काठमाडौं खबर मंसिर १७, २०८१
काठमाडौं । यसअघि दुई वटा वडामा चुनाव जितेको नेपाली काँग्रेसले मेयर पदमा पनि विजय हासिल गरेको छ । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले चुनाव जितेका हुन् ।
निकटतम प्रतिद्वन्द्वीले निरन्तर अग्रता बढाउँदै लगेका डंगोलले अन्तिममा 5334 मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादीका उम्मेदवार शिवशरण महर्जनले 4555 मत प्राप्त गरे ।
योसँगै काँग्रेसले कीर्तिपुरमा यसअघिदेखिको विरासत जोगाएको छ ।