काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले आफ्नो स्थापनाको १०औं वर्ष पूरा गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रमका बीच नगरपालिकाले उत्कृष्ट करदातालाई सम्मान गर्दै स्थापना दिवस मनाएको हो ।
कार्यक्रमलाई संघीय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसेले उद्घाटन गरेका थिए भने काठमाडौं क्षेत्र नं २ की सांसद सोविता गौतम लगायतको सहभागिता थियो । कार्यक्रममा छिमेकी पालिका गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालको पनि उपस्थिति थियो । कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई सम्मान पनि गरिएको थियो ।
१० औं नगर स्थापना दिवसको सन्दर्भमा आयोजित शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम २०८०,नगर प्रमुख उपेन्द्र कार्कीका साथै विभिन्न राजनीतिक दलका पदाधिकारी तथा प्रतिनिधि लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा नगरपालिका उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, लेखा प्रमुख मिनराज खड्कालगायत पूर्व सांसदहरू, पूर्व नगर प्रमुखहरू, विभिन्न दलका प्रतिनिधिहरु उपस्थिति रहेको थियो।