काठमाडौं खबर पुस १८, २०८१
काठमाडौं। सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का काठमाडौंमा महसुस गरिएको छ।
बिहीबार दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
सिन्धुपाल्चोकमा गएको ४.८ म्याग्निच्यूडको धक्का काठमाडाैंमा महसुस भएको भूकम्पमापन केन्द्रले जनाएको छ
।