काठमाडौं खबर मंसिर १२, २०८०
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म्याद समाप्त भई स्वतः विघटन भएका तीनवटा भ्रातृ संस्थाका अध्यक्ष नियुक्त गरेका छन्। सभापति देउवाले मंगलबार नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्ष नियुक्त गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
मुख्य सचिव पौडेलका अनुसार नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा), नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ) नियुक्त भएका हुन्।पार्टीको केन्द्रीय कार्यसमिति बैठकको निर्ण अनुसार सभापति देउवाले उनीहरूलाई अध्यक्ष नियुक्त गरेका हुन्।