काठमाडौं। काठमाडौंमा दुईजना महिला नक्कली नोट सहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–१२ कपन डेरा गरि बस्ने ओखलढुंगा कुईवीर गाउँपालिका–४ की ४१ वर्षीया मैया कुमारी घिमिरे र शंखरापुर नगरपालिका–७ डेरा गरि बस्ने सिन्धुपालचोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा रहेका छन्।
सिर्जनाको साथबाट १ हजार दरको १४० थान र कुमारीको साथबाट १ हजार दरको २१ थान नक्कली नोट बरामद गरेको प्रहरीले जानकारी दिएको छ।
सिर्जना र मैया कुमारीले नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधरमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले शंखरापुर नगरपालिका–७ कोलागालमा अपरेसन संचालन गरेको थियो। सिर्जनालाई सोमबार राती साँखुबाट र प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले मैया कुमारीलाई बुढानिलकण्ठ नगरपालिका–१२ कपन निलोमाईक्रो पार्क नजिकबाट सोमबार साँझ पक्राउ गरेको हो। प्रहरीले अरु पनि यस्ता नोट हुनसक्ने आशंका अन्य प्रहरीका विभागसँग समन्वय गरेर अपरेसन जारी राखेको छ।