काठमाडौं खबर मंसिर १५, २०८०
काठमाडाैँ । अग्रज सर्जक तथा लेखक तिलकप्रसाद लुईटेल गम्भीर अस्वस्थ्य भएका छन् । मृगौला सम्बन्धि रोगबाट ग्रसित भएका लुईटेल हाल नेपाल मेडिकल कलेज जोरपाटीको सघन उपचार कक्ष ( ICU) मा उपचार गरिरहेको पारिवारिका श्रोतले जनाएको छ । सघन उपचार कक्षमा १० दिनदेखि डायलाइसिस चलिरहेको लुइटेलको जीवनरक्षाको माग गरिएको छ ।
लामो समयदेखि बुढानीलकण्ठ १२ मा बसोबास गर्दै आएका लुईटेलले चार वेदलगायत अनेकौं संस्कृत ग्रन्थहरूका अनुवाद गरेका छन् । उनको उपचार गर्न आर्थिक अभाव भएका कारण सहयोग पुर्याइदिन एक अपीलसमेत सार्वजनिक भएको छ । उनको स्वास्थ्योपचारका लागि सहयोग पुर्याउन उनका छोरा विवेक लुइटेलको नामको लिखित नाम तथा बैंक खाता नम्बर सार्वजनिक गरिएको छ ।
Laxmi Sunrise Bank
Account Number: 03140002813
Account name: Bibhav Luitel