काठमाडौं खबर पुस १४, २०८१
काठमाडौं । काठमाडौंको सेतो पुलमा एक किशोरीमाथि सामूहिक बलात्कार अभियोगमा दुई किशोर पक्राउ परेका छन् । गत पुस ९ गते भएको घटनाको उजुरीको आधारमा शनिबार दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा दैलेख नारायण नगरपालिका ६ घर भई काठमाडौँ महानगरपालिका ३० रूद्रमार्ग बस्ने दुई १८ वर्षीय किशोरहरू रहेका छन् ।
उनीहरूले १७ वर्षीया किशोरीलाई घुम्न जाने भनी ललाई फकाई आफ्नो कोठामा लगेर पुस ९ गते राती जबरजस्ती करणी गरेको जाहेरी परेको थियो।