

काठमाडौं । गौशाला धर्मशाला विवाद मुद्दामा उच्च अदालत पाटनले माडपारी सेवा समाजको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश डालकुमार खड्काको इजलासले शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
यो सम्झौतापछि काठमाडौं महानगरले गौशाला धर्मशाला खाली गराउने प्रयास गरेको थियो । तर, मारवाडी सेवा समितिले उच्च अदालत पाटनमा कोषको निर्णयविरुद्ध रिट दिएको थियो । यसका साथै अदालतले दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको छ ।