

काठमाडौं । काठमाडौंको सुकेधारास्थित धोबीखोला कोरिडोर नजिक एक जना तेस्रो लिङ्गीको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार राति धोबीखोला करिडोर नजिक धनवन्तरी फुटसल परिसरमा उक्त शव भेटिएको हो । मृत्यु हुनेमा ओलखढुंगा स्थायी घर भएका तेस्रोलिङ्गी अड्विर राईरहेको प्रहरीले जनाएको छ ।
अहिले प्रहरी वृत्त, महाराजगञ्जको टोलीले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।