

काठमाडौँ । एकाबिहानै मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा काठमाडौँको थापाथली चोकमा रहेको सडकमा भ्वाङ परेको छ। बबरमहलमा पाइप फुटेर जनजीवन प्रभावित भएको तीन हप्ता पनि नबित्दै थापाथलीमा समेत सोही प्रकृतिको घटना घटेको हो। बबरमहलमा विद्युत प्राधिकरणको भूमिगत लाइन बिछ्याउने क्रममा पाइप फुटे पनि थापाथलीमा भन्ने कुनै बाह्य कारण बिना नै पाइप फुटेको हो।
मङ्गलबार बिहान पाइप फुटेपछि सो क्षेत्रमा आवतजावत गर्ने सवारी साधन समेत अवरुद्ध भएको थियो। सो क्षेत्र केहीबेर डुबानमा समेत परेको थियो।
थापाथलीबाट प्रसूति गृहतर्फ जाने बाटोमा पाइप फुट्दा प्रसुति गृह एवं नर्भिक अस्पताल जाने बिरामीहरू समेत समस्यामा पर्ने देखिएको छ।