काठमाडौं । लेखक तथा विश्लेषक सुदर्शन आचार्यलाइ अख़्तियार दुरूपयोग अनुसन्धान आयोगले सम्मान गरेको छ । प्रेस काउन्सिल नेपालका पूर्वसदस्यसमेत रहेका आचार्यले सुशासनको पक्षमा निरन्तर कलम चलाएबापत आयोगले पुरस्कृत गरेको हो । अख्तियारको ३३औँ स्थापना दिवसका अवसरमा माघ २८ गते आयोजित कार्यक्रममा पुरस्कृत घोषणा गरिए पनि आचार्य देश बाहिर रहेकाले नेपाल आएपछि सम्मान ग्रहण गरेका हुन् । पत्रकारिताका माध्यमबाट भ्रष्टाचार नियन्त्रण र सुशासन अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएवापत भनेर अख्तियारले आचार्यलाई २० हजार नगदसहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको हो ।
Author: Kathmandu Khabar
काठमाडौं– नेकपा (एकीकृत समाजवादी) नयाँ गठबन्धनमा सामेल हुने संकेत देखिएको छ । एकीकृत समाजवादीले अहिलेसम्म सरकारमा जाने वा नजाने भनेर अन्यौलता देखिएका बेला सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । बालुवाटारबाटै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि टेलिफोन संवाद भएको बुझिएको छ । छलफलले नयाँ उर्जा दिएको खनालले बताए । यता ११ बजे पार्टीमा निर्णय गरेर गठबन्धनमा सामेल हुन माधव नेपाल बालुवाटार जाने उनले बताए ।
काठमाडौँ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ । आज बिहान ५ बजे बस गति अनियन्त्रित भई त्रिसुली नदीमा खसेको हो । नदीमा खसेकामध्ये १३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा खटिएको १८ जनाको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ । उक्त स्थानमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा ६ जना गोताखोर सहित २० जनाको टोली खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ।
काठमाडौं। नेपाल स्काउटको शैक्षिक पद्धती आयुक्तमा सन्तोष कुमार थापा निर्वाचित भएका छन् । युवा तथा खेलकुद मन्त्रि डिक बहादुर लिम्बुको अध्यक्षतामा नेपाल स्काउटको प्रधान कार्यालय लैनचौरमा राष्ट्रिय परिषदको बैठक बसेको थियो । युवा तथा खेलकुद मन्त्रि नेपाल स्काउटको राष्ट्रिय परिषद्को अध्यक्ष हुने व्यवस्था छ । १२ वर्षको अन्तरल पछि भएको निर्वाचन संगै नेपाल स्काउट जस्तो मर्यादित संस्थाको मूल्य मान्यतालाई कायम राख्दै अनुशासित तथा देशभक्त समाज निर्माणका लागि अग्रणी भूमिका खेल्ने उनको भनाइ छ। नेपाल स्काउटको ,प्रमुख आयुक्तमा महेन्द्रराज रञ्जित सह-प्रमुख आयुक्तमा किरण गिरी, इन्दु तिवारी सुवेदी र अन्तर्राष्ट्रिय आयुक्तमा देवराज घिमिरे नियुक्त भएका छन् । भने राष्ट्रिय कार्यकारी समिति सदस्यमा…
काठमाडौं । नेपाली राजनीतिमा नयाँ प्रशंग देखा परेको छ । कताकता असम्भवझैँ लाग्ने केपि ओली माधव नेपालको घरमा पुगे भन्ने विषय । नेपाली राजनीतिको अस्थीर स्वरूपको एक अर्को पटाक्षेपका रूपमा केपि ओली एकाएक माधव नेपालको घरमा पुगेका छन् । उनी नेपालको घरमा मात्र पुगेनन् । त्यहाँ गएर विरामी माधव नेपाललाइ भने, ‘हिजो जे गल्ती भयो भयो, अब मिलेर जाऔं’ प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सत्ता सहकार्यका विषयमा छलफल भएको छ। अध्यक्ष नेपाल निवास कोटेश्वरमा भएको छलफल सकारात्मक भएको एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले जानकारी दिए। ’प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले…
