काठमाडौं खबर पुस २२, २०८०
काठमाडौँ- राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारका लागि नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौलाको नाममा सहमति भएको छ ।
उम्मेदवार चयन गर्न पार्टी कार्यालय सानेपामा बसेको संसदीय बोर्डको बैठकमा सिटौलाको नाममा सहमति भएको हो । बैठकमा सहभागी एक नेताले भने, ’सिटौलाजीको नाममा सहमति भएको छ अन्यबारे छलफल जारी छ । सिटौला टिकट लिएर विराटनगरका लागि प्रस्थान गरिसकेका छन् ।’
कांग्रेसको डा शेखर कोइराला पक्षले गत साल भएको निर्वाचनमा पराजितलाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार नबनाउने भने पनि सिटौलाको नाममा भने सहमति गरेको स्रोतले बतायो । राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले सत्ता गठबन्धनमा भागबन्डा लगाउँदा १० सिट पाएको छ । संसदीय बोर्डको बैठकपछि आजै बस्ने कार्यसम्पादनको बैठकले अन्य उम्मेदवार टुंगो लगाउने छ ।