काठमाडौं । चण्डोलबाट विशालनगरतिर जाँदा इक्षुमती(टुकुचा)को किनारमा रहेको एउटा भव्य देवी मन्दिर जसले पौराणिय महत्व बोकेको छ ।काठमाडौँको मध्य भागमा अवस्थित महाराजगञ्ज(उ), चण्डोल(पू), विशालनगर(द) र वालुवाटार(प)को बीचमा रहेको टुँडाल देवी मन्दिरको दक्षिणमा मसान रहेको छ । मन्दिर अनि मसान दुवैलाई अति पवित्र मानिन्छ ।
टुँडालदेवी नजीकैको अर्को देवगण भाटभटेनीलाई यिनको छोरी ज्वाँई भनेर मानिएको छ । वर्षेनी चैत्रशुक्ल पूणर्िमामा टुँडालदेवीको परम्परागत जात्रा चलाईन्छ जसमा भाटभटेनीको विशाल मूर्ति टुँडालदेवी मन्दिरमा ल्याईन्छ । यो जात्राको महत्त्व पूणर् भाग हाँडीगाउँको गहना पोखरीमा सम्पन्न हुन्छ ।
टुँडालदेवी खटजात्राबारे प्रख्यात कथन अनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी भन्ने छ । यसबाट रिसाएकी भाटभटेनीले राति नै फर्किएको भन्ने आख्यान पाइन्छ। जुनबेला हराएको गहना नै प्रत्येक वर्ष खोज्ने गरिएको भनाइ छ । बलि दिइएको राँगाको रगतले नुहाएका पोडे(द्यलाः ) पूजारीलाई शिरमा राखी गरिने टुँडालदेवी (त्वरः अजिमा )को गहना खोज्ने जात्रा परम्पराअनुसार चैत्रशुक्ल प्रतिपदाका दिन हुने गर्छ। टुँडालदेवी मन्दिरको पूजारी अधपि पोडे (द्यलाः)जातको हुने गर्दछ ।
त्रयोदशीको राति भाटभटेनी(मपता अजिमा ) लाई टुँडालदेवीबाट फर्काइँदा मृत्युकर्ममा बजाइने सिंःबाजा बजाइन्छ भने सो खट हेर्नु हुँदैन भन्ने मान्यता रहेको पाइन्छ। जात्रामा टुँडालदेवी (आमा), भाटभटेनी (छोरी-ज्वाइँ), नक्साल भगवती, मनमानेश्वरी, धुम्बाराहीसहित धनगणेशलगायतका देवीदेवताहरूको खटजात्रा हुने गर्दछ । यति धेरै देवदेवीको खट एकै स्थानमा ल्याइनुले पनि टुँडालदेवीको महिमा एवं महत्त्व बुझ्न सकिन्छ ।