![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/favicon.png)
![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/clock-icon.png)
काठमाडौं । काठमाडौंको हायात होटलमा आज हुन लागेको भारतीय गायक सोनु निगमको कन्सर्टस्थलबाहिर राखिएको मदिराको बोर्ड महानगर प्रहरीले हटाएको छ ।
सोनु निगम कन्सर्टस्थल पुग्नुभन्दा पहिले काठमाडौं महानगरपालिको नगरप्रहरी पुगेर कन्सर्टस्थलमा राखिएका १५० वटा मदिराजन्य विज्ञापन बोर्ड हटाएको हो ।
बौद्ध स्थित हायात ग्राउन्डमा आयोजना हुन लागेको कन्सर्टमा अनाधिकृत रूपमा मदिराजन्य विज्ञापन बोर्ड राखिएको भन्दै महानगरले ती बोर्ड हटाएको जनाएको छ।
यही कन्सर्टमा सहभागी हुन भारतीय गायक सोनु निगम पनि काठमाडौं आएका छन् । निगमले पनि सोही कन्सर्टमा प्रस्तुती दिँदैछन् ।