काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा सार्वजनिक गरेका छ । बिहीबार सार्वजनिक भएको परीक्षामा आधाभन्दा बढीको नतिजा नकारात्मक आएको छ । नयाँ ग्रेडिङ सिस्टमअनुसार सार्वजनिक गरेको नतिजामा करिब ४८ प्रतिशतले मात्रै माथिल्लो कक्षामा पढ्न पाउने भएका छन् ।
नयाँ पाठ्यक्रमअनुसार पहिलोपटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन गरिएको बोर्डले जनाएको छ । परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७।८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् भने १८६ जना विद्यार्थीले ४ जीपीए ल्याएको बोर्डले जनाएको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२।१४ प्रतिशत परीक्षार्थीले ननग्रेड ९एनजी० ल्याएका छन् । यस वर्ष पहिलोपटक प्रत्येक विषयमा सैद्धान्तिक ९लिखित० तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याएका विद्यार्थी अनुत्तिर्ण ९ननग्रेड० भएका छन् ।
यसअघि सैद्धान्तिक र प्रयोगात्मकतर्फको प्राप्तांक जोडेर ३५ प्रतिशत अंक ल्याएउने विद्यार्थीलेसमेत ग्रेडसिट प्राप्त गर्थे। उनीहरु कक्षा ११ मा भर्ना हुन योग्य ठहरिन्थे। तर, यस वर्षदेखि त्यो व्यवस्था हटाइएको बोर्डले जनाएको छ।
कुल परीक्षार्थीमध्ये ५२ प्रतिशतले माथिल्लो कक्षा पढ्न नपाउने नतिजा वास्तवमै दुस्खद् रहेका शिक्षाविद् एवं विश्लेषकहरूले विश्लेषण गरेका छन् । यसले शैक्षिक अवस्था र हालको शिक्षा प्रणाालीमाथि नै प्रश्न चिह्न उठाउने वातावरण सिर्जना भएको शिक्षाविद्हरूको बुझाइ छ ।