काठमाडौं खबर असार १६, २०८१
काठमाडौं । नेपाली काँग्रेस बुढानीलकण्ठ नगर कार्यसमितिले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा ४३६ जनाले सेवा लिएका छन्। यही असार १४ गते शुक्रबार गरिएको स्वास्थ्य शिविर सो संख्यामा सेवाग्राही सहभागी भएको नगर कार्यसमिति सचिव बिजेन्द्र श्रेष्ठ बताए ।
स्वास्थ्य शिविर बुढानीलकण्ठ नगरपालिका वडा नं. ११ स्थित यज्ञमति माविमा बिहान ९ बजे देखि ३ बजेसम्म आयोजना गरिएको थियो ।
कार्यक्रम काठमाडौं मेडिकल कलेजसँगको सहकार्य र पैयाँटार आकाशदेवी बचत तथा ऋण सहकारी संस्थाको वित्तीय सहयोगमा बुढानीलकण्ठ काँग्रेसले आयोजना गरेको हो ।