

काठमाडौं । नेपाली काँग्रेस बुढानीलकण्ठ नगरपालिका वडा नं ११ को पूर्ण बैठक(वडा सम्मेलन) मंगलबार बिहान बस्ने भएको छ । बिहान ८ बजे वडा नं ११ मा पर्ने करुणा अस्पतालको अघि रहेको रिभरसाइड ब्याङ्क्विटमा बैठक बस्न लागेको नेपाली काँग्रेस बुनपा ११ ले जनाएको छ ।
कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सम्बोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रममा विभिन्न भातृ संस्थाका सभापति, टोल सभापति, क्षेत्रीय प्रतिनिधि, वडा सदस्य तथा पदाधिकारी र बुद्धिजीवीहरूले आ-आफ्नो धारणा राख्ने कार्यतालिका रहेको छ ।
हरेक वडामा भइरहेका पार्टीगत गतिविधि, पार्टीभित्र सुधार गर्नुपर्ने समस्या, भइरहेका सकारात्मक कार्यहरु आदिका बारेमा बहस विमर्श गर्ने उद्देश्यले हरेक वडामा गरिँदै आएको पूर्ण बैठक मंगलबार ११ नं वडामा गर्न लागिएको हो ।