

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१३ पुरानो कालीमाटीस्थित निर्माणाधीन सडकमा रोलरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङको गङ्गाजमुना गाउँपालिका–५ बस्ने ५५ वर्षीय साने गुरुङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उक्त घटनापछि फरार रहेका रोलरका चालक मकवानपुरका उमेश स्याङतानलाई काठमाडौँको नागार्जुन नगरपालिका–१० स्युचाटारबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार उनलाई पक्राउ गरी आजै थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई प्रहरी वृत्त कालीमाटी पठाइएको छ ।