काठमाडौं । निकै ठूलो रस्साकस्सीपछि काठमाडौँ क्षेत्र न ५ ले महासमिति सदस्य टुंगो लगएको छ । महासमिति सदस्यहरुको सम्मेलन हुने अघिल्लो दिन फागुन ६ गते राति अप्ठ्याराहरू छिचोल्दै टुंगो लगाइएका सदस्यहरूको चयनको आधार महाधिवेशन प्रतिनिधि छनौट हुँदा सबैभन्दा धेरै मत ल्याएको आधार बनाइएको थियो।
महासमिति सदस्य चयन हुँदा गोकणर् केसीले देखाएका नैतिकता एवम् निष्ठाका साथमा प्रणय राणाले पार्टी छाड्नु पनि केही सदस्यका लागि भाग्य चम्किएको थियो । महाधिवेशन प्रतिनिधि चयन हुँदा थोरै मत ल्याएका कारण धेरैपछि पूर्व बार अध्यक्ष प्रेमबहादुर खड्का यसपटक गोदाबरीकोसनराइज केन्द्रमा जाने भाग्यामानीमध्ये पर्न सकेनन् । महाधिवेशन प्रतिनिधिमा कम मत ल्याएका कारण पुराना नेता कसीनाराण श्रेष्ठ पनि यसपटक महासमिति सदस्य हुन पाएनन् ।
कवि तथा मुक्तकार छविका रामेश्वर केसीलाइ बुढानिलकण्ठ साहित्य सम्मेलनमा उपमेयर अनिता लामाले बाइकट गरे पनि महाधिवेशन प्रतिनिधि बन्दा सर्बाधिक मत ल्याएका उनी महासमिति सदस्य बन्ने एक नम्बर व्यक्ति बने । गोकणर् केसीले आफू जिल्ला सचिव बनेकाले महासमिति सदस्यमा दावी नगर्ने घोषणासँगै राजेन्द्र महर्जन गोदाबरी जाने भाग्यमानीमध्येमा परेका छन् । क्षेत्र नं ५ बाट महासमिति सदस्य बनेकाहरूको सूचि यस प्रकार छः
रामश्वर केसी
दामोदर खड़का
प्रकाश महर्जन
बसन्त श्रेष्ठ
राजेन्द्र महर्जन
कृष्णकुमारी बस्नेत
भवानी के.सी.
श्यामबहादुर खड़का
जनकराज श्रेष्ठ
सावित्री प्रजापति
फुलमाया तामाङ
भीमसेन खत्री
(निर्वाचन आयाेगले आधिकारिकता दिन अझै बाँकी)