काठमाडौं खबर पुस १८, २०८१
काठमाडौं । बिहीबार एकैदिन काठमाडौं र ललितपुरका फरक फरक ठाउँमा गरी तीन जनाको शव भेटिएको छ । प्रहरीका अनुसार काठमाडौंको तारकेश्वर र महानगरपालिका एवं ललितपुरको गोदावरीमा गरी तीन जनाको ज्यान गएको हो ।
बिहीबार काठमाडौँको तारकेश्वर नगरपालिका-१० मनमैजु डेरा गरी बस्ने एक ५० वर्षीय व्यक्तिको शव भेटिएको हो । सिराहा बरियारपट्टी गाउँपालिका-२ घर भएका ५० वर्षीय किशन कुमार रायको शव उनको आफ्नै कोठामा भेटिएको हो ।
यसैगरी काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरस्थित मुनिभैरव मन्दिर नजिकै खाल्डोमा हाल नाम, थर, वतन नखुलेका करिब २८ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै ललितपुरको गोदावरी नगरपालिका-१० टाखेल बस्ने ५२ वर्षीय जितु पण्डित आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।