ये चन्द्रागिरिले सम्भवतः पहिलोपटक संघीय सरकारको ‘जडीबुटी सर्वेक्षण मार्गदर्शन २०१२’ अनुसार  विज्ञ टोली मार्फत ‘चन्द्रागिरि नगर क्षेत्रभित्र रहेका औषधीय तथा सुगन्धित जडीबुटीको वैज्ञानिक अध्ययन तथा लगत संकलन सर्वेक्षण’ गराएको थियो । चन्द्रागिरिका १५ सामुदायिक वन मध्ये जडीबुटी क्षेत्र पहिचान…

Read More

काठमाडौं- नयाँ सत्ता गठबन्धनमा चारजना उपप्रधानमन्त्री हुने भएका छन्। सरकारमा सहभागी चार दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना उपप्रधानमन्त्री हुने समझदारी भएको हो। प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरता पाउँदा उपमहासचिव वर्षमान पुन पहिलोपटक उपप्रधानमन्त्री हुने पक्का भएको छ। उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। पुन यसअघि पनि अर्थमन्त्री भएका थिए। त्यस्तै, जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित परराष्ट्रमन्त्री हुने भएका छन्। उनी यसअघि दुईपटक परराष्ट्रमन्त्री भएका थिए। रास्वपामा सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित सरकारमा जाने पक्का भएको छ। उनले गृहमन्त्रालय मागेका छन्। उता एमालेबाट उपाध्यक्ष विष्णु…

Read More

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्री फिर्ता बोलाउने भएका छन्। मन्त्रीहरू फिर्ता बोलाउने विषयमा छलफल गर्न अहिले माओवादीको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा प्रधानमन्त्री प्रचण्डले अहिले सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने जानकारी गराएका छन्। सरकारमा कांग्रेसका ९,माओवादी केन्द्रका ४ जना मन्त्री छन्। आज एमालेबाट प्रमुख सचेतक पदम गिरी सरकारमा जाने टुंगो लागिसकेको छ।  माओवादी केन्द्र, रास्वपा र जसपाबाट एक/एक जना मन्त्री जाने तय भएपनि को जाने भन्ने बारेमा टुंगो लागिसकेको छैन। यद्यपि बालुवाटार स्रोतले दिएको जानकारी अनुसार जसपाबाट अध्यक्ष उपेन्द्र यादव र रास्वपाबाट सभापति रवि लामिछाने आफैं सरकारमा जाने तयारी गरेका छन्। माओवादी केन्द्रबाट भने उपमहासचिव वर्षमान पुन…

Read More

काठमाडौं ।  नेकपा एमाले माओवादीसँग सहकार्य गरेर सरकारमा जाने सहमत भएको छ ।  आज बिहान अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको आकस्मिक सचिवालय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि एमाले तयार रहेको एमाले श्रोतले बतायो ।

Read More

काठमाडौं । नेपालको निकासी सूचकांक निकै नै गयगुज्रेको मानिन्छ । यसैका कारण प्रत्येक वर्ष बढ्दो व्यापार घाटाको मार बेहोर्दै आएको छ। निर्यातजन्य बस्तुको अभावदेखि नेपालीको कृषि क्षेत्रमा देखिएको विकर्षणले नेपालको आफ्नो आर्थिक मेरुदण्डकै अभाव देखिएको बेलामा निकासीको सूचकांकले निराशामात्र बाँडिरहेको छ । व्यापार घाटाका हिसाबले मात्र हैन, भ्रष्टाचारले पनि उत्तिकै आक्रान्त छ मुलुक। दिनदहाडै विमानस्थलबाट सुन भित्रिन्छन्। लागुऔषधको कारोबार खुलेयाम हुन्छ। सरकारी आहरूमा घूस नदिइ काम हुन्न। हरेक क्षेत्र बिचौलियाका कारण ध्वस्त छ। प्रक्रियाका नाममा हुने चलखेलले सर्वसाधारण आक्रान्त छन्। कुनै पनि ठाउँमा नीति र कानुनले काम गरिरहेको छैन। यस्तो अवस्थाले चौतर्फी निराशा मात्र जन्माएको छ। त्यसैले सम्पूणर् नेपाली असफल…

Read More