काठमाडौं खबर साउन १, २०८१
काठमाडौं । काठमाडौं महानगरपालिकाको नेतृत्वमा बालेन्द्र शाह आएपछि नै भुक्तानीमा अनियमितता भएको देखिएको छ । बालेन्द्र शाह नेतृत्वमा आएपछिको पहिलो आर्थिक वर्षमा एक करोड ५३ लाख ६८ हजार रुपैयाँ अनियमित भुक्तानी भएको देखिएको हो ।
सुशासनको नारा लिएर आएका शाहको पालामा नै यति ठूलो रकम अनियमितता भएको देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । २०८१ सालमा राष्ट्रपतिलाई बुझाएको आर्थिक वर्ष २०७९।८० सालको वार्षिक आयव्ययको प्रतिवेदनमा महालेखाले सो विवरण पेश गरेको हो ।
त्यस्तै, महानगरपालिका ९५ करोड १७ लाख ८८ हजार ११३ रुपैयाँ बेरुजु देखाउँदै सो रकम असुल गर्न बाँकी रहेको देखाएको छ । त्यस्तै, एक करोड ५ लाख ५८ हजार ८ सय ५१ हजार रूपैयाँ प्रमाणको कागजात पेश गर्न नसकेको उल्लेख गरिएको छ ।