काठमाडौं । विश्वभर एक्कासि समस्या देखिएको सामाजिक सञ्जाल फेसबुक चल्न थालेको छ ।
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । बुधबार साँझ ९ बजेपछि फेसबुक लगइनमा समस्या देखिएको हो । प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन् । यस्तो समस्या देखिइएको विश्वभरका प्रयोगकर्ताहरुले बताइरहेका छन् । यससम्बन्धी एक्ससहितका सामाजिक सञ्जालमा चर्चा भइरहेको देख्न सकिन्छ । तर, के भएको हो भन्नेबारे फेसबुकले केही बताइसकेको छैन ।
काठमाडौं । तारेभिर जाने हाइकिङ तथा साइकलिङ रुटलाई ट्रेकिङ गाइड क्षेत्रका प्रशिक्षार्थीहरुले सफा गरेका छन् । यात्रुहरुको फोहर गरेर हिँड्दा नै लाज हुने अबस्था देखेपछि ट्रेकिङ क्षेत्रमा सक्रिय स्थानीयको प्रयासमा ट्रेकिङ गाइड प्रशिक्षार्थीहरु सफा गर्न आइपुगेका हुन् । हाइकिङ तथा साइक्लिङ रूटमा प्लास्टिक, सिसाजन्य बस्तुहरुको फोहोर थुप्रिदै गएपछि यहाँको वातावरण र पर्यावरणलाई प्रत्यक्ष असर पुर्याएको प्रश्न खडा भएको भैरहेको थियो । बुढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिका सीमामा रहेको यो रूट उकाली ओराली, सितल हावापानी, रूखबिरुवा, चराचुरुङ्गी र प्रकृतिमा रमाउनेहरुका महत्वपूर्ण ठाउँ हो । यो रूटमा घुम्न आउनेहरु मध्ये सबै वातावरण प्रति सजग नभैदिदा हो होल्ला तथा फोहोरको थुप्रो, फुटेका सिसाका बोतलले यो…
काठमाडौं । अर्थमन्त्री नपाउने भएपछि एमाले उपाध्यक्ष विष्णु पौडेल सरकारमा नजाने भएका छन्। एमाले माओवादीसहितको नयाँ गठबन्धन निर्माणमा भूमिका खेल्दै आएका भए पनि पौडेलले अर्थमन्त्री पाउने सम्भावना नरहेको स्रोतले जनाएको छ। अर्थमन्त्री एमालेले नपाउने भएपछि पौडेलले अरु मन्त्रालय लिएर सरकारमा जान चाहेका छैनन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थ मन्त्रालय आफूसँगै राख्न चाहेपछि विष्णु पौडेल सरकारमा नजाने भएका हुन्। प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री आफ्नै पार्टीका उपमहासचिव वर्षमान पुन अनन्तलाई बनाउन खोजेका छन्। अर्थमन्त्री पुन नै बन्ने सम्भावना बलियो छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गृह मन्त्रालयमा दाबी गरिरहेका छन्। शीर्ष नेतासँगको छलफलमा उनले गृह आफ्नो ‘बटमलाइन’ भएको बताउँदै आएका छन्।…
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहसहित ४ मन्त्रालयमा दाबी गरेको छ । नयाँ सत्ता साझेदार दल रास्वपाले गृह, शिक्षा, श्रम र उर्जामन्त्रालयमा दाबी गरेको हो । उच्च स्रोतका अनुसार गृहमा रबि लामिछाने, उर्जा मन्त्रालयमा स्वणर्िम वाग्ले , श्रम मन्त्रालयमा डोलप्रसाद अर्याल (डिपी) र शिक्षामा शिशिर खनाल पठाउने योजना छ । गृह मन्त्रालय नछोड्ने रास्वपाको अडान छ । उक्त मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले नै गर्ने जनाइएको छ । यस्तै सुमना श्रेष्ठलाई पनि शिक्षामै पठाउने हो कि भन्नेबारेमा छलफल भइरहेको छ । मन्त्रालय भागबन्डाका लागि सत्ता गठबन्धन दलहरूको बैठक आज दिउँसो ३ बजे बस्दैछ । सोमबार नयाँ गठबन्धनसहित विस्तार भएको मन्त्रिपरिषद्मा रास्वपाबाट डिपी अर्याल मन्त्री बनिसकेका छने । मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन । अर्याल, लामिछाने र खनाल…