

काठमाडौं । विशेष अदालत काठमाडौँमा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा परेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही महिनाअघि पहिलोपटक दायर भएको मुद्दा पछि आइतबार साढे ८ करोडभन्दा बढीको बिगोसहित अर्को मुद्दा तयार भएको हो । आइतबार विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा बस्नेतसँग आठ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसा बिगो कायम गरिएको छ ।
अनुसन्धान हुँदा जाँच अवधिमा बस्नेत र उनका एकाघर परिवारका सदस्यहरूले कुल १९ करोड ९५ लाख ७४ हजार ८६२ रुपैयाँ २५ पैसा आय आर्जन गरेको पाइएको अख्तियारले जनाएको छ ।