Author: Kathmandu Khabar

कोशी प्रदेशको भोजपुर नगरपालिका-१२ टक्सार बजार जिल्लाको मात्र नभई देशकै एक महत्त्वपूर्ण ऐतिहासिक, औद्योगिक तथा सांस्कृतिक नगरी हो। ०७० सालअघि यो टक्सार गाविसको रूपमा जिल्लामा छुट्टै पहिचान बनाएको स्थल थियो। राष्‍ट्रिय जनगणना, २०६८ अनुसार यहाँको कूल जनसंख्या ३ हजार ३५० छ। कूल क्षेत्रफल २०.७२ वर्ग किलोमिटर रहेको यो बजार समुद्र सतहदेखि ३५०० फुट उचाइमा अवस्थित छ। ऐतिहासिक कालमा माझ किराँत प्रदेशको खिकामाछा थुमअन्तर्गत रहेको यस बजारलाई खिकामाछा बजार भनिन्थ्यो। यो थुम तत्समयमा किरातहरूद्वारा शासित थियो। विसं १८७० तिर यस थुमनजिकै पश्‍चिमतर्फ रहेका दुई गाउँहरू सिरिसे र धोदलेखानी तथा पूर्वमा याङ्पाङको खानीखोलानजिक तामा र फलामको खानी फेलापरेपछि ती खानीबाट तामा…

Read More