काठमाडौं खबर फाल्गुन २७, २०८०
काठमाडौं । अख्तियारले उक्त टेरामक्स प्रविधि घोटाला प्रकरणमा सोमबारसम्म मुद्दा दायर गर्न लागेको छ । सो घोटालामा पूर्वमन्त्री मोहन बस्नेत, सांसद ज्ञानेन्द्रबहादुर कार्कीका साथमा मुख्यसचिव अर्याल पनि मुछिएका छन् । अख्तियारले उनीहरूमाथि समेत भ्रष्टाचार मुद्दा दायर गर्न लागेको छ ।
प्रधानमन्त्री दाहालले यसअघि कांग्रेससँगको सत्ता सहकार्य हुँदा स्वास्थ्यमन्त्री रहेका मोहन बस्नेतलाई समेत राजीनामा दिन भनेका थिए । तर, उनले पनि पार्टीभित्रको शक्तिको आड देखाएर बेवास्ता गरेका थिए । प्रधानमन्त्री दाहालले भने सत्ता सहकार्यको कांग्रेसको साथ छोडेर एमाले रोजेपछि बस्नेत प्रधानमन्त्री प्रचण्डको बर्खास्तीमा परेका हुन् । विवादित मन्त्रीको बारेमा संसद्मा समेत राजीनामाको माग उठेको थियो । अहिले विवादमा मुछिएका ती मन्त्रीहरुको जागिर गैसकेको छ ।