काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ क्याम्पस प्रमुखलाई प्रतिस्पर्धाबाट नियुक्ति गर्ने भएको छ । आरआर र पाटनसहितका आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि दरखास्त आह्वान गरेको छ । सोमबार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै त्रिविले योग्य व्यक्तिलाई आवेदनका लागि आग्रह गरेका छन् । योग्यता पुगेका इच्छुकले आजदेखि आगामी सात दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ।
हाल काठमाडौँको प्रदर्शनीमार्गमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पस, विश्वभाषा क्याम्पस, पाटन संयुक्त क्याम्पस पाटनढोका ललितपुर, पृथ्वीनारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी क्याम्पस बुटवल क्याम्पस, सुर्खेत शिक्षा क्याम्पस सुर्खेत, सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहाकाे लागि क्याम्पस प्रमुख माग गरिएको छ।
त्यसैगरी रामस्वरुप रामसागर क्याम्पस जनकपुर, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, डोटी बहुमुखी क्याम्पस र जुम्ला क्याम्पसका लागि पनि प्रतिस्पर्धाबाट क्याम्पस प्रमुख नियुक्त गर्न चाहेको त्रिविले जनाएको छ।